काठमाडौं । आज २०८० साल जेठ ११ गते बिहीबार ।
Advertisement
दिउँसोː देशभर आँशिक देखि सामान्य बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
रातीː देशभर आँशिक देखि सामान्य बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।





