• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मैले देखेकाे र भाेगेकाे टिकापुर घटना(२०७२ साल भदाै ७ गते)


  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • म त्यतिबेला उग्रतारा गण टिकापुर कैलालिमा सशस्त्र प्रहरी जवानकाे रुपमा कार्यरत थिए,घटना हुनु अगाडि,घटना हुदा र भईसके पछि म त्यहीँ थिए (म घटनामा घाईते पनि हुं) ।
    घटनाकाे केही दिन अगाडि देखि नै थारुहट समूह र अखण्ड सु.प. समूह बिच बेला बेलामा झडप र विवाद हरु भईरहेका थिए,त्यसैबेला मिति २०७२ साल भदाै ६ गते यस्ता झडपलाई नियन्त्रण गर्ने उद्देश्यले सर्वपक्षीय बैठक बाेलाईयाे जसमा थारु संघर्ष समिति संयाेजक रेशम चाैधरि सहित,सराेकारवाला सम्पुर्ण संगै सुरक्षा निकाय संग सशस्त्र प्रहरिकाे गण भित्रै विभिन्न निर्णयहरु गरियाे ।
    जसमा आफ्नाे माग सहित आन्दोलनजारि राख्ने तर निशस्त्र र शान्तिपुर्वक प्रस्तुति देखाउने,
    त्यसै अनुसार प्रहरिले पनि शान्तिपुर्ण आन्दाेलनलाई दमन नगर्न आग्रह गरियाे ।
    यसै सहमति र निर्णयलाई टेकेरै सुरक्षा निकायका प्रमुख बाटै आफ्नाे टिमलाई बल प्रयाेग नगर्ने आदेश दिईयाे ।
    ७ गते बिहान ६ बजे देखि मेराे डिउटि १५-२० जना(नेपाल प्रहरी र हामी) रेशम चाैधरिकाे निजि रिसाेर्ट(फुलबारि रिसाेर्ट) मा खटाईयाे किनकि अर्काे समुहबाट रेशममाथि हमलाकाे आशंकाले सुरक्षा दिईएकाे थियाे सुरक्षा निकायबाट,
    त्यहि दिन टिकापुर क्षेत्रमा निषेधाज्ञा क्षेत्र पनि ताेकिएकाे थियाे ।
    त्यसै अनुरुप चारैकिल्लामा सुरक्षाकर्मिहरु खटाईयाे ।

    Advertisement

    बिहान ०९-१० बजे तिरकाे कुरा हाे रेशम आफ्नाे निवास(रिसाेर्ट)बाट बाईकमा कालाे चस्मा,कालाे मास्क सहित आफु नचिनिने तरिकाले बाहिर निस्किए संगै आशंकित पार्ने खालकाे आफ्नाे अभिव्यक्ति छाेडेर गए, हामी उनकाे पहिरन र भनाईबाट सशंकित त थियौँ नै तर प्रहरिमाथिकाे हमला सम्म साेचेका थिएनौं हामिलाई लाग्याे सायद अर्काे समूह संग झडप गर्न सक्ने सम्म आशंका भयाे । जाे निषेधाज्ञा र सुरक्षाका हिसाबले संभव हुदैन भन्ने लाग्याे ।
    मेराे डिउटि करिब ११ बजे तिर फेरियाे र म व्यारेक तिर फर्किए, फर्केपछि खाना खादैथियाैं सायद सबैजनाले खाईसकेका पनि थिएनौं त्यतिबेलै टिकापुर भैंसी हाट बजार क्षेत्रबाट आन्दोलनकारि हरु निषेधाज्ञा क्षेत्र तेाडेर सुरक्षाकर्मी लाई नै पछाडि गर्दै उग्र रुपमा अगाडि बढ्दैछन भन्ने खबर संगै थप सुरक्षाकर्मि बाेलाईयाे जसमा म पनि सामेल भए र संगै थप टाेलिमा सशस्त्र प्रहरी उपरीक्षक(SP) लक्ष्मण सिंह, स्व.प्रहरी बरिस्ठ उपरीक्षक(SSP) लक्ष्मण न्याैपाने सर सहितकाे टाेलि पनि त्यहाँ पुग्याे र पछाडि हुदै गरेका सुरक्षा कर्मिहरु राेकिए । हाम्रा कमाण्डर लक्ष्मण न्याैपाने सर आन्दाेलनकारि हरुलाई सम्झाउदै थिए तर त्यसकाे गलत फाईदा उठाउदै हामिलाई नै अप्ठ्याराेमा पार्ने गरि चारैतिरबाट घेरेर गुलेलिबाट ढुङ्गा प्रहार गर्न लागे ।
    म लाठी र ढाल सहित डिउटिमा थिए । त्यहाँ लाठिले कामै थिएन किनकि उनिहरु टाढैबाट गुलेलिले प्रहार गरिरहेका थिए, हामी आफुलाई गुलेलिकाे ढुङ्गा बाट बचाउदै सबैजना चारैतिरबाट पछाडि, पछाडि हुँदै गयाैं नभन्दै एकैछिनमा हामी(सुरक्षाकर्मि सबै) एकठाउमा डल्लाे हुन पुग्यौं र हामी संग अब पछाडि हुने ठाउँ पनि रहेन किनकि चारैतिरबाट घेरिसकेकाे थियाे ।
    केही साथिहरु हतियार सहित पनि हुनुहुन्थ्यो तर फायर खाेल्ने बिषयमा सुरुमा आदेश पनि भएन र यति सम्मकाे हमला हाेला भन्ने कल्पना पनि गरिएन र संयमित नै भईयाे । तर पछिकाे हाम्राे एकैठाउकाे गुल्ट्याई र गुलेलिकाे ढुङ्गा असङ्ख्य मात्राकाे प्रहारले हतियार खाेल्न सम्म संभव भएन किनकि हामी एकै ठाउँमा गुल्टिदा अल्झियाैं सायद त्यसकाे फाईदा ती आन्दोलनकारिले लिए र गुलेलिकाे हमला लाठि र अन्य घरेलु हतियारले नजिकै आएर बर्षाउन थाले, हामी धेरै कुटियाैं,पिटियाैं । भाग्ने ठाउँ पनि केही बेर सम्म मिलेन एकतिर घरले छेकेकाे अर्काे दुई तिर राेड जहाबाट आन्दोलन कारि सयौंकाे संख्यामा थिए र अर्काे साईडमा खेत थियाे र राेडकाे किनार ठुलाे ठुलाे काठ र तारहरुले बारिएकाे थियाे तर संयाेग बस त्याे लगाएकाे बार भत्किन पुग्याे र हामि त्यसकाे फाईदा लिदै खेत तिर निक्लियाैं त्यसैबेला म माथि पनि सिधैरुपमा प्रहार भयाे र हात भाचियाे जसका कारण मैले समातेकाे ढाल त्यसै ठाउँमा झर्न पुग्याे किनकि हातले काम गर्न छाेडिसकेछ । तर हामी लगत्तै खेतमा पुगेकाे भएर खेतमा लगभग घुडा सम्मकाे पानी थियाे र आन्दाेलनकारिहरु टाढैबाट प्रहार गर्दै थिए तर त्याे खेतकाे पानिकाे कारणले नजिक आउन सकेनन,
    त्यतिबेलै हामिबाट छुटेका साथिहरुलाई निर्मम रुपबाटै हत्या गरिएछ । हामी लगभग सबैजना केही न केही चाेटबाट घाईते भईसकेका थियौं गुलेलि नलागेकाे र डाम नभएकाे सायद हेलिमेट र शरीर सुरक्षा उपकरण भएकाे ठाउँ बाहेक कुनै ठाउँ बाकि थिएन, त्यहि बेला त्यसै भिडमाथि फर्केर हमला गर्न सकिएन र थप फाेर्स आउन पनि ढिलाइ भयाे । हामी खेतबाटै व्यारेक तिर फर्कियाैं । अनि व्यारेक भित्र पुगिसकेपछि घटनाकाे बिस्तृत जानकारि पाए, त्यतिबेला थप टाेलि पनि गयाे तर आन्दाेलनकारि हरु तितर वितर भईसकेका रहेछन् ।

    हाम्राे टिमका २ जना र नेपाल प्रहरिका ५ जना सहितकाे लास भेटिन पुग्याे।जसमा हाम्राे एसपी सरकाे सुरक्षा गार्ड समेत रहेका हवल्दार सावलाई त पेट्राेल छर्केरै जलाएकाे पाईयाे, अनि एसएसपी न्याैपाने सर, ईनिस्पेक्टर केशव बाेहरा लगायतलाई भाला राेपेर मारेकाे पाईयाे । अब भन्नुस याे हत्या नभएर के हाे?
    यस्ताे नियाेजित हत्यालाई पनि राजनिती करण गरेर रिहाइ गर्ने कुचेष्टा गर्नु अन्याय मात्रै हाेईन महाअपराध हाे,
    त्यसैले देउवा सरकारले यस्ताे अपराध गरेर कलंककाे टीका नलगाउन हुन आग्रह अन्यथा यसका विरुद्ध सडक देखि अदालत सम्म जस्ताे सुकै कदमका लागि मेराे साथ,सहयाेग र पुर्ण समर्थन रहनेछ । (उहाको भनाई जस्ताको तस्तै)

    भु.पु सशस्त्र प्रहरि
    राजेन्द्र ऐर

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer