• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, भदौ २६, २०८३
☰
शुक्रबार, भदौ २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

इजलासमै पत्रिका पढ्दै थिए, जब पालो आयो “सञ्चो छैन श्रीमान्”: योजनाकारमध्येका इन्द्रजित राई


  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
  • काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमध्ये आइतबारसम्म ५ जनाको बयान सकिएको छ ।

    Advertisement

    शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु १७ जनाको हाल अदालतमा बयान जारी छ । हालसम्म प्रतिवादी टंककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, सागर राई र केशवप्रसाद दुलालको बयान सकिएको छ ।

    बयान शुक्रबारबाट जिल्ला अदालत काठमाडौँ अदालतमा सुरु भएको हो । शुक्रबार सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो भने बाँकीको आइतबार लिइएको श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए ।

    यस प्रकरणमा मुख्य योजनाकारमध्येका इन्द्रजित राईको पनि बयान आइतबार लिने तयारी थियो तर उनी बयान नै नदिई हिरासतमा फर्किएका छन् । राईलाई बयानका लागि आइतबार जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको थियो । तर राई आफ्नो बयानको पालो आएसँगै स्वास्थ्य अवस्था ठीक छैन भन्दै पन्छिए ।

    राई आफ्नो बयानको पालो आउनुभन्दा अघिसम्म इजलासमै पत्रिका पढ्ने र आफ्ना वकिलसँग कुराकानी गरेर बसिरहेका थिए । तर जब उनको बयानको पालो आयो उनले भने ‘सञ्चो छैन श्रीमान्, बयान टी ब्रेकपछि दिन्छु ।’

    शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको छ ।

    राईले सञ्चो छैन भनेपछि उनको बयान केहीबेरलाई रोकेर प्रतिवादी टंककुमार गुरुङ र सन्दीप रायमाझीको बयान लिइएको थियो । तर केहीबेरमा बयान दिन्छु भनेका राईले आइतबार बयान नै दिएनन् । राईले पुन: सञ्चो छैन भनेकाले त्यसपछि प्रतिवादी लक्ष्मी महर्जनको बयान लिइएको स्रोतले बताएको छ ।

    राईले प्रहरी हिरासतमा रहँदा पनि बयान दिन आनाकानी गरेका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई वैशाख १९ गते पक्राउ परेका हुन् । उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार हुन् । राई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन् । उनी तत्कालीन संविधानसभा सदस्यसमेत हुन् ।

    आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer