• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सिमा विवाद: धरानको बोर्ड इटहरीको निर्देशनमा हटाइयो, अब के हुन्छ ?


  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
  • मोरंग । कोशी राजमार्गको पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्न लगाएको सीमा प्रारम्भको बोर्ड इटहरी उपपमहानगरपालिकाका मेयर हेकमर्ण पौडेलले हटाउन लगाएका छन् ।

    Advertisement

    सोमबार दोस्रो पटक साम्पाङले नगर प्रहरीमार्फत ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ बोर्ड राख्न लगाएका थिए । लगत्तै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी पठाएर बोर्ड हटाउन लगाएका हुन् ।

    धरान इटहरीबीचको सीमा विवाद नयाँ भने होइन । यसअघि १० वैशाखमा पानीपियामा धरानले लगाएको बोर्ड युवा संघ इटहरीले हटाएको थियो । त्यसपछि साम्य भएको विवाद सोमबार धरानका मेयरले बोर्ड राखेपछि पुन: सुरु भएको हो । दुई नगरबीचको सीमा क्षेत्र सेउती खोलाको पुललाई मानिन्छ । तर नयाँ जनप्रतिनिधि आएपछि दुई पालिकाबीचको सीमा विवाद सुरु भएको हो ।

    इटहरी र धरानबीचमा चारकोसे जंगल र पानीको स्रोत छ । धरानले बोर्ड राखेको स्थान चारकोसे झाडी प्रारम्भ भएको क्षेत्र हो ।

    २०१० साल भन्दा अगाडिदेखि इटहरी-धरानको सिमाना सेउती पुल रहेको इटहरीका मेयर पौडेलको दाबी छ । यसअघि धरानले बोर्ड राखेपछि पौडेलले सीमा निर्धारण गर्दा ऐतिहासिक तथ्यलाई ख्याल गर्नुपर्ने बताएका थिए ।

    सोमबार धरानले राखेको बोर्ड मेयरको निर्देशनमा हटाइएको इटहरीका मेयर हेमकर्ण पौडेलका प्रेस संयोजक धनबहादुर पुरीले बताए ।

    पानीपियामा बJर्ड राख्नु अघि इलाका प्रहरी कार्यालय इटहरी र धरानले सेउती खोलाको वारिपारि राखेको सीमा प्रारम्भको बोर्ड पनि साम्पाङले नगरप्रहरी लगाएर हटाएका थिए ।

    धरानले बोर्ड राखेको क्षेत्र इटहरी उपमहानगरपालिकाको २० नम्बर वडामा पर्छ । पानीपिया भन्दा ५ किलोमिटर उत्तरमा रहेको सेउती पुललाई इटहरीले धरानसँगको साँध भएको दाबी गर्दै आएको छ ।

    इटहरी उपमहानगरपालिकाका मेयर पौडेलले धरानका मेयरले आफूखुसी बोर्ड राखेको बताए । विवाद सामधानका लागि वार्ताका लागि पत्र पठाएपनि कुनै जवाफ नआएको उनले बताए ।

    ‘वैशाखमा बोर्ड राखेपछि हामीले हटाएर वार्ताका लागि पत्र पठायौं, उहाँले कुनै जवाफ पर्काउनु भएन, फोन गर्दा उठाउनु हुन्न’, उनले भने, ‘आज फेरि बोर्ड राखेपछि नगरले निर्णय गरेर हटायौं ।’

    मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer