काठमाडौ । काठमाडौं सानो भर्यांगस्थित कामना इन्टरनेशनल विद्यालयले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। शिक्षाका राष्ट्रिय उद्देश्यलाई पूरा गर्न वालमैत्री वातावरणमा क्रियाकलापमुखी शिक्षण विधि अपनाउनु विद्यालयको सबल पक्ष हो। शैक्षिक क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धालाई चिर्दै यस विद्यालयले न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । कोरा किताबी ज्ञानमा मात्र सीमित नरही बाल मनोभावलाई लक्षित स्तरिय वातानुकुलित शिक्षा प्रदान गर्ने काममा स्कुल निरन्तर प्रयत्नशील रहेको छ। परिणाम स्वरूप यस विद्यालयले शैक्षिक सत्र २०८० को सुरुवातबाट नै विभिन्न प्रकारका गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

शैक्षिक सत्र २०८० को प्रारम्भसँगै यस विद्यालयले आफ्नो विद्यालयमा प्राध्यापनरत शिक्षक कर्मचारीहरुलाई विभिन्न प्रकारका पुनर्ताजकीकरण तालिम प्रदान गरेको छ’। विद्यालय वरपरको वातावरण, अभिभावकको आर्थिक, सामाजिक, सांस्कृतिक तथा शिक्षक कर्मचारीहरुको अवस्था बालबालिकाको मनोभाव, कला शिक्षाको राष्ट्रिय उद्देश्य, राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको आन्तरिक र बाहय मूल्याङ्कन प्रक्रिया आदिबारे विद्यालयले आफ्ना अभिभावक, विद्यार्थी तथा शिक्षिकाहरुलाई प्रशिक्षण दिएको छ। विश्वमै महामारीको रुपमा फैलिएको कोभिड-१९ र यसको जनमानसमा पारेको नकारात्मक असर तथा बन्दाबन्दीजे हाल सिर्जित पछिल्लो अवस्थाले शिक्षा क्षेत्र र बालबालिकालाई नराम्रो प्रभाव पारिरहेको छ। यस्तो प्रभाव र विविध समस्यालाई न्युनिकरण गर्दै शिक्षण सिकाइ क्रियाकलापलाई अगाडि बढाउन विद्यालय प्रशासन निरन्तर क्रियाशील रहेको छ ।

यस विद्यालयले आफ्ना विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि सबै कक्षाका विद्यार्थीलाई कक्षागत विभिन्न समूहमा विभाजित गरि, परियोजना कार्य, विषयगत समस्या पहिचान कार्य, समाधान पहिचान कार्य, प्रश्नोत्तर साथै सिकाइ क्रियाकलापलाई अगाडि बढाएको छ । विद्यालय समयभित्र चित्रकला, हस्तलेखन, सङ्गीत, तेक्वान्दो, नृत्य, तथा हरेक शुक्रबार विभिन्न प्रकारका
बौद्धिक तथा शारीरिक खेलकुदहरुको आयोजन गरी बालबालिकाको विकासमा महत्त्वपूर्ण योगदान पुरयाउदै आएको छ।
यसै सिलसिलामा यस विद्यालयले यही वैशाख २५ गते कक्षा दुईसम्मका बाबुनानीहरुलाई पौड़ी प्रतियोगितामा सहभागी गरायो भने बाँकी
विद्यार्थीहरुलाई हस्तलेखन प्रतियोगिता सञ्चालन गरी विजेतालाई पुरस्कृत समेत गर्यो । अन्तराष्ट्रिय क्षेत्रबाट आएका स्वयम् सेवक शिक्षकबाट चित्रकला निर्माण गर्न लगाएर यस विद्यालयले आफ्ना बाबुनानीलाई आफ्नो बौदिक स्तरको क्षेत्रलाई विस्तार गर्ने अवसर सिर्जना गराएको छ ।

‘शिक्षा क्षेत्रमा र आफ्नो छुट्टै स्थान बनाएको यस कामना इन्टरनेशनल स्कुलले जेठ १० गते बिहीबारका दिन शैक्षीक सत्र २०८० मा नयां भर्ना भएका, यस स्कुललाई शैक्षीक गन्तव्य बनाएका ६२ जना नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गर्यो । विद्यालय ईन्चार्ज लक्ष्मण पाण्डेले संचालन गर्नुभएको कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री पदम प्रसाद भट्टराईको प्रमुख आतित्यथामा सञ्चालित उक्त्त कार्यक्रममा विद्यार्थीलाई ,अविर, खादा र फलफूल प्रदान गरी प्राचार्य र क्याम्पस प्रमुखले स्वागत गर्नुभयो। साथै उक्त कार्यक्रमको अवसरमा कक्षा ३, ४, ७ का तीन जना विद्यार्थी भाइबहिनीहरु वैशाख महिनाको उत्कृष्ट विद्यार्थी घोषित भएकाले उहांहरुलाई प्रमाण-पत्रद्वारा सम्मान गरियो ।
यस प्रकार कामना इन्टरनेशनल स्कुल आफ्ना रचनात्मक गतिविधिका साथ अगाडि बढिरहेको छ। “अभिभावक, समाज र देशको चाहना शैक्षिक गन्तव्य कामना” मूल नाराका साथ शिक्षा क्षेत्रमा स्थापित कामनाको मुख्य उदेश्यनै रास्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु रहेको विद्यालय ईन्चार्ज लक्ष्मण पाण्डेले बताउनुभयो ।




