एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जून कपूर बलिउडका पावर कपल मध्ये एक मानिन्छन् । अर्जून कपूर मलाइका अरोडा अघि सलमान खानकी बहिनी अर्पिता खानसँग सम्बन्धमा थिए ।
यही क्रममा उनी सलमानको घरमा पनि आउने गर्थे । पछि ब्रेकअप भयो । त्यसपछि पनि अर्जुनको सलमानको घरमा आउने जाने चलिरह्यो । त्यतिबेलै उनको कुराकानी मलाइका अरोडासँग भयो र दुवै नजिक भए ।
भेटघाट तथा कुराकानी हुँदै गएपछि मलाइका र अर्जुन कपुरले एकअर्कालाई डेट गर्न थाले । मलाइकाले सलमानका भाई अरबाजसँग सम्बन्धविच्छेद गर्ने बित्तिकै अर्जुनसँगको आफ्नो सम्बन्ध सार्वजनिक गरिन् ।
अर्जुन प्रायः मलाइकासँगै देखिने गर्छन् । यसरी नै विभिन्न समयमा दुवैले एकअर्काका तस्वीर शेयर पनि गर्छन् । कयौं पटक आफू भन्दा उमेरले साना अर्जुनसँग डेट गरेको भन्दै मलाइका ट्रोलमा पर्छिन् । तर त्यसले उनीहरुको सम्बन्धमा कुनै पनि असर परेको छैन ।
यसैबीच एक जना भारतीय ज्योतिषका अनुसार उनीहरुले यही वर्ष विवाह गर्ने छन् । पन्डित जगन्नाथले बलिउड लाइफसँग गरेको खास कुराकानीमा बताएका छन् कि अर्जुन कपूरले मलाइका अरोडासँग सन् २०२४ को अन्तिमसम्म विवाह गर्न सक्छन् ।





