काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आशंकामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आरजु राणा देउवा र पुर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौला समेतलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएका छन् । पक्राउ पर्नेमा मन्जु खांडको नाम पनी छ ।
आरोपितहरुको बयानका आधारमा र कुनै न कुनै संलग्नताको आधार पुष्टी भएको खण्डमा दोस्रो चरणको अनुसन्धान अघि बढाउन मिल्ने गरी जेष्ठ १० गते पहिलो चरणको मुद्दा दर्ता गरिएको थियो ।
गृह मन्त्री श्रेष्ठ मंगलवार चिन भ्रमणमा जाने कार्यक्रम छ । सोही आसपास उनले राणा सिटौला लगायत अन्यलाई पक्राउ गर्न निर्देशन दिईएका हुन ।
शुक्रवार सांझ दिईएको निर्देशन शनिवार सम्म प्रहरीमा फैलिसके पनि, राजनीतिक वातावरण बिग्रने डरले प्रहरी नेतृत्व हच्किएको छ । यता प्रहरी भने फरार १५ जना पक्रिने र थप प्रमाण संकलन गर्ने र त्यसपछी पक्रने पक्षमा छ । (आर्थिक दैनिक)
नक्कली भुटानी शरणार्थी प्रकरण: आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
नक्कली भुटानी शरणार्थी प्रकरण: आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
Advertisement
तपाईको प्रतिक्रिया




