☰
मङ्गलबार, कार्तिक ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

“आज गुड फ्राइडे मनाऔं”: एसएसपीको प्रस्ताव महिला हवल्दारलाई


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • धनगढी । पटकपटक विवादमा आइरहने नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि यो पटक गम्भीर आरोप लागेको छ । आफ्नै महिला सहायक हवल्दारलाई यौन हिंसा गरेको आरोप पालमाथि लागेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ ।

    Advertisement

    सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेपछि घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको हो  ।

    पालमाथि थप बुझ्न भन्दै प्रहरी हेडक्वाटरमा समेत बोलाइएको छ । उनी अहिले प्रहरी हेडक्वाटरमा छन् । तर यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायत भने आफू जानकार नभएको दाबी गर्छन्  ।

    ‘उहाँसँग केही बुझ्नुपर्ने भएकाले हेडक्वाटरमा बोलाइएको हो,’ प्रवक्ता कडायतले भने, ‘महिला प्रहरीलाई यौन हिंसा गरेको भन्ने विषय जानकारी भएन। त्योबारे प्रदेशलाई जानकारी होला ।’

    स्रोतका अनुसार घटना गत शुक्रबारको हो । ती महिला हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन् । बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो ।

    त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनु भन्दै आदेश दिएका थिए । त्यसपछि ती महिला एसएसपी बसेको क्वाटरमा पुगेकी थिइन् । क्वाटरमा एसएसपीले महिला हवल्दारलाई भने, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं ।’

    एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन् । पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना छानबिन हुने अवस्थामा आइपुगेको छ  ।

    आश्चर्यको कुरा त एसएसपीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले उनीभन्दा तल्लो दर्जाका एसपीको नेतृत्वमा समिति बनाएको छ । एसपीको नेतृत्वमा समिति बनाएर घटनालाई सामसुम पार्न खोजिएको आशंका पीडित महिला हवल्दारले गरेकी छिन् ।

    यस विषयमा एसएसपी पालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।

    प्रहरीमा फेल, राअविमा भर्ती, फेरि प्रहरीमै छिरेर संगठनकै बद्नामी

    अहिले आरोप लागेका पाल सुरुमा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना हुन फाराम भरेका थिए । तर उनी परीक्षामा उत्तीर्ण गर्न सकेनन् । त्यस बेलाको कार्यकर्ता भर्तीकेन्द्र बनेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा पहुँचको आधारमा उनी इन्स्पेक्टर बनेका थिए ।

    चलखेलबाट नेपाल प्रहरीको इन्स्पेक्टर बन्न सफल भए पनि उनी विवादबाट जोगिन सकेनन् । महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत रहँदा उनी कारबाहीमै परे ।

    यसबाहेक सोलुखुम्बुको इन्चार्ज भएको बेलामा त पालमाथि गम्भीर आरोप नै लागेको थियो । यौन दुव्यर्वहारसम्बन्धी आरोप लागेपछि उनको जिम्मेवारीसमेत खोसिएको थियो । अहिले फेरि उनीमाथि गम्भीर आरोप लागेको छ ।(धनगढी खबर)

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer