• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

नक्कली भुटानी शरणार्थी प्रकरणसंगै कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद नक्कली भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा झनै बढदै गएको छ ।

    Advertisement

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्न सभापति शेरबहादुर देउवा तयार नभएपछि कांग्रेसभित्रको विवाद सतहमा देखिएको छ ।

    त्यसो त कांग्रेसभित्रको विवाद अहिलेको नयाँ होइन । १४ औं महाधिवेशन सम्पन्न भएको केही महिनादेखि नै पार्टीभित्र विवाद सुरु भएको थियो। संस्थापन पक्षले इतर समूहलाई पेलेर लगेको भन्दै विवाद सुरु भएको थियो। त्यहाँ सैद्धान्तिक भन्दा पनि गुटगट विवाद जारी छ ।

    यो विवादले नक्कली भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा उग्र रुप लिएको छ । इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै आएको छ । पार्टीमा १४औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाको एकलौटी बहुमत रहेको र बहुमतको आडमा इतर समूहलाई पेल्दै आएको इतर समूहको गुनासो छ ।

    सभापति देउवाले लामो समयदेखि केन्द्रीय समितिको बैठक बोलाएका छैनन् । नीति अधिवेशन, चुनावी समीक्षा, भ्रातृ संघसंस्था र विभागलाई पूर्णता दिनेजस्ता काम सभापति शेरबहादुर देउवाले अघि नबढाएको भन्दै अब चुप लागेर नबस्ने इतर समूहका महामन्त्री गगन थापाले चेतावनी दिन थालेका छन् ।

    इतर समूहले नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्नुपर्ने अडान राखेको छ । त्यसअघि नै वैशाख २८–३१ मा बस्ने तय भएको बैठक खाँण पक्राउ परेसँगै सभापति देउवाले रोकिदिएका थिए ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल बैठक राख्न गरेको प्रस्तावलाई देउवाले अस्वीर गरे । पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट पार्टी महामन्त्री गगन थापा समूहले पार्टीको अर्ली महाधिवेशनको माग उठाउन थालेको छ ।

    पछिल्लो समय नेतृत्वको कार्यशैलीप्रति सार्वजनिक रूपमै विरोध गरिरहेका महामन्त्री थापा पार्टी सुदृढीकरणको नारा दिएर देशव्यापी अभियान सञ्चालन गर्ने गरी अनौपचारिक छलफलमा रहेका छन् ।

    पार्टीभित्र देखिएको कमजोरी, युवा पुस्तामा पार्टीप्रति देखिएको विकर्षण तथा बदलिँदो राजनीतिक परिवेशमा पार्टीको आगामी भूमिका र रणनीति निर्माणका लागि भन्दै अभियान सुरु गर्ने तयारी छ ।

    पार्टी रुपान्तरणका लागि आफूले राखेका मागका विषयमा संस्थापन पक्षबाट सुनुवाई नभएपछि महामन्त्री थापाले समाजिक सञ्जालमार्फत नै आक्रोश पोख्न थालेका छन् ।

    ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ,’ महामन्त्री थापाले भनेका छन्, ‘म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो!’

    उनले पार्टीको आन्तरिक असन्तुष्टि उजागर गर्दै आक्रोश र निराशा मिश्रित अभिव्यक्तिले नेपाली कांग्रेससभित्र उनको निरीहता समेत सतहमा आएको छ । उनले कांग्रेसभित्र कैयौं पटक प्रक्रियागत रुपले आफूले उठाएका विषयहरु प्रवेश नपाएको हुँदा प्रतिरोध गर्ने प्रयत्न गरिएको तर पदीय दायराले त्यसो गर्न असमर्थ भएको बताउँदै उनको निरीहता सतहमा आएको हो ।

    उनले पार्टी संस्थागत रुपमा नचलेको बताउँदै आन्तरिक असन्तुष्टि उत्कर्षमा पुगेको अभिप्राय व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा व्यक्त टिप्पणी अनुसार पार्टीमा उनको असन्तुष्टिले हद नाघेको र आशातीत परिणाम दिन नसकेको आशय प्रकट हुन्छ ।

    कांग्रेसमा विधिसंगत ढंगले संस्थागत निर्णय नभएको र सभापति शेरबहादुर देउवाको मनोमानी व्याप्त रहेकाले महामन्त्री थापाले सोही कार्यशैलीप्रति असन्तुष्टि जाहेर गरेको समेत बताइन्छ ।

    थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसकै भएपनि कारवाही गर्नुपर्ने बताउँदै आएका छन् । तर सभापति देउवाले यो प्रकरणमा पार्टीलाई थप क्षति नहोस् र यो भन्दा माथि नपुगोस् भन्नेमा सचेत देखिन्छ । लामो समयदेखिको आन्तरिक विवादमा रुमल्लिएको कांग्रेसलाई शरणार्थी प्रकरणले थप विवादमा छकेलिदिएको छ ।

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer