काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पाँचवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेको छ ।
विभागका अनुसार कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र देशको बाँकी भूभागका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका थोरै तथा मधेश र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ ।
तसर्थ, भारी वर्षा, मेघ गर्जन, चट्याङ, बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
हाल देशको पूर्वी र मध्य भागमा मनसुनी प्रणालीको प्रभाव छ । अन्य भूभागमा भने स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव कायम छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र वागमतीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वागमती तथा गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।





