• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

आज १५ असार, दहीको व्यापार, मारामार, व्यबसायी भन्छन्- “माग धान्नै सकिन्न”


  •   शुक्रबार, असार १५, २०८० मा प्रकाशित
  • भक्तपुर । मानो रोपेर मुरी फलाउन रोपाइँमा व्यस्त हुनुपर्ने असार महिना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै खालको आनन्दको अनुभूति हुने बेला हो असार । यही असारको मध्य अर्थात् असार १५ रोपाइँ गर्दै हर्षोल्लासका साथ खुसी साटासाट गरी दही चिउरा खाएर रोपाइँ महोत्सव मनाउने दिन पनि हो ।

    Advertisement

    सरकारले राष्ट्रिय ‘धान दिवस’को रुपमा समेत मनाउन थालेपछि असार १५ को महत्वले अझ बढी व्यापकता पाएको छ । धानबाली नेपालको प्रमुख बाली हो । धानलाई मात्र अन्न मान्ने परम्परासमेत रहेको नेपालमा रोपाइँलाई एउटा पर्वकै रुपमा लिने गर्दछ । त्यसैले रोपाइँमा बाजागाजासहित गीत गाउने रोपाइँ सकेपछि भोज गर्ने प्रचलनसमेत रहेको छ ।

    गाउँका मुखिया, काजी र ठूलाबडाले रोपाइँलाई ठूलो पर्वको रुपमा मनाउने नेपाली समाजमा अन्य साना किसानले समेत रोपाइँलाई पर्वको रुपमा मनाउन असार १५ मा दही चिउरा खाने परम्पराको विकास भएको संस्कृतिकर्मीहरुको भनाइ छ । त्यसैले असार १५ मा दहीको माग अत्याधिक हुने गर्दछ ।

    असार १५ को यही मागलाई धान्न भक्तपुरका दही व्यवसायीलाई अहिले चटारो परेको छ । भक्तपुर दहीको उपत्यका मात्र नभएर मुलुक बाहिरसमेत प्रख्यात छ । यहाँ उत्पादन हुने मौलिक र परम्परागत जुजु धौको स्वाद र गुणस्तरका कारण यो अत्याधिक लोकप्रिय रहेको छ । एक पटक यसको स्वाद चाखेको व्यक्तिले हत्तपत्त अन्य दही खान मन नपराउने भएकाले यसको माग उच्च छ ।

    असार १५ कै लागि साविकको तुलनामा चार गुणा बढी जुजु धौ उत्पादन गर्नु परेको व्यवसायीहरु बताउँछन् । भक्तपुर नगरपालिका-२ ब्यासीस्थित आरएस जुजु धौ सप्लार्यसका रिना सुवालले असार १५ का लागि कम्तीमा पनि सात हजार लिटरको दही उत्पादन गरेको बताइन् । उनले अन्य दिन बढीमा दुई हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आएको बताइन् ।

    भक्तपुर नगरपालिका-३ वंशगोपालस्थित श्री बाराही जुजु धौ भण्डारका व्यवसायी राधेश्याम कर्माचार्यले असार १५ का लागि तीन दिन अघिदेखी जुजु धौ तयारी गरिरहेको बताए । असार १५ का लागि एक साता अघिदेखि जुजु धौको अर्डर आउने गरेको बताउँदै एक साता अघिदेखि दूध सङ्कलन र आवश्यक भाँडाको जोहो गर्ने चटारो पर्ने गरेको बताए । उनका अनुसार जुजु धौका लागि कम्तीमा ५÷६ प्रतिशत फ्याट भएको दूध आवश्यक हुन्छ तर बजारमा त्यति गुणस्तरको दूध पाउन मुस्किल हुने गर्दछ ।

    भक्तपुरमा जुजु धौ व्यवसायी करिव डेढ सयका हाराहारीमा छन् । ती व्यवसायीले औसतमा दैनिक २५/३० हजार लिटर दूधको जुजु धौ उत्पादन गर्दै आइरहेको छ । असार १५ मा जुजु धौको माग उच्च हुने गरेकाले कम्तीमा एक लाख लिटर दूध आवश्यक पर्ने भक्तपुर जुजु धौ व्यवसायी सङ्घका अध्यक्ष कृष्ण गोपाल सैंजुले बताए ।

    जुजु धौ व्यवसायीले पहिले पहिले भक्तपुरका ग्रामीण भेग र आसपासका काठ क्षेत्रबाट दूध सङ्कलन गरी दही उत्पादन गर्दै आएका थिए । पछिल्लो सयम बढ्दो सहरीकरणले भैँसी पालन व्यवसाय लोप हुँदै गएपछि जुजु धौ व्यवसायीहरुले अहिले धुलिखेल, कुशादेवी, चितवन, नारायणघाट, झापा, बुटवल र नेपालगञ्जसम्म पुगेर दूध सङ्कलन गरी ल्याउने गरेको सैंजुले जानकारी दिए ।

    जुजु धौ बनाउन डेरीको सामान्य दही बनाउनेभन्दा धेरै समय, परिश्रम र लगानी आवश्यक पर्छ । जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदैं कराइमा उमाल्नु पर्दछ । दूध उमाल्दा एक क्यान बराबर चार केजी चिनी हालेर नडढ्ने गरी चलाउँदै राम्रोसँग उमाल्नुपर्छ । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटौरामा पहिले कटौराको आधा भाग मात्र दुध राख्नु पर्दछ ।

    उक्त दूध सेलाएर ४० डिग्री तापक्रममा पुगेपछि बाँकी आधा भागमा दूध भरी हालेर धौ पुसा (दहीको बीउ÷जोरन) राखिन्छ । त्यसपछि दही जमाएको कटौरामाथि अर्को कटौराले छोपेर त्यसको माथि न्यानो हुनेगरी सिरक र जुटको बोराले छोपेर राख्नु पर्दछ । यसरी छोपेर राखेको ५ घण्टामा जुजु धौ तयार हुन्छ । त्यसपछि चिसो पार्न फ्रिजमा राखिन्छ ।

    परम्परागत शैलीमा दही उत्पादन गरे माग धान्न निकै गाह्रो भएकाले छिटो जमाउनका लागि व्यवसायीहरुले पछिल्लो समय आधुनिक प्रविधि अँगाल्न थालेका छन् । पहिला जस्तै दाउरा नभएर ग्यासमा दूध उमालेर बट्टा वा कटौरामा राखेपछि ४० डिग्री तापक्रम भएको बेला हट एण्ड कोल्डमा राखेर दही जमाउने गरिएको आर एस जुजु धौ सप्लार्यसका रिना सुवालले बताए ।

    जुजु धौको प्रमुख विशेषता चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु हो । माटोको कटौराको दहीलाई घोप्ट्याए पनि नपोखिने यसको अर्को विशेषता हो । यस्तो विशेषता भएको जुजु धौ दही मात्र नभई भक्तपुरको पहिचान बनिसकेको छ ।

    भक्तपुरको दहीले मल्लकालीन समयदेखि जुजु धौ अर्थात् राजा दहीको उपमा पाएको संस्कृतिविदहरु बताउँछन् । जुजु धौको स्वाद र गुणस्तर नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ । त्यसैले भक्तपुर आउने आन्तरिक पर्यटक मात्र होइन विदेशी पर्यटकले समेत जुजु धौको स्वाद लिएर मात्र फर्कने गर्दछन् ।

    जुजु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात् कटौरो हो । असार १५ मा दही चिउरा खाने परम्परा राष्ट्रिय पर्वको रुपमा विकास भइसकेको छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार असार १५ मा दही चिउरा खाने चलन लिपिबद्ध गरेको इतिहास नभएको बताए ।

    उनले असारमा माना रोपेर मुरी फलाउने महिना भएकाले यस महिनाको आधासम्ममा रोपाइँ सकिएको सन्देश मुलुकभर फैलाउन दही चिउरा खाने पर्वको रुपमा विकास भएको बताए । अर्को कुरा शरीरको पूरै बल यो रोपाइँको समयमा खर्चिने हुँदा त्यसको परिपूर्तिका लागि पनि दही चिउरा खाने परम्परा थालेको बताए ।

    शुक्रबार, असार १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer