• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

रिजालको बयानः रायमाझी, पाण्डे, राईले कति पैसा लिए यकिनसाथ भन्न सक्दिनँ


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेका टेकनाथ रिजालले आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।

    Advertisement

    रिजालले अधिकारप्राप्त सरकारी अधिकारी समक्षको बयानका क्रममा आफू निर्दोष भएको दावी गर्दै टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीको संलग्नता रहेको बताएका छन् । रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता एवं अधिकारकर्मी हुन् ।

    उनले बयानका क्रममा हाल अमेरिकामा रहेका अशोक पोखरेल पनि सानु भण्डारी र केशव दुलालका मतियार भई रकम लिने कार्यमा संलग्न रहेको बताएका छन् ।

    उनले भनेका छन्, ‘उनीहरूले पीडितहरूबाट रकम संकलन गरी लिने र संकलन भएको रकममध्येबाट आफूहरूले व्यापार बिजनेसमा खर्च गर्ने सोही रकममध्येबाट टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहसचिव टेकनारायण पाण्डे समेतलाई दिने गरेको बाहिर सुनेको हुँ, के कति रकम लिए भन्ने म यकिनसाथ भन्न सक्दिनँ ।’

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने विषयबारे गोकुल थापा पनि जानकार रहेका रिजालले बयानका क्रममा भनेका छन् ।

    आफूले रामशरण केसी सहितका ३४ जना व्यक्तिहरूको नक्कली भुटानी शरणार्थी कार्ड (परिचय पत्र) बनाएको अस्वीकार गरेका छन् । रामशरण केसीले सानु भण्डारी र केशव दुलालबाट परिचयपत्र लिई मलाई सही गराएको हुनसक्ने उनले बयानका क्रममा भनेका छन् ।

    ‘सेवा सुविधा लिन सक्ने हैसियतका सानु भण्डारी र केशव प्रसाद दुलाल यस कार्यमा संलग्न भएको भएकाले मैले केही कार्डमा सहीछाप गरिदिएको हो’, उनले अगाडि भने, ‘बाँकी कार्डहरू प्रविधिको दुरुपयोग गरी वा अन्य कार्ड बनाए भन्ने मलाई थाहा भएन । जनक कार्कीलाई म चिन्दिनँ, निज मेरो सल्लाहकार पनि होइनन् ।’

    रिजालले थपेका छन्, ‘मैले राम शरण केसीलगायत कसैकाे पनि रकम लिएको छैन । यो सबै झुट हो । मैले कार्ड बनाएको होइन, केशव प्रसाद दुलाल र सानु भण्डारीले मलाई दिएका केही कार्डहरूमा सहीसम्म गरेको हो । मैले कुनै कार्डहरू जलाएको र जलाउन लगाएको होइन । केही कार्डहरूमा केशवप्रसाद दुलाल र सानु भण्डारीले सही गराएका हुन् । कुन-कुन कार्डहरूमा मैले सही गरेका थिए भन्ने हाल यकिनसाथ भन्न सक्दिनँ । लक्ष्मी कोइराला, कृष्ण काेइराला, रामशरण के.सी. र प्रेम पन्थीका विरुद्धमा मैले प्रहरी वृत्त गौशालामा निवेदन दिएको हो ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer