• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

महान एसियाली राजमार्गमा नेपालका दुई रुट जोडिदै: काँकडभिट्टा-वनबासा, तातोपानी-वीरगञ्ज


  •   शनिबार, जेठ १३, २०८० मा प्रकाशित
  • झापा । चार लेनको फराकिलो पुल र चिल्लो सडक । बटुवा हिँड्ने बेग्लै फुटपाथ । ठाउँ-ठाउँमा सङ्केत चिह्न । रातमा झलमल्ल सडकबत्तीको उज्यालो । सडक किनारमा रेलिङ र माझमा डिभाइडर । पूर्वीद्वार काँकडभिट्टासम्म एक वर्षअघि नै आइपुगेको एसियाली राजमार्गको मनमोहक झलक हो यो ।

    Advertisement

    कोरोना कहरका बेला सारा संसार कोठामा बन्दी भएका बेला काँकडभिट्टामा एसियाली राजमार्ग निर्माणको काम धमाधम भइरहेको थियो । कोरोना महामारीको बन्दाबन्दीको दुईवर्षे अन्तरालपछि काँकडभिट्टा आइपुग्नेका लागि यो राजमार्गको झल्को अकल्पनीय थियो ।

    टाढाबाट आन्तरिक पर्यटक काँकडभिट्टाको एसियाली राजमार्ग हेर्नै भनेर पनि आउने गरेका छन् । सफा र फराकिलो चार लेनको सडकमात्र होइन, मेची नदीमा निर्मित चार लेनकै अत्याधुनिक पुलको सौन्दर्यले पर्यटक र यात्रुलाई उत्तिकै आकर्षित गरेको छ ।

    पुल र सडकमा उभिएर खिचिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्नेहरूको ताँतीले एसियाली राजमार्ग आफैँमा पर्यटकीयस्थल बन्न पुगेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन्। उनले एसियाली राजमार्गका कारण तेस्रो मुलुकबाट पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई आकर्षण गर्ने, यात्रा छिटो र छरितो हुने बताइन्।

    एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मात्र यसको संरचना पूर्णरूपमा निर्माण भएको छ ।

    बङ्गलादेशबाट भारतको बागडोग्रा हुँदै पानीटङ्की नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै पक्की चार लेनको पुल निर्माण गर्दा नेपालतिरको करिब डेढ किलोमिटर भागसम्म पहुँच सडक विस्तार गरेको हो । यही पहुँच सडक र पुल नेपालभित्र निर्मित एसियाली राजमार्गको पहिलो संरचना मानिन्छ ।

    नेपाल-भारत सीमास्थित मेची नदीमा बनेको पक्की छ लेनको पुल सात सय ९० मिटर लामो रहेको छ । छ लेनको पाँच सय मिटर पहुँचमार्गले काँकडभिट्टाको मुख्य बजारलाई जोडेको छ ।

    के हो एसियाली राजमार्ग?

    एसियाका ३२ मुलुकलाई स्थलमार्गले जोड्ने एसियाली राजमार्गको कूल लम्बाइ एक लाख ४१ हजार किलोमिटर रहने बताइएको छ । सबै मुलुकमा एउटै स्तर र मापदण्डमा आधारित भएर निर्माण हुने यो राजमार्गले एसियाली देशहरूबीचको सम्बन्ध र सम्पर्कलाई अझ नजिक तुल्याउने अपेक्षा गरिएको छ ।

    स्थलमार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्य बोकेको एसियाली राजमार्गको अवधारणा पुरानै हो । सन् १९९२ मै एसियालाई युरोपसँग जोड्नका लागि एसियाली राजमार्गको अवधारणा ल्याइएको थियो ।

    ‘युनाइटेड नेसन्स इकोनोमिक्स एण्ड सोसल कमिसन फर एसिया एण्ड द प्यासिफिक’ नामक संयुक्त राष्ट्रसङ्घको निकायले यसका लागि एसियाली मुलुकसँग प्रस्ताव गरेपछि ३२ मुलुकले यसलाई स्वीकार गरे ।

    एसियाली राजमार्ग आफैँमा अलग राजमार्ग होइन । चालु अवस्थाकै विभिन्न मुलुकमा रहेका अन्तरदेशीय राजमार्गहरूको सञ्जालका रूपमा यसको पुनःनिर्माण भइरहेको हो । पुराना राजमार्गलाई नै नयाँ नक्साङ्कन गरेर राजमार्गलाई ‘क’ श्रेणीमा पुनःनिर्माण गरिने कार्य हाल तीव्ररूपमा भइरहेको छ ।

    एसियाली विकास बैंक (एडिबी) र एसियाली इनफ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइइबी)को लगानी र चीन, सिङ्गापुर, दक्षिण कोरियालगायतका सम्पन्न देशहरूको ठूलो लगानीमा एसियाली राजमार्गको विस्तार भइरहेको छ ।

    नेपालमा दुईवटा रुट

    एसियाली राजमार्गको स्वीकृत रुटमा नेपाल चारै दिशाबाट समेटिएको छ । पूर्वमा काँकडभिट्टा, पश्चिममा वनबासा, उत्तरमा तातोपानी र दक्षिणमा वीरगञ्जबाट उक्त राजमार्ग नेपाल भित्रिनेछन् ।

    थाइल्याण्डको बैङ्ककबाट सुरु हुने रुट-२ अन्तर्गत म्यान्मार, बङ्गलादेश र भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व-पश्चिम राजमार्गमा मिसिन्छ । यो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको वनबासा हुँदै भारतको दिल्लीतर्फ सोझिनेछ ।

    भारतको दिल्लीबाट पाकिस्तानको कराँचीसम्म यो रुटले थाइल्याण्ड, म्यान्मार, बङ्गलादेश, भारत, नेपाल र पाकिस्तान गरी छवटा मुलुकलाई जोड्नेछ । यसले नेपालको पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा रूपान्तरण गर्ने निश्चित छ ।

    रुट-४२ अन्तर्गत भारतबाट नेपाल प्रवेश गर्ने एसियाली राजमार्गको अर्को रुट चीनको तिब्बत प्रान्तको राजधानी ल्हासा पुग्नेछ । यसले अरनिको राजमार्गलाई एसियाली राजमार्गमा रूपान्तरण गर्नेछ ।

    अरनिको राजमार्गअन्तर्गत कोटेश्वर-सूर्यविनायकको काम सकिएको छ । सूर्यविनायकबाट धुलिखेल हुँदै यो सडक चीनतिर जानेछ । भारतको रक्सौलबाट नेपाल प्रवेश गर्ने यस रुटमा वीरगञ्ज, नारायणगढ, काठमाडौँ, धुलिखेल, बाह्रबिसे र तातोपानी जोडिनेछन् ।

    लामो सडक भारतमा बन्ने

    एसियाका ३२ मुलुकमा एसियाली राजमार्ग निर्माण हुनेछन् । सोमध्ये सबैभन्दा लामो खण्ड भारतमा निर्माण हुने बताइएको छ । छिमेकी मुलुक भारतमा उक्त राजमार्गको २७ हजार नौ सय ८७ किलोमिटर खण्ड निर्माण हुनेछ । दोस्रो लामो सडक चीनमा बन्नेछ । चीनमा एसियाली राजमार्गको २५ हजार पाँच सय ७९ किलोमिटर खण्ड निर्माण हुने भएको छ ।

    नेपालमा पूर्व काँकडभिट्टाबाट पश्चिम वनबासा र उत्तर तातोपानीबाट दक्षिण वीरगञ्जसम्मको एक हजार तीन सय २१ किलोमिटर लामो सडक निर्माण हुनेछ । यसैगरी बङ्गलादेशमा एक हजार आठ सय चार किमी, श्रीलङ्कामा छ सय ५० किमी, पाकिस्तानमा पाँच हजार तीन सय ७७ किमी र भूटानमा दुई सय ७६ किमी सडक बन्ने भएको छ । भूटानको थिम्पुबाट भारत-बङ्गलादेश सीमा च्याङ्ग्राबन्धसम्म एसियाली राजमार्गले जोडिने छ ।

    पूर्वमा असारदेखि काम सुरु हुने

    पूर्वतिर काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्मको ९५ दशमलव पाँच किलोमिटर सडकखण्डमा एसियाली राजमार्गअन्तर्गत सडक तथा पुल निर्माणकार्य सुरु गरिने भएको छ । एसियाली विकास बैंकले सो सडक निर्माणका लागि ३० करोड अमेरिकी डलर (रु ३८ अर्ब) बराबरको ऋण स्वीकृत गरेको छ । नेपालले आन्तरिक स्रोतबाट रु सात अर्ब लगानी जुटाउनु पर्नेछ ।

    यो सडक बनाउनका लागि एसियाली विकास बैंकको आयोजना निर्देशनालयले ठेक्का प्रक्रिया अघि बढाइसकेको छ । विभिन्न खण्डमा गरेर सडक निर्माण गरिने भएको छ । सहरी क्षेत्रमा छ लेन र अन्य स्थानमा चार लेनमात्र सडक निर्माण गरिने बताइएको छ ।

    एसियाली विकास बैंक आयोजना निर्देशनालयका उपआयोजना निर्देशक प्रदीप शाक्यले झापाबाट सुनसरीको लौकहीसम्मको एसियाली राजमार्गमा छवटा आधुनिक आर्कब्रिज, चारआली, बिर्तामोड र इटहरीमा अन्डर-पास निर्माण गरिने बताए । अहिलेका पुराना सबै पुललाई विस्थापित गरी नयाँ र फराकिला पुलको निर्माण गरिने उनले बताए।

    उनका अनुसार कोशी नदी पश्चिमको लहान खण्डमा निर्माणकार्य धमाधम भइरहेको छ भने नारायणगढ-हेटौँडा-पथलैया-कमला खण्डमा पनि काम अघि बढाइने भएको छ । नेपालको पूर्वपश्चिम राजमार्गलाई ‘सी-ग्रेड’को मानिन्छ । अब पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरेर एसियाली राजमार्ग मापदण्डअनुरुप ‘ए-ग्रेड’को बनाउनुपर्ने छ । उनले बजार क्षेत्र भने छ लेनको सडक बनाइने बताए ।

    मेची उद्योग वाणिज्य सङ्घ मेचीनगरका पूर्वअध्यक्ष विजय डालमियाले भारत, चीन, बङ्गलादेश, भूटानजस्ता भौगोलिक तथा व्यापारिक निकटता भएका देशलाई सुविधाजनक सडकमार्गबाट जोड्ने एसियाली राजमार्गको स्थापनाबाट नेपालले व्यापारिक र पर्यटकीय चहलपहल बढ्ने बताए।

    उनले फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण हुने, पूर्वीनाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने बताए।

    शनिबार, जेठ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer