• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

श्रमका लागि तपाईंको कागज (पैसा) पुगेन , २० पटक अस्वीकार, आशा मरेको छैन


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • रोजगारीका लागि रोमानिया जाँदै गरेका झापा बाहुँनडागीका सोमनाथ दंगालले श्रम स्वीकृतिका लागि ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय धाएको निकै समय भइसक्यो । यस अवधिमा उनले २० पटक कागजपत्र ‘सबमिट’ (पेस) गरे। तर सबैको नतिजा एउटै प्राप्त भयो, ‘रिजेक्टेड’ ।

    Advertisement

    ‘आवश्यक सबै कागज पुर्याएको छु,’आइतबार श्रम कार्यालयमा भेटिएका दंगालले भने, ‘तर कुन कागज पुगेन अझै थाहा पाउन सकिएन ।’ कार्यालयमा आएर नपुगेको कागजबारे सोध्दा पनि प्रस्ट जवाफ पाउन नसकेको उनको गुनासो छ । ‘उनीहरू समस्या समाधानभन्दा पनि पन्छाउन खोज्छन्,’ उनले भने, ‘अनि फेरि कागजपत्र अपलोड गर्यो अस्वीकृत हुन्छ ।’

    मकाउ जाँदै गरेका मकवानपुर फापरबारीका प्रवेश तामाङको समस्या पनि उस्तै छ । ‘जब लेटर, एग्रिमेन्ट लेटर, बिमा, भिसालगायत सबै कागज पूरा गरेको छु,’ उनले भने, ‘तर तीन पटक जम्मा गरेँ, सबै पटक अस्वीकार भएको मेल आउने गरेको छ ।’

    सबै कागजपत्र पुग्दा पनि किन अस्वीकार गरेको म्यासेज आउँछ? भन्दै उनले आफूले बुझ्न नसकेको उनले बताए । ‘म आफैं अचम्ममा छु, कुन कागज पुगेन भन्नेमा,’ उनले भने, ‘मकाउमा श्रम गर्नुभन्दा पनि नेपालको श्रम गराउन धेरै समस्या परेको छ ।’

    व्यक्तिगत श्रम स्वीकृति आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी (पासपोर्ट), पासपोर्ट साइजको एकप्रति फोटो, बैंक खाता चेकको प्रतिलिपि, आफू जान लागेको कम्पनीको विवरण, भिसाको प्रतिलिपि संलग्न गर्नुपर्छ ।

    यससँगै रोजगार दातासँग भएको करार सम्झौता, स्वघोषणा फाराम, दूतावासले लेखेको चिठ्ठी, आफू जान लागेको देशअनुसारको दुई दिनको तालिम-अभिमुखीकरण लिएको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै स्वास्थ्य परीक्षण (निरोगिताको प्रमाणपत्र), कल्याणकारी कोषमा रकम जम्मा गरेको हुनुपर्ने, बिमा रकम जम्मा गरेको हुनुपर्ने, इमेल ठेगाना, सम्पर्क नम्बर र परिवारको सम्पर्क नम्बर हुनुपर्छ ।

    ‘हामीले यहाँ भएका सबै कुरा पूरा गरेका छौं,’सोमनाथ दंगाल भन्छन्, ‘तर पनि २० पटकभन्दा बढी अस्वीकार भइसक्यो ।’कहिले सक्कली खोइ त कहिले प्रिन्ट बुझिएन भन्नेसमेत बहाना बनाउने गरेको उनले सुनाए । ‘उहाँहरूमा हामीले विदेशमा दुःख पाउने चिन्ता होइन, यही दुःख दिने मनसाय देखियो,’ उनले थपे, ‘यसले हामीलाई निकै निराश बनाएको छ ।’

    आइतबार ताहाचालस्थित वैदेशिक रोजगार विभाग कार्यालय पुग्दा थुप्रै युवाहरू दंगाल र तामाङको जस्तै समस्या बोकेर अलमलिरहेका थिए । सरकारी लापरबाहीको नमुना कस्तोसम्म थियो भने ४ बजेको विमानका टिकट भएका समेत २ बजेसम्म कार्यालयमा श्रम स्वीकृतिका लागि झुलिरहेका थिए। प्लेन छुटाउनुभन्दा बिचौलियालाई पैसा खुवाएर पनि विदेश जान हतारिने उत्तिकै देखिन्थे । तिनलाई अप्ठ्यारो पारेर कमाउन चाहनेहरूको जताततै बिग्बिगी थियो ।

    रोजगार कार्यालयका अनुसार श्रमको कागजका लागि दैनिक १ हजारभन्दा बढीको आवेदन पर्ने गरेको छ । ‘सबै कुरा भन्यो भने मिल्न लागेको कागज पनि रोकिन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा मकाउँ जाँदै गरेका अर्का एक युवाले भने, ‘नेपालका सरकारी कार्यालयले दिएको जति दुःख त हामीले विदेशमा पनि पाएका थिएनौं ।’ जति पटक जाँदा र जति कागज पुर्याए पनि कर्मचारीले कागज नपुगेको कुरा गर्ने गरेको अनुभव उनको छ ।

    ‘उनीहरूको नपुगेको कागज भनेको पैसा नै हो,’बिचौलियामार्फत ४५ हजार खर्चेर अमेरिका उडेका प्रवीण शर्मा (नाम परिवर्तन)ले च्याटमार्फत नागरिकलाई भने, ‘पैसा नतिर्दासम्म मेरो पनि कहिल्यै कागज पुगेन ।’ वैदेशिक रोजगारीमा जानेलाई कार्यालयले निराश बनाउने अनि बिचौलियाले फकाउने गरेको उनले सुनाए । ‘कार्यालयबाट फर्केका निराश अनुहारलाई बिचौलियाले समाउँछन्, ‘उनले थपे, ‘पैसा दिने स्वीकृतिसँगै श्रम स्वीकृति पनि मिल्छ ।’

    वैदेशिक रोजगार कार्यालय ताहाचलका निर्देशक भरतप्रसाद आचार्य भने बाहिरबाट फाराम भरिदिनेहरूको गल्तीका कारण समस्या आएको बताउँछन् । ‘कार्यालयबाहिर बसेर अनलाइनमार्फत सेवाग्राहीको फाराम भरिदिनेले स्वार्थका लागि कागजपत्र नपुर्याई भरिदिएको हुनसक्छ,’ उनले भने, ‘यसमा कर्मचारीको मिलेमतो देखिए कारबाही गर्नेछौँ ।’

    आफूले सबै सेवाग्राहीलाई सहज सेवा दिन खोजे पनि केही बाहिरको र केही आन्तरिक कमजोरीका कारण पूरा हुन नसकेको उनले बताए ।

    वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । नागरिकले झन्झटिलो र खर्चिलो ढंगले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि पछिल्लो समय अनलाइन आवेदन दिने गरेका थिए ।

    वैदेशिक रोजगार कार्यालय काठमाडौंले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट दिइरहेको छ । सेवा प्रवाह व्यवस्थित बनाइएसँगै कार्यालयमा दैनिक हुने हजारौंको भिड हटेको छ। तर सर्वसाधारणको समस्या भने हटेको छैन ।

    वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित र भरपर्दो तथा सहज बनाउन सरकारले स्थानीय तहबाट अनलाइन आवेदन भर्ने व्यवस्थासमेत मिलाएको छ । वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था छ । तर, सेवाग्राहीले सहज महसुस गर्न सकेका छैनन् ।

    ‘हो, कार्यालयमा लाइन लाग्नु परेन,’विनोद सुनुवारले भने, ‘तर निवेदन अस्वीकार भएपछि त्यही कार्यालय फेरि धाउनुपर्ने अवस्था आएको छ ।’ सरकारले सेवा दिने घोषणा गरे पनि कर्मचारीले असहयोग गर्ने गरेको उनको बुझाइ छ । त्यस्तै पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत तथा पुनः श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य एवं वैदेशिक रोजगारसम्बन्धी सूचना प्रवाह गर्ने कार्यमा ७ सय ५३ स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई नै जिम्मेवारी तोकिसकिएको छ । २०८० वैशाख १ गतेदेखि कार्यान्वयन गर्न श्रम मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहमा परिपत्र गर्ने चैत १६ गते प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रिस्तरीय निर्णय भएको हो । तर यो पनि राम्रोसँग कार्यान्वयनमा आउन सकेको छैन । पालिकाबाट फाराम मात्र भरिने बाँकी सबै काम कार्यालयबाटै हुने गर्छ। जसकारण सेवाग्राही त्यति खुसी हुन सकेका छैनन् । ‘जबसम्म कर्मचारीले इमानदारिताका साथ सेवा दिँदैनन्, ‘उनले भने, ‘तबसम्म सर्वसाधारणको सास्तीमा कुनै कमी आउनेछैन ।’

    २० पटक रिजेक्टः अझै आशा मरेको छैन

    मेरो नाम सोमनाथ दंगाल । झापाको बाहुनडाँगी मेरो घर । म मेरो परिवारको रोजीरोटीका लागि जुन १५ मा रोमानिया जाने तयारीमा छु । त्यहाँस्थित कम्पनीसँग दुई वर्ष कुकको रूपमा काम गर्ने सम्झौता भएको छ । मेरो काम, सम्झौता र तलबलगायत सबै विवरण रोजगार कम्पनीले काठमाडौंस्थित रोजगार कार्यालयमा पठाइसकेको छ । सबै कागजपत्र आइपुग्दा पनि विभिन्न कारण देखाएर मलाई श्रम स्वीकृति दिइएको छैन । मैले आवश्यक सबै कागज पुर्याएको छु । आइतबारसम्म २० पटक अस्वीकार भइसकेको छ। मैले अझै आशा मारेको छैन ।

    नेपाल ससरकारलाई मेरो अनुरोध यो छ कि कार्यालयमा कहीँ कतै गम्भीर कमजोरी छ । कसैका पासपोर्ट झोलामा भरिएर गएर श्रम स्वीकृति भएर आएको आँखाअगाडि नै देख्छौं । कसैका दर्जनौं पटक प्रयास गर्दा पनि के के कागज नपुगेको सन्देश आउँछ । हामीले त हाम्रो तर्फबाट सम्पूर्ण कागज पुर्याएका हौं । कागज कता हराउँछन् अथवा कुन कागज नपुगेको हो अझै प्रस्ट भएन । सरकारले यसतर्फ गम्भीर भएर सोचिदिए बिनासित्तीको दुःखबाट मुक्ति पाउने थियौँ ।

     

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer