काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा लगिसकेको छ । यो प्रकरणमा ३० जनाविरूद्ध मुद्दा गएको छ। त्यसमध्ये १४ जना फरार छन् । यो प्रकरणका गिरोह सदस्यहरूले नाम पोलेका कतिपय ‘हाई-प्रोफाइल’ मानिसहरूलाई भने मुद्दा नलगाएको मात्र होइन, प्रहरीले बयानमै बोलाएन । यसलाई लिएर धेरै मानिसले प्रश्न उठाएका छन् । उनीहरूलाई किन बयानमा सम्म पनि बोलाइएन? उनीहरूमाथि किन अनुसन्धान गरिएन ? प्रबुद्ध नागरिकहरूले समेत विज्ञप्ति निकालेर यी प्रश्न उठाएका छन् ।
Advertisement
यस्तै यो गिरोहले कसलाई के नामबाट शरणार्थी बनाए भन्ने लिस्टनै फेलापरेको छ ।




