• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

पशुपतिमा चढाईएको भनिएको सुनको जलहरीका बारेमा संसदमा नाराबाजी


  •   शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले शुक्रबारको संसद बैठकमा नाराबाजी गर्‍यो ।

    Advertisement

    सुरूमा एमाले सांसदहरूले उठेर विरोध गरेका थिए । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पशुपतिमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राखिएको सुनको जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै दिएको अभिव्यक्तिबारे विरोध गरेका थिए ।

    जेठ १० गतेको बैठकमा सांसद दाहालले पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखेर भ्रष्टाचार गरिएको भनेका थिए ।

    दाहालको उक्त भनाइ संसदको रेकर्डबाट हटाउनु पर्ने र उनले माफी माग्नुपर्ने नभए सुनको जलहरीको जाँच गर्नुपर्ने एमालेको माग थियो ।

    त्यही बीचमा सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका थिए ।

    एमाले सांसदहरूले आज संसदमा विरोध गर्नुअघि दाहालको उक्त अभिव्यक्तिबारे कुनै चर्चा भएको थिएन ।

    ओली नेतृत्वको सरकार हुँदा २०७७ फागुन १२ गते पशुपतिमा ९६ किलोको जलहरी राखिएको थियो । जलहरीमा १२ किलो सुन पछि थप्ने भनिएको थियो ।

    पशुपतिमा सुनको जलहरी राखिएकै दिन सर्वोच्च अदालतले पुरातात्विक सम्पदामा कुनै पनि चिज चलाउन वा थपघट गर्न नपाइने कानुन भएकाले चरण-चरणमा उक्त काम रोक्न अन्तरिम आदेश दिएको थियो ।

    विरोधका बाबजुद् तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी अनावरण गरेकी थिइन् ।

    त्यतिबेला के भएको थियो भनेर हामीले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई सोध्यौं ।

    उनले त्यतिबेला एक-दुई दिनको फरकमा १०८ किलो सुनकै जलहरी पशुपतिमा राखिएको बताए ।

    जलहरीमा पित्तल नमिसाएको उनको दाबी छ। खतिवडाले १ सय ८ किलो सुन राष्ट्र बैंकबाट किनेर ल्याइएको बताए ।

    ‘बैंकले मिसाएको भए थाहा भएन। विश्वास नलागे निकालेर जाँचे हुन्छ,’ उनले भने ।

    जलहरीलाई बलियो बनाउन एक किलो चाँदी र आधा किलो तामा मिसाइएको उनले बताए ।

    ‘त्योबाहेक अरू केही मिसाइएको छैन,’ उनले भने ।

    तर यो विषयमा महालेखा परीक्षकको प्रतिवेदनमा समेत प्रश्न उठाइएको थियो ।

    महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ मा ‘पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि यो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन रू. ८० करोड ११ हजारमा खरिद गरेको र विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको’ उल्लेख छ ।

    निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख छ ।

    ‘रिङ बनाउन प्रयोग भएको सुनको मूल्य रू. ७ करोड ८६ लाख ४६ हजार रहेको छ। जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस गरेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

    मन्दिरका चार जना मुख्य पूजारीले मात्र छोएर राख्न मिल्ने जलहरी सर्वसाधारणले सजिलै देख्दैनन् । जुन ठाउँमा उभिएर सर्वसाधारणले पशुपति दर्शन गर्छन्, त्यहाँबाट जलहरी देखिँदैन ।

    पशुपतिमा पश्चिमी ढोका मात्र भक्तजनका लागि खुला हुन्छ । तीर्थालुले ढोकामै गएर आफैंले फूलपाती चढाउन पाउँदैनन् । त्यहाँ खटिएका कर्मचारीले दुई मिटर वरैबाट फूलपाती मन्दिरको ढोकामा छुवाइदिन्छन्, जल चढाइदिन्छन् ।

    भक्तजनको भीडभाडबीच कतिले त शिवलिंगको राम्ररी दर्शन गर्न पनि पाएका हुँदैनन्, यस्तोमा जलहरी देख्नु टाढाको कुरा । कसैले घाँटी तन्काएर हेर्‍यो भने मात्र मुश्किलले जलहरी देखिन्छ ।

    पशुपतिको चारै ढोका चाँदीका छन् । चाँदीका पातामा विभिन्न देवदेवीका कलाकृति कुँदिएका छन् । जलहरी भनेको पनि यस्तै कुनै कलात्मक पातो वा छानो हो कि भन्ने धेरैलाई भ्रम छ । कतिले जलहरी मन्दिरको भित्री छानामा राखिन्छ पनि भन्छन् । कतिले शिवलिंगभन्दा माथि छाता जसरी ओढाइन्छ भन्ठानेका छन् ।

    यो न मन्दिरको भित्री छानामा राखिन्छ, न शिवलिंगमाथि छाताजसरी ओढाइन्छ । खासमा यो शिवलिंगको तल्लो भाग बेरेर झकिझकाउ पार्ने कलात्मक गहना हो ।

    जलधाराबाट खसेको पानी वा दूध शिवलिंगमा परेको त तपाईंहरूले देख्नुभएकै होला । शिवलिंगलाई नुहाएपछि त्यही जल वा दूध बगेर जुन तल्लो भागमा जम्मा हुन्छ, जसलाई शिवलिंगको गर्भगृह भनिन्छ। जलहरी भनेको त्यही गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने पाता हो ।

    जलहरीबाट बगेको तरल पदार्थ बह्मनाल हुँदै बाग्मतीमा गएर मिसिन्छ । भक्तजनलाई अभिषेक गरिने जल जलहरीबाटै लिइने पूजारीहरू बताउँछन् ।

    पशुपति शिवलिंगको तल्लो भागमा बासुकी नाग छ । नागमाथि करिब पाँच इन्च उचाइमा शिवलिंगको गर्भगृह छ । पाँच मिटर गोलाइ रहेको यो गर्भगृहलाई सुनको पातोले मोरिएको छ ।

    पूजारीहरूका अनुसार शिवलिंगमा निरन्तर चढाइने दूध, जल, मह पोखिँदै जाने ठाउँमा राखिने तामा, चाँदी वा सुनको पातो नै जलहरी हो ।

    शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer