• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ललितानिवास प्रकरण: प्र. म. कार्यालयको पर्खाल भत्काएर सारियो, फिल्डमा हेर्दा जग्गा थिएन


  •   शनिबार, असार २३, २०८० मा प्रकाशित
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३ वर्षअघि विशेष अदालतमा दायर गरेको आरोपपत्रमा पूर्वसहसचिव गेहनाथ भण्डारीको नाम पाँच ठाउँमा मात्रै भेटिन्छ । त्यो पनि भ्रष्टाचारमा संलग्न भएको आरोपितको रूपमा होइन, जग्गा पाउने भुवनकुमारी चापागाईको पतिको रूपमा उनको नाम आरोपपत्रमा समावेश छ ।
    ‘राणा परिवार र मालपोतका कर्मचारीहरूबीच सम्पर्क गराउने र सबै व्यवस्थापन गर्ने काममा पर्दापछाडि उनको भूमिका देखिन्छ’ तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सम्बद्ध स्रोत भन्छ, ‘कुनै पनि भूमिका र निर्णयमा उनी संलग्न भएको कागजात भेटिंदैन ।’
    ललितानिवासको जग्गा अनियमितताबारे जानकार एक पुराना कानुन व्यवसायीका अनुसार, २०४९ सालताका गेहनाथ भण्डारी राष्ट्रिय योजना आयोगका शाखा अधिकृत थिए । सुधीरकुमार शाह मालपोत कार्यालय भक्तपुरका प्रमुख थिए ।

    Advertisement

    शाहसँग राणा परिवारको टाढाको नाता जोडिन्थ्यो । गेहनाथको खलक राणा परिवारमा जजमानी गर्थे । उनले राणा परिवारको जग्गाको विषय र विवाद मेसो पाएका थिए ।

    कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले प्रजातन्त्रको आन्दोलनका दौरान राज्यबाट जफत भएको सम्पत्ति जाँचबुझ गरेर फिर्ता गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । यही निर्णयमा खेल्ने मेसो मिलाएका भण्डारीले राणा परिवार र मालपोतका कर्मचारीहरूबीच सम्पर्कसूत्रको भूमिका खेले ।

    यो कामको प्रक्रिया मिलाउन र कागजी प्रारूप तयार गर्न सुधीरकुमार शाह पनि सक्रिय भए । भक्तपुर मालपोतमा रहेका उनी निर्णय प्रक्रियामा संलग्न हुनुपरेन । तर, जग्गा प्रशासनमा पोख्त उनले सारा प्रक्रियामा सघाए । २०४९ सालमा ललितानिवासको जग्गा राणा परिवारका नाममा फिर्ता हुँदा डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी संलग्न थिए । पर्दापछाडि शाखा अधिकृतद्वय भण्डारी र शाहले सबैतिर मिलाउन मिहिनेत गरे । अहिले भूमाफिया भनिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी यो प्रकरणमा जोडिइसकेका थिएनन् ।

    डिल्लीबजार मालपोत कार्यालयबाट राणा परिवारको नाममा जग्गा सारेको एक साताभित्रै कर्मचारीहरूले २२ रोपनी जग्गा ‘घुस’ पाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ भने सीआईबीले पनि यही निचोड निकालेको छ । २२ रोपनीमध्ये तत्कालीन शाखा अधिकृतहरू गेहनाथ भण्डारी र सुधीरकुमार शाहले ८० आना (पाँच रोपनी) जग्गा पाए ।

    गेहनाथका बाबु रुकुममा पञ्चायत विकास अधिकारी भएर काम गर्दा सुधीरकुमारको ससुरालीमा भाडामा बसेका थिए । यिनीहरू बीचको सम्बन्ध पारिवारिक स्तरकै थियो । उनीहरूले पत्नी र सासूको संयुक्त नाममा जग्गा लिए । जग्गा पाएपछि चुपचाप बसेका यिनीहरू पछिका घटना र निर्णयहरूमा जोडिएनन् । अलग्गै रहे । त्यतिबेला उनीहरूले ‘बालुवाटारमा सँगै घर बनाउने योजना बनाएकाले मिलेर जग्गा किनेको’ भन्ने गर्थे ।

    सुवर्णशमशेरका नाति एवं ललितानिवासको जग्गा पाएका हकवाला हाटकशमशेरले यसबारेमा अख्तियारमा मुख खोलेका छन् । पञ्चायतकालमा जफत भएको जग्गा फिर्ता हुने भएपछि ‘मैले सबै काम गरिदिन्छु’ भनी धेरै मान्छेहरू आफ्नी आमा शैलजा राणालाई भेट्न आएको उनले बताए । त्यतिबेला रामनाथ अधिकारी र रामकल्याण अधिकारीको सिफारिसमा आमाले केही व्यक्तिलाई जग्गा बेचेको उनको बयान थियो ।

    राणा परिवारले कर्मचारीहरूलाई २२ रोपनी जग्गा बेचेको भनी दाबी गरेपछि अख्तियारले घुसबापत जग्गा बकसपत्र गरेर दिएको दाबी गरेको छ । त्यतिबेला जग्गा मिलाउने काममा रामनाथ अधिकारी र रामकल्याण अधिकारी बिचौलियाको भूमिकामा थिए । उनीहरूलाई सबै काम सिकाउने गेहनाथ भण्डारीबारे अख्तियारले केही बोलेको छैन । तर, उनकी पत्नी भुवनकुमारीले घुसको जग्गा लिएको आरोप लगाएको छ ।

    अख्तियारको आरोपपत्रमा भनिएको छ, ‘दाता भनिएका राणाहरूबाट जग्गा बकस पाउनुपर्ने आधार र कारण खुलाउन नसकी गोलमटोल जवाफ लेखे–लेखाएको देखिएकोले बकस मार्फत जग्गा प्राप्त गर्नेहरू निर्दोष हुन् भनी परिस्थितिजन्य प्रमाणहरूबाट विश्वास गर्न सक्ने अवस्था देखिएन ।’

    कानुनमा स्नातकोत्तर र अधिवक्ता समेत रहेकी गेहनाथकी पत्नी भुवनकुमारीले अहिले भ्रष्टाचार मुद्दा खेपिरहेकी छन् । पति गेहनाथले पाएको ‘घुस’ बापतको जग्गा आफ्नो नाममा लिएकी उनले त्यो जग्गा किनेकै दाबी गरिरहिन् । उनले विशेष अदालतमा बयानमा भनेकी थिइन्, ‘ससुराले सञ्चयकोषबाट रकम निकालेपछि एक लाख ५५ हजारमा राणा परिवारबाट जग्गा किनिएको हो ।’

    अहिले ७६ वर्ष पुगेकी सोदाकुमारी चापागाई ज्वाईं गेहनाथका कारण भ्रष्टाचार मुद्दा खेपिरहेकी छिन् । किनभने गेहनाथले आफूले पाएको जग्गा सासूका नाममा राखेका थिए । उनले विशेष अदालतमा बयान गर्दै, ‘छोरी भुवनकुमारीले नै जग्गा किनेको र उनले भनेअनुसार नै बिक्रीका लागि मञ्जुरीनामा दिएको’ बताएकी थिइन् ।

    उनको दाबी आफैंमा अपत्यारिलो छ । कसैले पनि फिल्डमा नहेरी जग्गा किन्दैन, फिल्डमा हेर्न जाँदा जग्गा भेटिंदैनथ्यो । किनभने त्यतिबेला उनीहरूको नाममा आएको जग्गा प्रधानमन्त्री निवासभित्र थियो । सुधीरकुमार शाह प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको निजी सचिव हुँदा पर्खाल भत्काएर आफ्ना जग्गाका टुक्राहरू बाहिर पार्न लगाएका थिए ।

    राणा परिवारले २०४९ सालमा ललितानिवासबाट जग्गा फिर्ता पाएपछि एकाएक मोही भनिएकाहरू पनि सक्रिय भए र मुद्दामामिला गर्न थाले । त्यसक्रममा जोडिएका रामकुमार सुवेदी र शोभाकान्त ढकालले २०५६÷५७ सालदेखि मोहीले पाएका जग्गा सस्तोमा हात पार्न थालिसकेका थिए । २०६० सालमा उनीहरूले सुधीरकुमार शाह र गेहनाथ भण्डारीको परिवारका नाममा भएको सबै जग्गा किने ।

    पाएको जग्गा समेत बेचिसकेपछि सुधीरकुमारका साथै गेहनाथ भण्डारी ललितानिवास जग्गा अनियमिततामा आफ्नो नाम नमुछिनेमा विश्वस्त थिए । कुनै पनि निर्णयमा संलग्न नभएकाले आफ्नो नाम नमुछिनेमा उनी निश्चिन्त देखिन्थे ।

    ‘चार वर्षअघि ललितानिवास जग्गा अनियमितताको छानबिन सुरु भएपछि उहाँ (गेहनाथ भण्डारी) बारम्बार अख्तियार आउनुभएको थियो । अनुसन्धान अधिकृतहरूलाई भेटेर सूचना दिने र जाने गर्नुहुन्थ्योे’ त्यतिबेला अख्तियारमा रहेको स्रोतले भन्यो, ‘पहिले गृह प्रशासनमा बसेकाले अख्तियार प्रमुख नवीनकुमार घिमिरेसँग पनि उहाँको भेट भएको थियो । कसैले पनि शंका गर्ने कुरा भएन ।’

    अनुसन्धान अघि बढाउँदै जाँदा अख्तियारले राणा परिवारबाट घुसबापत जग्गा नै बाँडिएको सूचना पायो । मालपोत कार्यालयबाट जग्गा किन्ने र बेच्नेहरूको फेहरिस्त निकाल्यो । त्यसक्रममा गेहनाथ भण्डारी र सुधीरकुमार शाहले पत्नी र सासूको नाममा राणा परिवारबाट जग्गा बकस पाएको र पछि बेचेको खुल्यो ।

    ‘त्यो सूचनापछि नयाँ कोणबाट अनुसन्धान गर्दा सुधीरकुमार शाहका साथै गेहनाथ भण्डारीले पर्दापछाडि बसेर काम गरेको खुल्यो’ अख्तियार स्रोतले भन्यो, ‘निकै आश्चर्यमा परेका अख्तियार प्रमुखले आफ्ना पूर्वसहकर्मीहरूलाई मुद्दा चलाएनन् । जग्गा पाएका उनीहरूका पत्नी र नातेदारलाई मुद्दा चलाएर बाँकी ढाकछोप गरियो ।’

    अहिले सीआईबीले त्यतिबेला अख्तियारबाट संरक्षण पाएका शाहका साथै भण्डारीमाथि समेत अनुसन्धान थालेको छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रममा किर्ते कागजात तयार गर्न उनको समेत पर्दापछाडिबाट भूमिका देखिएको ब्यूरोको प्रारम्भिक निष्कर्ष छ । तर, पूर्वसहसचिव शाहलाई पक्राउ गरेको सीआईबीले भण्डारीलाई भने अनुसन्धानमा तानेको छैन ।

    ‘काठमाडौं जिल्ला अदालतबाट गेहनाथ भण्डारीको हकमा समेत पक्राउ अनुमति लिइसकिएको हो’ ब्यूरो स्रोतले भन्यो, ‘सुधीरकुमार शाह र उनको अवस्था केलाउँदा उही भूमिका, उस्तै रवैयामा रहेका सुधीरकुमार पक्राउ पर्दा गेहनाथ भने अझै पक्राउ परिसकेका छैनन् ।

    शनिबार, असार २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer