• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

बल्छी धुर्वे, राजु मास्टर, म्याकुरी, एलिस राई, ज्वलन, गणेश, सरोज घिमिरे सहितका कलाकारहरु पक्राउ


  •   बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
  • काठमाडौं । अनलाइन सट्टेबाजीको प्रचारप्रसार गरेको आरोपमा चर्चित कलाकारहरु पक्राउ परेका छन् । उनीहरुमाथि अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोप छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई बुधबार पक्राउ गरिएको जानकारी दिएको छ ।

    Advertisement

    यसरी पक्राउ परेका कलाकारहरुसहितका व्यक्तिहरुमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’, राजु पौडेल ‘राजु मास्टर’, पवन खतिवडा ‘म्याकुरी’, एलिस राई, ज्वलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगमन नेपाली रहेका छन् ।

    अहिले पक्राउ परेका कलाकारहरुमध्ये केही निकै चर्चित मान्छिन् । उनीहरुका युट्युब च्यानलमा धेरै सब्सक्राइबरहरु छन् । उनीहरुले अहिले पनि धेरै सिरियलहरु निर्माण गरिरहेका छन् । उनीहरुका टेलिसिरियलहरु पनि निकै लोकप्रिय छन् । उनीहरुले तिनै सिरियलहरुका भिडियोहरुसहित आफूले अपलोड गरेका भिडियोहरुमा बेटिङ प्लेटफर्मको प्रचारप्रसार गरेका थिए ।

    उनीहरुले अपलोड गरेका केही भिडियोमा आफ्नो प्रोमो कोड प्रयोग गरे बेटिङ एपहरुमा धेरै बोनस वा छुट पाउन सकिने भन्दै प्रचारप्रसार गरिएको छ । तर, नेपालमा यी एप र प्लेटफर्महरु प्रतिबन्धित छन् । यी एपमा नेपाली सट्टेबाजले पैसा भुक्तानी गर्दा पनि वैधानिक बाटो अपनाउँदैनन् । त्यसैले यसलाई मनी लन्ड्रिङ अन्तर्गतको कसूर पनि मान्न सकिने अवस्था छ ।

    प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । प्रहरीले उनीहरुमाथि कुन कुन कसूर अन्तर्गत मुद्दा दर्ता गर्दैछ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि यसमा मुलुकी अपराध संहिताको धारा १२५ अन्तर्गत जुवा खेलेको वा सट्टेबाजी गरेको सँगै भुक्तानीमा वैधानिक बाटो प्रयोग नगरिएको हुँदा मनी लन्ड्रिङसम्मको कसूर आकर्षित हुने देखिएको छ ।

    बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer