• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपालबाट मानसरोवर (कैलाश) यात्रा खुल्ला, भारतीय भने जान नपाउने


  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । कोभिड–१९ महामारीपछि पहिलो पटक मानसरोवर यात्रा खुल्ला भएको छ । पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो । जसलाई चीनले खुला गरेको छ । अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्छन् । कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि सेप्टेम्बरसम्म हो ।

    Advertisement

    भारतीय पर्यटकका लागि भने नेपालको बाटो हुँदै मानसरोवर यात्रा अझै खुला नभएको ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का महासचिव विनोद सापकोटाले जानकारी दिए ।

    चीनले यस पटक आफ्नो भिसा नीतिमा केही परिवर्तन गरेको छ । विगतमा सामूहिक भिसा दिने गरेकोमा यस पटकदेखि एक पटकमा कम्तीमा ४ जनासम्मले वायोमेट्रिक समेत दिनुपर्ने गरी भिसा नीति चीनले लिएको छ । सोहीकारण पूर्वी वा पश्चिम नेपालबाट मानसरोवर जान चाहने नेपाली भिसा प्रक्रिया पूरा नभएसम्म काठमाडौंमै रहनु पर्ने भएको छ ।

    विगतमा नेपालबाट भारतीय नागरिकले चीन प्रवेशको अनुमति पाउने गर्थे । अहिले भने गैरआवासीय भारतीय बाहेक भारतीय पासपोर्ट हुनेहरुले कैलाश मानसरोवर यात्रामा जान अनुमति पाउँदैनन् । पछिल्लो तीन वर्षदेखि यात्राको योजना बनाएर पनि जान नपाएका नेपाली तीर्थालुले भने अब मानसरोवर यात्रामा जान सक्ने सापकोटाले जानकारी दिए ।

    अहिले हुम्लाको हिल्सा र रसुवागढी नाकाबाट मानसरोवर यात्रा खुला भएको छ । गत वैशाखदेखि हुम्लाको हिल्सा नाका दुईतर्फी खुला गरिएको छ । अब यो नाकाबाट मानिस र कार्गो दुवैका लागि खुला भएको हो । चीनको अर्को नाका रसुवागढी समेत दुईतर्फी खुला भएसँगै मानसरोवर यात्रामा जानेहरुलाई सहज भएको हो ।

    अहिले नेपालगञ्जबाट हुम्लासम्म पुगेर कैलाशको दूरदर्शन गर्न भारतीय पर्यटक समेत आउन सुरु भइसकेको व्यवसायीले बताएका छन् । कैलाशमा जाने अर्को रुट काठमाडौं-ल्हासा हवाई मार्ग समेत हो । यो रुटबाट जानेहरुले भने काठमाडौंबाट ल्हासा सम्म जहाजमा पुगेर त्यहाँबाट १५ सय किलोमिटर सडक यात्रा गरी कैलाश पुग्नु पर्छ ।

    कैलाश मानसरोवर यात्रालाई तीर्थालुहरु तीर्थहरुको पनि तीर्थ अर्थातः ‘महातीर्थ’ मान्छन् । चीनको भूमिमा मानसरोवर ताल समुन्द्री सतहबाट ४ हजार ५९० मिटरको उचाईमा अवस्थित छ ।

    भारतीय नआउँदा हेलिकप्टरलाई छैन विजनेश

    वायुसेवा सञ्चालक संघको सचिव राजु न्यौपानेका अनुसार नेपालबाट मानसरोवर यात्रामा जाने सबैभन्दा ठूलो संख्या विगतमा भारतीय नागरिकको हुन्थ्यो । उनीहरुले नेपालबाट चीन प्रवेशको अनुमति नपाउँदा हेलिकप्टरले भने अहिले पनि विजनेश पाएका छैनन् । ‘धेरैजसो नेपाली तीर्थालु सडक यात्रा हुँदै रसुवागढीको बाटो जान रुचाउँछन्,’ उनले भने, भारतीय नआउँदा हेलिकप्टरले भने विजनेश पाएका छैनन् ।’

    विगतमा सिमिकोट-हिल्सा रुटमा अधिक चापमा हेलिकप्टरहरु उड्ने गर्थे । लुक्लापछि पर्यटक शुल्कमा हेलिकप्टर कम्पनीले बढी आम्दानी गर्ने सिजन नै मानसरोवर यात्रा हुने गरेको उनले स्मरण गरे । मानसरोवर यात्रा सामान्यतया महँगो टुर गन्तव्य समेत हो ।

    यो पटक हुम्लामा माउण्टेन हेलिकप्टर र फिस्टेल हेलिकप्टरका एयरक्राफ्ट रहेका छन् । ती हेलिकप्टर अहिले खाद्य संस्थानको चामल बोकेर गाउँगाउँ उड्नु बाहेक अन्य विजनेश नरहेको उनले बताए । भारतीय नागरिकका लागि कैलाश मानसरोवर जाने सबैभन्दा सहज रुट नै नेपालको बाटो हुँदै जानु हो । भारतको सिक्किम बोर्डर हुँदै कैलाश जान सकिने भएपनि सो रुट मौसमका कारण यात्राका लागि अनुकूल मानिदैन ।

    नेपालीलाई कति छ प्याकेज ?

    नेपालबाट कैलाश मानसरोवर यात्राका लागि अहिले न्यूनतम १ लाख ६५ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्मका प्याकेज बिक्री भइरहेको टानका महासचिव सापकोटाले जानकारी दिए । सामान्यतया १० दिनभन्दा माथिको यात्रापछि मात्र मानसरोवर यात्रा सम्पन्न हुन्छ । मूल्य समय र प्याकेज सुविधा अनुसार फरक फरक पर्ने समेत उनले जानकारी दिए ।

    सडक मार्गबाट जाँदा काठमाडौं-केरुङ-सागा-मानसरोवर ताल-माउण्ट कैलाश रुट हुँदै यात्रा गर्ने गरिन्छ । यस्तो यात्रामा प्याकेज भित्र ल्याउने-पुर्‍याउने सवारी साधन, बासस्थान, शाकाहारी भोजन, स्थानीय गाइडसहितको सुविधा कम्पनीहरुले उपलब्ध गराउँछन् । हेलिकप्टर वा काठमाडौं-ल्हासा जहाजमा यात्रा गर्दा यस्तो प्याकेज सडक मार्गको तुलनामा महँगो पर्छ ।

    मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer