• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • २. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डिपी अर्याल र मुकुल ढकाललाई समानुपातिक सांसद बन्न तिन करोड दिएको: ढाका कुमार


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठले ‘आफूलाई समानुपातिक सांसद बनाउँदा’ पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको खुलासा गरेका छन् ।

    Advertisement

    विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका ढाकाकुमारले सभापति रवि लामिछानेनिकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा बुझाएको दाबी गरेका छन् ।

    ‘रविजीको कोर टीममा रहेका खास-खास व्यक्तिहरूले तपाईंलाई सांसद बनाइदिन्छम्, तीन करोड पैसा दिनुहोस् भनेपछि नाई भन्ने कुरै भएन,’ उनले भने, ‘मैले सुरुमा मुकुलजीलाई एक करोड दिएँ। उहाँ पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा हुनुहुन्थ्यो। पछि कार्यालयमै गएर डीपीजी र मुकुलजीलाई एक करोड ८४ लाख दिएँ ।’

    छोटो समय सांसद बनेका ढाकाकुमारले आमनिर्वाचनको प्रचारप्रसारका क्रममा आफूले रास्वपाका लागि व्यक्तिगत रुपमा १० देखि १५ लाखसम्म खर्चिएको जनाएका छन् । समानुपातिक सांसद बन्नका लागि उपसभापति र महामन्त्रीलाई दुई करोड ८४ लाख नगद बुझाएपनि पार्टी काममा खटिँदा शीर्ष नेताहरूले लाखौँ रुपैयाँ खर्च गर्न बाध्य पारेको उनको गुनासो छ ।

    ‘मसँग धेरै पैसा थिएन, सांसद बन्ने नाउमा तीन करोडभन्दा बढी सकेँ,’ ढाकाकुमारले भने, ‘तर अहिले उनै साथीहरूले घात गरेँ । ममाथि अन्याय गरेँ । पार्टीले मलाईं मात्र दोषी बनायो ।’

    विवादित मेडिकल व्यवसायी प्रसाईंसँग घुस मागिएको भनिएको ‘कथित टेलिफोन संवाद’को आवाज आफ्नो नभएको उनले स्पष्ट पारेका छन् । ‘मैले पार्टीको लागि पैसा सक्काएको छु। सांसद बनाइदिन्छम् भन्दा उल्टै नेतालाई पैसा बुझाएको छु । तर कसैबाट एक–रुपैयाँ मागिनँ,’ उनले भने ।

    रास्वपाबाट निष्कासित भएपछि सांसद पद गुमाएका उनी यतिबेला न्याय माग्दै सर्वोच्च अदालत गएका छन् । अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा धेरै बहस नगर्ने बताइरहेका ढाकाकुमारले आफूले अदालतबाट न्याय पाइछाड्ने दाबी गर्छन् । ‘मेरो कुनै गल्ती छैन। म न्याय पाउँछु,’ उनले भने ।

    निष्कासित सांसद ढाकाकुमारको बोली जस्ताको त्यस्तै: “भर्खरै पार्टीमा जोडिएको थिएँ, मेरो कसैसँग चिनजान पनि थिएन । सांसद हुनुअघि रविजीसँग पार्टी कार्यालयमा दुईपटक भेटघाट भएको थियो। उहाँले मलाई महामन्त्रीसँग समन्वय गर्नुहोस् भन्नुभयो, त्यसपछि मैले मुकुलजीसँग सम्पर्क गरेँ । पार्टीले समानुपातिक सूची तयार पार्दै थियो । उपसभापति डीपीजीले मलाई एकदिन राति फोन गरेर मेरो राजनीतिक पृष्ठभूमि, आर्थिक अवस्था, अध्ययन र पार्टीको गतिविधि कस्तो भइरहेको छ भनेर सोध्नुभयो? मैले सबै भनिबताएँ, अनि कुराकानी सकियो ।

    अर्कोदिन दिउँसोतिर महामन्त्रीजीको फोन आयो, उहाँले तपाईंको नाम सांसद हुने सूचीमा राखेका छौँ भन्नुभयो । त्यहाँ चाहीँ आन्तरिक भोटिङको नाटक पनि मन्चन गरियो थियो! म महिलो नम्बरमा भएको बताउनुभयो । मैले पनि सहमति जनाएँ । मुकुलजीले पार्टीलाई आर्थिक सहयोग चाहिन्छ भन्नुभयो, मैले पनि हुन्छ भनेँ । ऋण कारेर जम्मा गरेको पैसा, काठमाण्डौँ आएको बेला रेस्टुरेन्ट र पार्टी कार्यालयमै गएर दिएँ । अनि समानुपातिक सांसद बनेँ ।’

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer