• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

इन्द्रजित राईविरुद्ध अभियोगपत्रमा उल्लेख भएको विवरण जस्ताको तस्तै


  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • काठमाडौं । इन्द्रजित राईविरुद्धको अभियोगपत्र:

    Advertisement

    “भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थाई र दीर्घकालिन समाधानको उपायहरू पहिल्याउन गठित कार्यदलको गठन चरणबाटै सक्रिय रहेका प्रतिवादी डा. इन्द्रजित राई र प्रतिवादी सानु भण्डारी तथा प्रतिवादी केशव प्रसाद दुलाल बीच पूर्व चिनजान रहेको, प्रतिवादी सानु भण्डारीले सिफारिस गरेका व्यक्ति गणेश बहादुर के.सी.लाई निजको बिषय बिज्ञता बिना नै कार्यदलमा बिज्ञ सदस्यको रुपमा मनोनित गराउन सफल भएको र सो कुराको जानकारी गणेश बहादुर के.सी.लाई फोन गरेर जानकारी गराएबाट यी प्रतिवादी र सानु भण्डारीको मिलेमतोबाट आफू अनुकुल काम गर्ने मानिसहरुलाई कार्यदलको सदस्यहरु चयन गरे गराएको देखिएको; केशव प्रसाद दुलाल, सानु भण्डारी, टोप बहादुर रायमाझी र टेकनाथ रिजाल समेत भेटघाटको मेसो मिलाई नेपालीहरु समेतलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भन्ने विश्वास गर्न सकिने खालको योजना बनाई सोही योजना अनुसार कार्यदल बनाउन सहजिकरण गरेको; प्रतिवादी सानु भण्डारीको सल्लाह अनुसार RCO को रुपमा काम गर्ने आफ्नो आपराधिक योजना अनुकुलको कर्मचारी चयन गरी सरुवा समेत गराउने कार्यपश्चात टोकनको रुपमा रकम लिएको प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भएको डायरीको पाना 21-4 (2016 April 21 Thursday) मा प्रतिवादी ईन्द्रजित राईको छोरा निरज राई र प्रतिवादी ईन्द्रजित राई समेतलाई मिति २०७६।०३।०२ गते देखि २०७६।०३।२६ गते सम्म ३ पटक गरी भुटानी शरणार्थीका लागी भनी शिर्षक लेखिएको पानामा जम्मा रु.१,५०,००,०००/- (एक करोड पचास लाख) नगद दिएको हिसाब फेला परेको; पक्राउ प्रतिवादी सानु भण्डारीले बयानमा ईन्द्रजित राईलाई रु.१,५०,००,०००/- (एक करोड पचास लाख) नगदै दिएको, डा. इन्द्रजित राई बस्ने गरेको त्रिपुरेश्वरमा रहेको घरमा गई नगदै रु.१,००,००,०००/- (एक करोड) बुझाएको, हिमालय होटलमा गई डा. इन्द्रजित राईलाई रु.२,००,००,०००/-(दुई करोड) नगदै बुझाएको भनी खुलाएको साथै निज प्रतिवादी ईन्द्रजित राईले प्रतिवादी सानु भण्डारीबाट रकम लिए पश्चात समयमा ईन्द्रजित राईले काम नगरेको सम्बन्धमा हातपात समेत हुँदा प्रतिवादी टोप बहादुर रायमाझीले सहजकर्ताको भूमिका निर्वाह गरेको भन्ने प्रतिवादी टोप बहादुर रायमाझी र सानु भण्डारीको बयान समेतबाट देखिएको र सो तथ्यलाई सानु भण्डारी, केशब प्रसाद दुलाल र टोप बहादुर रायमाझी ईन्द्रजित राईको कार्यकक्षमा बारम्बार आईरहने मानिस हुन २०७७ श्रावण, भदौ महिना तिर एकपटक यी तीनै जना ईन्द्रजित राईको कार्यकक्षमा विवाद भई हात हालाहाल सम्म भएको हुँदा म समेत गई छुट्टाएर ३ जनालाई कार्यकक्ष बाहिर लगेको त्यति बेला मलाई ईन्द्रजित राईले अब देखि यीनीहरुलाई भित्र पस्न नदिनु भनी आदेश दिएको सायद यी प्रतिवादी डा. इन्द्रजित राईले आफ्नो बयानमा ईन्कारी गरेको भए तापनि निज प्रतिवादी ईन्द्रजित राईको NIMB बैंक लि. को खाता नम्बर 0190050761882 मा सन 2021 Sep 6 देखि सन 2021 Oct 03 सम्म जम्मा रकम रु. ३,४५,५३,०००/- ( तिन करोड पैंतालिस लाख त्रिपन्न हजार) रकम दाखिला भएको देखिएको, NIMB बैंकको खाता नं. 019017407269 मा सन 2021 may. 4 मा रु. ७३,००,०००/- ( त्रिहत्तर लाख ) ऋण लिएकोमा सो रकम सन 2021 Sept. 7 मा ७३,८५,०००/- (त्रिहत्तर लाख पचासी हजार) दाखिला भएको देखिएको साथै निज प्रतिवादी डा. इन्द्रजित राईले मिति २०७६।०६।०९ मा निजको श्रीमती भुवन देवी राईको नाममा कित्ता नं.९८७ क्षेत्रफल ०-८-१-० भएको जग्गा साविक जग्गा धनी अम्विका राई र नविना राईबाट रु.७७,००,०००।- (सतहत्तर लाख) मा खरिद गरेको देखिएको ।

    यसैगरी मिति २०७८।०१।१४ गते साविक जग्गाधनी समिरा कार्कीबाट क्षेत्रफल ० ४ ० ० जग्गा निज प्रतिवादीको श्रीमती भुवन देवी राईको नाममा रु.१,८३,००,०००/- (एक करोड त्रियासी लाख) मा खरिद गरेको, यसैगरी मिति २०७७।०३।०२ मा साविक जग्गाधनी श्याम महर्जनबाट कित्ता नं. ११२७ क्षेत्रफल ० ४ ० ० आना जग्गा समेत खरिद गरेको देखिएबाट यी प्रतिवादी डा. इन्द्रजित राईले नेपालीहरुलाई भुटानी शरणार्थी बनाई विदेश पठाई दिन्छौं भनी प्राप्त गरेको रकमबाट उल्लेखित खरिद समेतका कार्यहरु गरेको देखिएको हुँदा यी प्रतिवादीले अन्य प्रतिवादीहरु सानु भण्डारी, केशव प्रसाद दुलाल, टोप बहादुर रायमाझी समेतसँग मिलेमतो गरी आपराधिक समूह बनाई समूहका सदस्यहरुको जिम्मेवारी तोकी जिम्मेवारी अनुरुप परिचालित भई जाहेरवालाहरुबाट संकलन गरिएको रकम संगठित रुपमा ठगी गरी एवं नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई राष्ट्रहित प्रतिकुल काम गर्न नहुने अपराध गरी गराई सो कार्यमा सक्रिय भूमिका निर्वाह गरेको देखिदा यी प्रतिवादी डा. इन्द्रजित राईले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करौडौं रकम उठाउन लगाई पीडितहरुलाई हानी नोक्सानी पुयाई ठगी गरी लाभ लिई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसूर गरेको पुष्टि हुन आयो ।

    यी प्रतिवादी डा.ईन्द्रजित राईले बालकृष्ण पन्थी संयोजक रहेको भुटानी शरणार्थी समस्याको स्थायी र दिर्घकालीन समाधानका उपायहरु पहिल्याउन गठित कार्यदलको प्रतिवेदन २०७६ मा ४२९ जना छुट भएका भुटानी शरणार्थी भनी उल्लेख भएकोमा सो प्रतिवेदनका आधारमा गैर भुटानी शरणार्थीलाई अमेरिका पठाउन सम्भव नभएको हुँदा मुनाफा आर्जन गर्नका लागि प्रतिवादीहरुले एक आपसमा मिलोमतो गरी बालकृष्ण पन्थी संयोजक रहेको सक्कली प्रतिवेदनलाई गृह मन्त्रालयका तत्कालिन सचिव रहेका प्रतिवादी टेकनारायण पाण्डे मार्फत बाहिर ल्याएर सो प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको व्यहोरा थप गरेको, पृष्ठ १० को २.५ नं. बुँदामा फरक व्यहोरा देखिएको, पृष्ठ नं. १३ को क्र.नं., (क.अ.) नं. १४ को ग.नं.को दोश्रो Para, पृष्ठ १६ को ३.६,३.६.१ र ३.६.२ पृष्ठ नं. १७ र पृष्ठ नं. १८ को निष्कर्षमा व्यहोरा फेरबदल गरी गृहमन्त्रालयमा सक्कली प्रतिवेदनका ठाउँमा नक्कली प्रतिवेदन राखी भुटानी शरणार्थीका नाममा लिखत किर्ते, संगठित अपराध र ठगी धन्दा अगाडि बढाई अकुत सम्पत्ति आर्जन गरेको र नक्कली प्रतिवेदन तथा भुटानी शरणार्थीको नक्कली परिचय पत्र बनाई लिखत किर्तेको कसूर समेत गरेको देखिदा मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिम सरकारी लिखत किर्तेको कसूर गरेको पुष्टि हुन आयो । त्यसै गरी प्रतिवादी डा. इन्द्रजित राईले सार्वजनिक पदमा बसी आफूलाई लाभ पुयाउने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकूल काम गरेको र निजहरुले गरेको उक्त कसूरले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच आएको र नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा हेर्ने दृष्टिकोणमा समेत आँच आउने गरी राष्ट्रको साख गिराउने कार्य समेत गरेकोले राष्ट्रहित प्रतिकूल काम गरेको देखिदा मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) र उपदफा (७) बमोजिम राज्य विरुद्धको कसूर गरेको पुष्टि हुन आयो ।

    प्रस्तुत मुद्दामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी योजना बनाई भुटानी शरणार्थीको नक्कली कार्ड समेत बनाई बहालवाला गृहमन्त्री, गृह सचिव, सुरक्षा सल्लाहाकार, गृहमन्त्रीका निजी सचिव समेतलाई करोडौं रुपैयाँ नगद उपहार दिई सो क्षेत्रका विशेषज्ञहरुलाई अपराधिक समूहको संगठनमा मिसाई श्रेणीबद्ध संरचना तयार गरी संगठित अपराधिक क्रियाकलापमा लागेका सदस्यहरुको कामको जिम्मेवारी बाँडफाँड गरी तहगत आधारमा सबै भन्दा माथि अपराधको नाईकेका रुपमा प्रतिवादीहरु सानु भण्डारी र केशव दुलाल, ईन्द्रजित राई, सन्दिप रायमाझी, प्रतिक थापा बसेर त्यसपछिको Layer मा सो कार्यलाई कार्यान्वयन गर्ने प्रतिवादीहरु सन्देश शर्मा, आङटावा शेर्पा, निरज राई, टंक कुमार गुरुङ, सागर राई रही त्यस मुनी कार्यदल बनाउने नीति नियम बनाउने प्रतिवादीहरु टेक नारायण पाण्डे, नरेन्द्र के.सी., टोप ‘बहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनाथ रिजाल र शम्सेर मियाँ समेतले नीतिगत रुपमा प्रभाव पार्ने कार्य गरी संगठित रुपमा ठगीको रकम उठाउने अपराधिक कार्यमा प्रतिवादीहरु रामशरण के.सी., राजेश अर्याल, बिक्रम भन्ने गोविन्द चौधरी, सुनिल बुढाथोकी, निरन्जन कुमार पोखरेल, धिरेन राई, मोहन राज राई, अशोक पोखेरल, सागर राई, दिपा हुमागाजी, विनिता साङदेन लिम्बु, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल समेतले ठगीको रकम संकलन गरी आपराधिक लाभका लागी रकम उठाउने कार्य गरी तहगत संरचनाको आधारमा गोप्य ढंगले आ-आफ्नो भूमिका निर्वाह गरी संगठित अपराध समेत गरेको देखिदा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१), (२), (३) को खण्ड (क) तथा दफा ५ बमोजिमको संगठित अपराधको कसूर गरेको पुष्टि हुन आयो । प्रतिवादी डा. इन्द्रजित राई समेतले समेतले नियोजित र संगठित रुपमा समूहमा आवद्ध भई एकै वारदातमा एकभन्दा बढी कसूर गरी एकिकृत कसूर समेत गरेको देखिदा निज प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिम कसूर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कसुर ठहर हुन अभियोग मागदावी लिईएको छ “।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer