• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बालुवाटार प्रकरणको उल्टो सुईः जग्गा किन्ने जेलमा, किर्ते गर्ने कुलेलम ?


  •   शनिबार, असार २३, २०८० मा प्रकाशित
  • काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा गरेको र यस क्रममा ठूलो घोटाला भएको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आरोपीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । यस प्रकरणमा सीआईबी तातेको यो दोस्रोपटक हो ।

    Advertisement

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी विषयमा २०७६ माघ २२ मा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाइसकेको छ । तीमध्ये १३८ जना मात्र अदालतमा उपस्थित भएका छन् । एक जना पुर्पक्षका लागि थुनामा भए पनि बाँकी सबै धरौटीमा रिहा भएका छन् । मुद्दाका १० प्रतिवादीको मृत्यु भइसकेको छ । ३७ जना अझै फरार छन् ।

    यस प्रकरणका खास योजनाकारमा पर्छन्, रामकुमार सुवेदी, शोभाकान्त ढकाल र युवराज कोइराला । ढकाल र सुवेदी पहिलादेखि जग्गा कारोबारमा खप्पिस थिए । उनीहरु यस्तै विवादास्पद जग्गा खोजीखोजी हिँड्थे । कोइराला भने राणाका तर्फबाट कानुन व्यवसायी थिए । उनीहरुले नै ललितानिवासको जग्गा व्यक्तिका हातमा पुर्याउने योजना बनाएका थिए । पछि भागबन्डा नमिल्दा बीचैमा कोइराला त्यस समूहबाट बाहिरिए ।

    कोइराला बाहिरिएपछि कानुन व्यवसायीका रुपमा सहयोग गर्न हाल सर्वोच्च अदालतका न्यायाधीश रहेका कुमार रेग्मी भित्रिए । सुवेदी र ढकालले विभिन्न सरकारी कर्मचारी र राजनीतिक व्यक्तिहरुलाई मिलाएर लालपुर्जा हात पारे । त्यस क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सर्वोच्च अदालतसम्मले साथ दिए । अहिलेसम्मका सबैभन्दा राम्रा प्रमुख आयुक्त भनिएका सूर्यनाथ उपाध्यायका पालामा यसको निर्णय भएको छ । सर्वोच्च अदालतका अहिलेसम्मका राम्रा भनिएका बलराम केसी, राजेन्द्रकुमार कोइराला, मीनबहादुर रायमाझी, अनुपराज शर्मा र खिलराज रेग्मीले यो जग्गा व्यक्तिकै हुने भएकाले किनबेच गर्न मिल्छ भनेर फैसला गरेका छन् । जब लालपुर्जा नै तयार भयो, ढकाल र सुवेदी त्यो जग्गा बेच्न–बेचाउनतिर लागे । विभिन्न व्यवसायी तथा धनाढ्य व्यक्ति एवं संघसंस्थाहरुलाई ग्राहक बनाउँदै हिँडे ।

    यही क्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग उनीहरुको भेट भयो । गुरुङ एक व्यवसायी भएकाले राम्रो जग्गामा लगानी गर्न इच्छुक हुनु अनौठो भएन । मालपोत कार्यालयले लालपुर्जा जारी गरिदिएको छ । नापीले नक्सामा कित्ताकाट गरिदिएको छ । अख्तियार र अदालतले समेत यो सम्पत्ति व्यक्तिकै हो भनेर लेखेर दिएका छन् । यति भएपछि एउटा व्यवसायीले अरु के हेर्छ ? गुरुङले लगानी गरे । आफूलाई चाहिने जति जग्गा आफूसँग राखेर बाँकी बेचबिखन गरे । अहिले उनीसँग करिब २० रोपनी जग्गा छ भनेर सीआईबीले सार्वजनिक गरेको छ ।

    यतिखेर राज्यले तिनै गुरुङलाई तारो बनाएको देखिन्छ । सीआईबीले सबैभन्दा पहिला उनैलाई समातेर हिरासतमा राखेको छ । उनैलाई मुख्य योजनाकारजसरी पत्रकार सम्मेलन गरेर अघि सारिरहेको छ । जबकि मुख्य योजनाकारहरु आनन्दले घुमिरिहेका छन् । ढकाल र सुवेदीले अहिलेसम्म सीआईबीको हिरासत देखेका छन् त ? कोइराला त भ्रष्टाचारविरोधी आन्दोलन गर्दै हिँडेका छन् । गुरुङ मात्र होइन, अरु पनि कयौँ व्यक्तिले विभिन्न चरणमा कारोबार भइसकेपछि मात्र जग्गा किनेका छन् । लालपुर्जा, नापीनक्सा लगायत सम्पूर्ण कागजात हेरेर लगानी गर्नेहरुको यसमा के दोष हुन्छ ?

    अझ गुरुङ त कतै भागी जाने अवस्था छैन । अर्बौंको सम्पत्ति उनको नेपालमै छ । परिवार यहीँ छ । हजारौँ नेपालीलाई उनले रोजगारी दिएर राखेका छन् । राज्यलाई वर्षेनि करोडौँ कर तिरिरहेका छन् । त्रिवि शिक्षण अस्पतालदेखि विभिन्न ठाउँमा उनले मानवीय सेवाका लागि करोडौँ रकम खर्चेर पूर्वाधार बनाइदिएका छन् । वयोवृद्ध अवस्था छ । त्यसमाथि बिरामी पनि छन् । देशमै केही गरौँ भन्ने भावनासहित काम गरिरहेका गुरुङलाई मात्र थुनामा राखेर राज्यले बहादुरी देखाइरहेको छ ।

    गुरुङले यही प्रकरणमा अख्तियारमार्फत् पनि मुद्दा खेपिसकेका छन् । एउटै विषयमा एउटै व्यक्तिमाथि कति मुद्दा चलाउने ? के यो न्यायको मान्य सिद्धान्तभित्र पर्छ ? उनका हकमा दोहोरो खतराको सिद्धान्त लागू हुँदैन र ?

    गुरुङ विशेष अदालतमा धरौटी बुझाएर रिहा भएका हुन् । त्यतिखेर उनी इमानदारीपूर्वक अदालतलाई सहयोग गर्नुपर्छ भनेर आफै हाजिर भएका हुन् । अहिले पनि उनी प्रहरीका आँखा छलेर हिँडेका थिएनन् । आफ्नै घरव्यवसाय सम्हालेर बसेका थिए । अनि यस्तो व्यक्तिलाई पनि भूमिगत बसिरहेको ठूलै खुंखार अपराधीजसरी समातेर प्रहरीले के बहादुरी देखाएको ? मुलुक अहिले यसै पनि आर्थिक रुपमा धर्मर छ । यसरी पर्याप्त अध्ययन र अनुसन्धान नगरी व्यवसायीमाथि धरपकड गर्दै जाने हो भने यहाँ कोही पनि व्यवसायी जोगिने अवस्था छैन । के राज्यले यही गर्न खोजेको हो ?

    अर्कोतिर पहिला थुन्ने र त्यसपछि मात्र तथ्य संकलन गर्न हिँड्ने हाम्रो अनुसन्धान प्रणालीको अर्को कमजोरी छ । यस्तो ज्यादतीपूर्ण क्रियाकलाप रोकेर स्वस्थ न्यायप्रणाली स्थापित गर्न सकेनौँ भने हामी उही मध्ययुगीन नेपालका बासिन्दाभन्दा के फरक भयौँ र ?

    शनिबार, असार २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer