• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

आइजिपीलाई निलम्बन गर, छानबिन गर


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • नक्कली भुटानी शरणार्थी प्रकरण हाम्रा लागि एउटा ‘टेस्ट केस’ बनेर आएको छ ।

    Advertisement

    नेपाली समाज र राजनीति यो ‘टेस्ट’ पास गरेर अघि बढ्छ वा फेल भएर थप निराशा र बेचैनीमा धकेलिन्छ?

    यो प्रकरण जसरी निप्टिने छ, त्यसले या त नेपाली राज्य र राजनीतिमाथि नागरिकको थोरै भए पनि भरोसा बढाउनेछ, या आममानिसको विश्वास थप खलबल्याउने छ ।

    यो पेचिलो विषय त हो नै, त्योभन्दा पेचिलो अहिलेको समय छ । ‘प्रज्ज्वलनशील पदार्थ’ बोकेको पेट्रोल ट्यांकरजस्तै छ अहिलेको नेपाल । त्यसमा आगोको पुल्ठो झोस्ने गल्ती नगरौं। समयको प्रज्ज्वलनशीलतालाई बुझौं ।

    त्यसैले भुटानी शरणार्थी प्रकरणमा कसैले पनि खेलाँची गर्ने दुस्साहस नगरोस् । त्यसको अर्थ सबै मानिसलाई नंग्याएर सडकमा उतार्ने कविला हर्कतको समर्थन गर्ने होइन । कसैले कसैको नाम पोल्यो भन्दैमा उसलाई दोषी करार गर्ने सडकको अराजकतामा पनि विश्वास गर्ने होइन ।

    धेरैले धेरै पटक दोहोर्‍याएको कुरा नै यो प्रकरण पटाक्षेप गर्ने मूलमन्त्र हो, कोही दोषी नछुटोस्, कोही निर्दोष नपरोस्!

    यही मूलमन्त्र समातेर नेपाल प्रहरीका आइजिपी बसन्त कुँवरमाथि छानबिन हुन जरूरी छ । निर्दोष भए उनले उन्मुक्ति पाउनेछन्, दोषी भए कारबाही भोग्नेछन् ।

    हाम्रो विश्लेषणमा भने उनी नक्कली भुटानी शरणार्थी छानबिन प्रकियामा लामो समयदेखि बाधक देखिएका छन् । अहिलेसम्म उनले खेलेको भूमिकाले त्यही भन्छ । यहाँसम्म आइपुग्दा उनले तीनवटा अक्षम्य गल्ती गरेका छन् भन्ने हामीलाई लाग्छ ।

    पहिलो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कुँवर प्रमुख हुँदा नै ८१ जना पीडितका तर्फबाट उजुरी परेको थियो । गिरोहले आफूहरूबाट १३ करोड रूपैयाँ उठाएको दाबी उनीहरूले पेस गरेका थिए । बैंकमा धेरै पटक पैसा पठाएको प्रमाण पेस गरेका थिए । गिरोहका सदस्यहरू पक्राउ त परे तर राजनीतिक दबाबमा त्यही दिन छुटे ।

    दोस्रो, यसरी प्रहरीको फन्दाबाट फुत्किएका गिरोहका सदस्यले केही दिनभित्रै तत्कालीन गृहसचिव टेकनारायण पाण्डे मार्फत कुँवरसँग सम्पर्क स्थापित गरेको देखिन्छ । यहाँसम्म कि, गिरोहका सदस्यले पाण्डे मार्फत उनलाई आर्थिक लाभसम्म निश्चित गरेका छन् ।

    तेस्रो, यसपालि पक्राउ परेपछि गिरोहका एक सदस्यले पहिलो बयानमै पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूहरूसँग सवा करोड रूपैयाँ लिएको भन्दै उनको नाम पोले । त्यसपछि दस दिनसम्म उनीहरूको बयान रोकियो । ती दस दिनमा खाणले गिरोहसँग हिरासतमै मोलतोल गर्न मानिस पठाए, उनीहरूले लिएको घुसको पैसा फिर्ता गरे । त्यसपछि मात्र पुनः सुरू भएको बयानमा खाणको नाम कसैले पोलेन ।

    अनुसन्धान प्रक्रियाको हुर्मत लिने यो अक्षम्य अपराध कसले गरायो?

    कि आइजिपी कुँवरले यसको जिम्मा लिनुपर्‍यो, नत्र आफू मातहतका अधिकृतहरूले यो कसूर गरेको भए उनीहरूलाई जवाफदेही बनाउनुपर्‍यो ।

    यो विषयमा आइजिपी कुँवरमाथि छानबिन हुन जरूरी छ र उठेका प्रश्नहरूको उनले सामना गर्नैपर्छ । सेतोपाटीले यिनै प्रश्न सोध्न आइजिपी कुँवरसँग अन्तर्वार्ताका लागि समय मागेको छ। उनले अहिलेसम्म समय दिएका छैनन् । यी प्रश्नबाट उनी भाग्न भने पाउने छैनन् ।

    यिनको उत्तर आइजिपी कुँवरले दिएनन् भने ती प्रश्न खुट्टा हालेर सिंहदरबार छिर्नेछन् । अनि गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पुगेर थामिनेछन् ।

    किनभने, लोकतान्त्रिक शासन व्यवस्थामा कुशासनको अन्तिम जवाफदेहिता प्रधानमन्त्रीकै हुन्छ ।

    प्रधानमन्त्रीजी, गृहमन्त्रीजी, सत्तासाझेदार दलको दबाब वा सत्तास्वार्थमा त्यो बयान दस दिन रोक्ने काम तपाईंहरूले गर्नुभएको हो? खाणलाई जोगाउने प्रपञ्चमा अनुसन्धान प्रक्रियाको हुर्मत जसरी लिइयो, त्यो तपाईंहरूको निर्देशनमा भएको हो?

    होइन भने, यसको जवाफदेहिता तपाईंहरूले आइजिपी कुँवरसँग किन नमाग्नुभएको?

    आइजिपी कुँवरले यो प्रकरण दबाउन विगतमा जेजस्ता हर्कत गरे, तिनमा तपाईंहरूको सहमति हो? कि उनले अहिलेसम्म यो प्रकरणमा जे-जे गरेका छन्, सबै ठीक गरेका छन् भन्ने तपाईंहरूको जिरह हो? हो भने सार्वजनिक रूपमा उनको बचाउ गर्नुहोस्। अनि तमाम प्रश्नको सामना गर्नुहोस् ।

    अहिले आइजिपी कुँवर चुप लाग्न सक्लान् । तपाईंहरूको संरक्षण रहुन्जेल चुप लाग्नेछन् । तपाईंहरूलाई भने चुप बस्ने सुविधा छैन । कि उनको बचाउ गर्नुहोस् कि उनलाई निलम्बन गरेर छानबिन सुरू गर्नुहोस् ।

    आइजिपी कुँवरमाथि अहिले छानबिन थप दुई कारणले महत्वपूर्ण छ,  एउटा तत्कालीन र अर्को दीर्घकालीन ।

    तत्कालीन महत्व यसकारण छ कि, यो प्रकरणको अनुसन्धान सकिएकै छैन। थप उजुर आउनेछन्, आउने क्रममा छन् । थप पर्दा खुल्नेछन्। र, थप छानबिन आवश्यक हुनेछ । कुँवर जति दिन प्रहरी प्रधान कार्यालय नक्सालमा हुनेछन्, त्यति नै निष्पक्ष अनुसन्धानमा बाधा बन्नेछन् ।

    प्रहरीको भूमिका थप छानबिनमा मात्र होइन, अहिले अदालत जान लागेको मुद्दा निष्पक्ष रूपमा टुंगोमा पुग्ने वातावरण बनाउनेमा पनि महत्वपूर्ण हुन्छ ।

    अहिले नै कैयन मानिस फरार छन् । तिनलाई पक्रिएर अदालतमा उभ्याउन जरूरी छ । प्रहरीमा आएर कागज गरेका कतिपय साक्षी फरार छन्, तिनलाई पनि ल्याउनुपर्ने छ । उदाहरणका लागि, गिरोह सदस्य सानु भण्डारीका दाजु राजु भण्डारीले आफूले ३० लाख रूपैयाँ घुस फिर्ता बुझेको कागज प्रहरीमा आएर गरिदिएका छन् । उनी भोलि अदालतमा बलियो साक्षी हुन् तर अहिले सम्पर्कबिहीन छन् ।

