• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

दैनिक ३०० मेगावाटभन्दा बढी विद्युत भारततर्फ निर्यात


  •   बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत निर्यात सुरु भएको हो ।

    Advertisement

    नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको छ । अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर नै विद्युत निर्यात गर्न सकिने अनुमान गरिएको उनले बताए । असारपछि मंसिरसम्म त झन् ठूलो मात्रामा विद्युत निर्यात गर्नुपर्ने प्रक्षेपण छ ।

    ‘नदीहरुमा पानीको सतह बढेको छ, अब निर्यात नियमित हुन्छ,’ प्रवक्ता भट्टराईले भने, ‘दैनिक ७-८ हजार मेगावाटआवर बिजुली निर्यात हुन थालेको छ ।’ प्राधिकरणले औसत प्रतियुनिट भारु ५.२४ अर्थात् ८ रुपैयाँ ३८ पैसामा भारतलाई बिजुली बेचिरहेको छ । भारतबाट केही समयका लागि माग व्यवस्थापन गर्न दैनक १ हजार मेगावाट आवर मात्रै बिजुली आयात भइरहेको छ ।

    नेपालमा खपत हुन नसकेको बिजुली प्राधिकरणले भारतको ऊर्जा एक्सचेञ्ज बजारको ‘डे अहेड’ मार्केटमा बेचिरहेको छ । बेच्न सकिने बिजुली अघिल्लो दिन नै भारतीय ऊर्जा बजारको प्रणालीमा बोलकबोलका लागि राख्ने र सो अवधिमा प्रणालीले माग र आपूर्तिका आधारमा निर्धारण भएको दरमा बेच्ने गरिएको छ ।

    आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ ।

    पछिल्ला दिनमा प्राधिकरणको प्रणलीमा समेत लोड बढेको छ । तराई क्षेत्रमा भएको गर्मीले पङ्खा र एसी धेरै चलेपछि प्रणालीमा १ हजार ९ सय मेगावाटसम्म ‘पिक लोड’ आइरहेको छ ।
    यसले देशभित्रै पनि विद्युत खपत बढ्दै गएको देखाएको छ । तर, खपत हुन नसकेको बिजुली भारतमा नबेची प्राधिकरणलाई सुख छैन ।

    भारतले ४ सय ५२ मेगावाट बारबरको बिजुली निर्यात गर्न अनुमति दिएको छ । प्राधिकरणले ४५६ मेगावाट बराबरको माथिल्लो तामाकोशी जलविद्युत आयोजनासहित थप १२ सय मेगावाटको बिजुली निर्यात अनुमतिका लागि भारतसँग प्रस्ताव गरेको छ ।

    प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने प्रक्षेपण गरेको थियो । आयातभन्दा निर्यातको मात्रा धेरै भए त्यसलाई ‘नेट एक्सपोर्ट’ भनिन्छ ।
    यसवर्ष हिउँदमा राम्रो हिमपात नभएको र वर्षा समेत धेरै नभएर खडेरी परेका कारण विद्युतको उत्पादन ३० प्रतिशतसम्म घट्दा सो प्रक्षेपणमा धक्का लागेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । असारमा हुने निर्यातको परिमाणले सबै कुरा स्पष्ट गर्ने उनको भनाइ छ ।

    ‘सामान्य अवस्थामा रहेको भए यो वर्ष भारतबाट हामीले ल्याउने बिजुलीको परिमाण खासै बढ्ने थिएन, नेपाल सुख्खाग्रस्त भएपछि यो वर्ष गतवर्षको तुलनामा धेरै बिजुली आयात गर्नुपर्‍यो,’ घिसिङ भन्छन्, ‘यो वर्ष हुन सकेनौं भने पनि आगामी वर्ष हामी नेट एक्सपोर्टर हुने लक्ष्यमा छौं ।’

    भारतले थप बिजुली निर्यातको अनुमति दिने र त्यसकै आधारमा यो वर्ष ठूलो परिमाणमा भारतमा बिजुली बेच्ने प्राधिकरणको योजना छ । भारतसँग दीर्घकालीन विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौता भएपछि प्राधिकरण तत्कालै भारतमा थप बिजुली निर्यात गर्न सकिनेमा विश्वस्त छ ।

    अहिले नै देशभित्र जलविद्युत आयोजनाको जडित क्षमता २७ सय मेगावाट नाघेकाले वर्षायममा त्यति नै बराबरको बिजुली उत्पादन हुने सम्भावना छ । तर, अहिले नै खपत हुन नसकेको सबै बिजुली निर्यात गर्न सकिने अवस्था छैन ।

    प्राधिकरणको योजना असफल भएमा वर्षायममा नेपालले ठूलो परिमाणमा बिजुली खेर फानल्नुपर्नेछ । भारतले अनुमति नदिए बिजुली खेर गएर प्राधिकरणले अर्को वर्ष सम्भावित लाभ मात्रै गुमाउने छैन, निजी आयोजनाबाट बिजुली किन्न नसके क्षतिपूर्ति समेत तिर्नुपर्ने जोखिम हुन्छ ।

    गत वर्ष प्राधिकरणको दैनिक ६ सय मेगावाटसम्म बिजुली खेर गएको थियो । भारतले प्रस्तावित सबै आयोजनाको बिजुली नकिन्दा प्राधिकरणले ठूलो मात्रामा आर्थिक लाभ गुमाएको थियो ।
    प्राधिकरण यो वर्ष त्यस्तो अवस्था आउन नदिन भारतबाट थप बिजुली निर्यातको अनुमति खोजिरहेको छ ।

    बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer