काठमाडौं । आज देशका ४ वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मेघ गर्जन र चट्याङ पर्ने भएकाले त्यसबाट बच्न उच्च सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
आज राति देशभरको पहाडमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।





