• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

एआइजी श्याम ज्ञावालीको सरुवाका लागि देउवाद्वारा प्रचण्डलाई दबाब


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रयोजनमा लागेका हाइप्रोफाइल व्यक्तिलाई जुनसुकै बेला पक्राउ गरी अनुसन्धान गर्न पाउने गरी प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखको एआइजी श्याम ज्ञावालीको सरुवाका लागि दबाब बढेको छ ।

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भारत भ्रमणमा जानुअघि नै उनको सरुवा गर्ने तयारी गरेका छन्। पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उनको सरुवा गर्न दबाब दिएपछि गठबन्धनमा संकट आउने भन्दै प्रधानमन्त्रीले सरुवाको तयारी गरेका हुन् ।

    बालवाटार स्रोतका अनुसार देउवाले प्रधानमन्त्री प्रचण्डलाई अरु आफू एउटा मन्त्री छोड्न तयार रहेको तर ज्ञवालीलाई जसरी पनि हटाउन दबाव दिएका छन् । ‘उहाँ एआईजी ज्ञवालीप्रति निकै कठोर देखिनु भएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘उहाँको दबाव थेग्न प्रधानमन्त्रीलाई कठीन भइरहेको छ ।

    अनुसन्धानलाई फराकिलो बनाउँदै प्रहरीले यसपछि पनि ६० दिनसम्म राखेर अनुसन्धना गर्नेगरी मुद्दाको प्रतिवेदन बुझाएको हो ।

    प्रहरीका अनुसार अहिले पक्राउ परेका र पर्न बाँकी रहेका हकमा पनि संगठित अपराध ऐन अनुसार कारवाही गर्नेगरी अनुसन्धानको दायारा फराकिलो बनाएको हो ।

    आजै सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा बुझाउने तयारी गरेको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउनु अघि नै शेरबहादुर देउवा लगायतका नेताहरुले बालकृष्ण खाँणलाई जोगाउनका लागि आरोपीहरुको बयान परिवर्तन गराउन दबाब दिइएको थियो ।

    आफ्नै पार्टीका नेताहरु फसेपछि पूर्व प्रधानमन्त्री देउवाले प्रधानमन्त्री प्रचण्डसँग सरोकार राखेका छन् ।उहाँले प्रहरीबाटै असहयोग भएको पनि गुनासो गरेका छन् त्यसको सम्बोधन गर्ने प्रधानमन्त्रीबाट वचन दिइएको छ ।

    अनुसन्धान प्रतिवेदनमा बयान परिवर्तन गर्न प्रहरीले नमानेपछि पूर्व प्रधानमन्त्री देउवाले एआइजी ज्ञावालीको सरुवा गर्न दबाब दिएका हुन् । यसअघि पनि उपप्रधानमन्त्री पूर्णबहादुर खड्का लगायतका नेताहरुले प्रधानमन्त्रीलाई प्रहरीबाट सहयोग नभएको गुनासो गरेका थिए ।

    नक्कली भूटानी शरणार्थी प्रकरणमा उपत्यका प्रहरी कार्यालयका प्रमुखका रुपमा एआइजी श्याम ज्ञावाली, काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले राम्रो काम गरेको भन्दै सर्वत्र प्रशंसा गरिएको छ ।

    प्रहरीको गुमेको शाख फिर्ता गर्न उनीहरुको भूमिका रहेको भन्दै सर्वसाधारणले समेत प्रशंसा गरेको बेला राजनीतिक दबाबमा एआइजीको सरुवा तयारी भएको हो । पूर्व प्रधानमन्त्री देउवाले उनको सरुवा नभए गठनबन्ध नै धरापमा पर्ने संकेत समेत गरेको स्रोतको दावी छ ।

    प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

    अनुसन्धानका क्रममा गिरोहका सदस्यले नाम लिएका तर प्रस्ट प्रमाण नजुटेका ‘हाई प्रोफाइल’सहित थप सातजनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ ।

    यस्तै प्रहरीले ११३ पीडितको जाहेरीअनुसार आरोपित ३३ जनासँग २७ करोड ५० लाख बिगो कायम गरेको छ। प्रहरीले २३ वटा जाहेरी परेको जनाएको छ । पुरकका लागि थप १० वटा निवेदन परेका छन् ।

    प्रहरीले मुद्दा चलाउन सुझाएका ३३ जनामा प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, संविधानसभा सदस्य एवं कांग्रेस नेता आङ्टावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका १६ जना र पक्राउ पुर्जी जारी भएर पनि फरार रहेका थप १७ जना छन् ।

    सबै गरी ३३ जनामध्ये ३० जनाको स्पष्ट वतन (ठेगाना) खुलेको छ । प्रहरीले उनीहरु जो कोहीलाई पनि कुनै बेला संगठित अपराधमा पुन अनुसन्धान गर्ने गरी पक्राउ गर्ने अधिकार सुरक्षित राखेको छ ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer