काठमाडौं । प्रहरीले लागुऔषध कारोवारीलाई नियन्त्रणमा लिन सिनामंगल नजिक एक व्यक्तिमाथि गोली चलाएको छ ।
Advertisement
लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । गोली लागी घाइते भएका व्यक्तिलाई प्रहरीले उपचारका लागि अस्पतालमा पुर्याएको छ ।
ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको हो।
विमानस्थलको मुख्य प्रवेशद्वारबाहिर कारोबारीमाथि गोली चलाइएको हो ।
गोली चलाउँदा केही बेर सडक अवरुद्ध भएको थियो । प्रहरीको फायरिङमा लागुऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ ।
उनको साथबाट केही मात्रामा लागुऔषध बरामद गरिएको प्रहरीको दाबी छ ।