    त्यसैले नेपाल प्रहरीमा यो अनुसन्धानलाई बलियो र निष्पक्ष रूपमा अघि बढाउने नेतृत्व आवश्यक छ ।

    यसको दीर्घकालीन महत्व झनै छ ।

    एउटा फरक कोणबाट हेर्दा आइजिपी कुँवरको दोष यसकारण कम छ कि उनी अहिलेको ‘पतीत प्रणाली’ का उत्पादन मात्र हुन् । उनी असल मानिस नै होलान् । उनी गजबको ‘प्रोफेसनल’ आइजिपी हुन सक्थे ।

    तर लोकतन्त्रका नाममा हामीले जुन भ्रष्ट र निकम्मा प्रणाली संस्थागत गरेका छौं, त्यसलाई प्रोफेसनल आइजिपी चाहिएकै छैन । त्यहाँ सत्तामा बसेकालाई एउटा ‘सेवक आइजिपी’ चाहिन्छ। यस्तो आइजिपी जसले आफ्नो जायज-नाजायज आदेश मानोस्, जो आवश्यक परेका बेलामा आफ्ना पाप र कर्तुत छोप्न अग्रसर होस् ।

    बालकृष्ण खाणले कुँवरलाई पहिलो नम्बरको डिआइजी बनाए, कांग्रेसले जोडबल गरेर आइजिपी बनायो भन्दैमा अब उनले व्यावसायिक निष्ठा र इमान छाडेर हर हालमा कांग्रेसका नेताहरूको बचाउ गर्नुपर्ने?

    यस अर्थमा आइजिपी कुँवर जति दोषी छन्, उनीभन्दा दोषी राजनीतिक दलहरूले संस्थागत गरेको यो निकम्मा प्रणाली छ ।

    आवरणमा लोकतन्त्र त छ तर सारमा यो यस्तो कुशासनतन्त्र हो जसले राज्यका सबै प्रमुख निकाय आफ्ना सेवक मार्फत कब्जा गर्न हरदम प्रयत्न गर्छ । यही कुशासनको सिकार राज्यका सबै प्रमुख अंग प्रहरी, अख्तियार, न्यायालय, निर्वाचन आयोग बनेका छन् ।

    लोकतन्त्रको आवरणमा यो कुशासनतन्त्र संस्थागत गर्ने र त्यसको दोहन गर्ने काममा राजनीतिक दल र तिनका आजका शीर्ष नेताहरूको प्रमुख भूमिका छ ।

    अहिले नेपाली समाजलाई जकडिरहेको त्यसैले हो । मानिसको असन्तुष्टि बिस्फोटक तहमा पुर्‍याएको त्यसैले हो । अनि बदल्नुपर्ने पनि यही कुशासनतन्त्र हो ।

    नेताहरूले बारम्बार हिजोको जसरी चल्दैन, अब हामी सच्चिनुपर्छ, बदलिनुपर्छ भन्छन् । भन्छन् मात्र कि बदलिन्छन् पनि, त्यसको छनक देखिने अहिले नै हो । आफू जवाफदेही हुने र राज्यका प्रमुख अंगमा जवाफदेहिता स्थापित गर्ने पनि अहिले नै हो ।

    अहिलेसम्मको गलत बाटोबाट ‘डिपार्चर’ लिने बेला यही हो ।

    प्रज्ज्वलनशील समय भनेको परिवर्तनका लागि तयार समय पनि हो । अहिले समाजमा जुन उकुसमुकुस देखिएको छ, त्यसलाई परिवर्तनका लागि प्रयोग गर्न सकिन्छ । यसलाई आफैं बदलिन प्रयोग गर्न सकिन्छ ।

    त्यसो भयो भने केही हुन्छ कि भनेर मानिसहरूले आश गर्ने थोरै भए पनि ठाउँ बन्नेछ । नत्र मानिसहरू अधैर्य भएर सडकमा उत्रिन बेर लाउने छैनन् ।(सेतोपाटी)

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer