• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ३०, २०८३
☰
मङ्गलबार, असार ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हिरासतबाट टेकनारायणको सन्देश खाँणलाई: प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्नुस्, पैसा फिर्ता गरिदिनुस्


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले आफू पक्राउ परेपछि प्रधानमन्त्रीलाई भनेर अनुसन्धान रोक्न दबाब दिनुपर्ने भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई लिखित सूचना पठाएको पाइएको छ ।

    Advertisement

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    यो प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले तत्कालीन गृहसचिव पाण्डेलाई २० वैशाखमा पक्राउ गरेको थियो । खाँण भने २७ वैशाखमा पक्राउ परेका थिए । सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको अभियोगपत्रअनुसार पूर्वगृहमन्त्री खाँण पक्राउ पर्नुअघि नै तत्कालीन गृहसचिव पाण्डेले हिरासतबाटै पठाएको लिखित सूचना खाँणको साथबाट प्रहरीले बरामद गरेको थियो ।

    उक्त सूचनामा खाँणलाई जोगाउन प्रधानमन्त्रीलाई भनेर अनुसन्धान प्रक्रिया अगाडि नबढाउन दबाब दिनुपर्ने, केशवप्रसाद दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरी इन्कारी बयान गराउन आग्रह गरिएको थियो ।

    अनुसन्धानका क्रममा प्रहरीले लिखित सूचनाको परीक्षण गरेको थियो, जुन पाण्डेकै हस्तलिखित भएको खुलेको अभियोगपत्रमा उल्लेख छ ।

    खाँणले पूर्वसभासद आङटावा शेर्पालाई प्रहरी हिरासतमा रहेका सानु र केशवलाई भेट्न पठाएर रकम फिर्ता गर्ने भन्दै बयानमा आफूलाई नपोल्न भनेका थिए । सानु र केशव सहमत भएपछि शेर्पाले ३० लाख रुपैयाँ सानुका दाजु राजु भण्डारीलाई भरपाई गरिदिएको घटना विवरण कागज र भरपाई कागजबाट खुलेको अभियोगपत्रमा उल्लेख छ ।

    प्रहरीको दाबी अनुसार खाँणले केशव र सानुबाट १ करोड २४ लाख रुपैयाँ नगद बुझेका थिए । साथै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने आपराधिक समूहमै खाँण संलग्न भएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।

    खाँणले तत्कालीन गृहसचिव पाण्डे, केशव दुलाल, नरेन्द्र केसी र आङटावा शेर्पालाई परिचालन गरेर संगठित ठगी, सरकारी लिखत किर्ते एवं राष्ट्रहित प्रतिकूल काम गरेको अभियोगपत्रमा उल्लेख छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराध गरेकाले त्यसअनुसार सजाय हुनुपर्ने मागदाबी छ ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer