• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ २४, २०८३
☰
बुधबार, भदौ २४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

ललिता निवास प्रकरण: सुरक्षा घेराबाटै फरार भए भ्रष्टाचार आरोपी दीप बस्न्यात


  •   बुधबार, असार १३, २०८० मा प्रकाशित
  • काठमाडौं । ललिता निवास प्रकरणको फाइल खोलिएसँगै पूर्वअख्तियार प्रमुख आयुक्त दीपकुमार बस्न्यात सुरक्षा घेराबाटै फरार भएका छन् ।

    Advertisement

    उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित छ जनालाई पक्राउ गरिकेको छ ।

    स्रोतका अनुसार मंगलबार गुरुङ पक्राउ परेसँगै आफू पनि पक्राउ पर्न सक्ने देखिएपछि बस्न्यात एकाएक सम्पर्कविहिन भएका छन् ।

    बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएको ठहर गर्दै अख्तियारले भ्रष्टचारी ठहर गरेको, सम्पत्ति शुद्धिकरण विभाग र सीआईबीले अनुसन्धान गरिरहेका बस्न्यातलाई सरकारले छुट्टै सुरक्षाकर्मी खटाएको छ । उनको सुरक्षाको लागि सशस्त्रका ५ प्रहरी परिचालन गरिएको छ भने व्यक्तिगत सुरक्षाका लागि प्रहरी समेत खटाएको छ ।

    सुरक्षाकर्मीको घेरामा रहेका बस्न्यात फरार भएसँगै राज्यको समग्र सुरक्षा प्रणालीमाथि नै प्रश्न उठेको छ।

    गृह मन्त्रालयले उनलाई अख्तियारका पूर्व प्रमुख आयुक्तको हैसियतमा नै सुरक्षाकर्मी खटाएको हो । तर उनी पूर्व प्रमुख आयुक्त भइसकेपछि अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

    राज्यको समग्र सुरक्षा प्रणाली कमजोर हुँदा यसरी व्यक्तिगत सुरक्षाका लागि खटाइएका प्रहरीकै सामुन्ने राज्यका विशिष्ट पदाधिकारी फरार हुनुले विशिष्ट व्यक्तिको सुरक्षामाथि शंका उब्जाएको छ ।

    हरेक नागरिकको सुरक्षाको जिम्मा लिनुपर्ने राज्यले विशिष्ट पदाधिकारी तथा पूर्व पदाधिकारीलाई सुरक्षा दिनु उसको दायित्व हो । तर पक्राउ पर्न सक्ने देखिएपछि सुरक्षा घेराबाटै उनी फरार हुनुले एकातिर सुरक्षा ब्यवस्थाप्रति प्रश्न उब्जाएको छ भने अर्कोतिर विशिष्ट पदाधिकारीहरुले सुरक्षा प्रणालीलाई कसरी दुरुपयोग गर्छन भन्ने उदाङ्गो पारिदिएको छ ।

    उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रूपैयाँ बिगो माग राखी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो । ललिता निवास प्रकरणमा अख्तियारले उनीसँगै १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

    २०७७ मंसिर २८ मा विशेष अदालतले बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । त्यसपछि उनी बाहिरै बसेर मुद्दा लड्न पाउँ भन्दै सर्वोच्च अदालतसम्म पुुगेका थिए। २०७८ वैशाख २४ मा सर्वोच्च अदालतले बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गरेको थियो । त्यसपछि २७ वैशाखमा धरौटी बुझाएर उनी रिहा भएका थिए ।

    सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको पाइएको छ । सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

    ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।

    उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको छ ।

     

    बुधबार, असार १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer