• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रीतम सिंह, जो प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारत धाए ! को हुन् त ?


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौंमा सोमबारआयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रीतम सिंहको प्रशंसा मात्रै गरेनन्, आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको स्मरणसमेत गरे ।

    Advertisement

    “उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ उहाँ,” सिंहको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ।

    प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिपछि कतिपयले प्रधानमन्त्री प्रचण्डले विवादस्पद अभिव्यक्ति दिएको भन्दै आलोचनासमेत सुरू गरेका छन् । साथै सरदार प्रीतम सिंहबारे सोध्ने/खोज्नेहरूको सङ्ख्या पनि बढेको छ ।

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारत धाउने, नेपालभित्रै पनि धेरै पार्टी र नेतासँग कुराकानी गर्ने सरदार प्रीतम सिंह को हुन् त ?

    सरदार प्रीतम सिंह भारतको जम्मूका हुन् । तर, उनी आजभन्दा करिब ७ दशकभन्दा पहिल्यै नेपाल आए ।

    उनले कहीँ सुनाएका छन्, लगभग २० वर्षका हुँदा साथीको बिहेका लागि तुल्सीपुर आएका थिए । साथीहरूको लहै-लहैमा उनी त्यहाँबाट काठमाडौं हान्निए । तर, काठमाडौंमा अडिन सकेनन् । यसपछि २ दिनमै जम्मू फर्किए । त्यसबेला काठमाडौंमा खेतका गह्राहरू मात्रै बढी थिए । यद्यपि कतिपय ठाउँमा भने चौडा सडक बनिरहेका थिए । सिंहले आफ्नो नेपाल यात्रा र यातायातका सम्भावनाबारे बुवा सरदार कहन सिंहलाई सुनाए । जो जम्मूका पहिलो यातायात व्यवसायीका रूपमा स्थापित थिए । यसपछि कहन सिंहले नेपालमा नयाँ सम्भावना छन् भनेर बुझे ।

    यसपछि केही समयपछि प्रीतम सिंह ६ चक्के ट्रक लिएर नेपाल आए । ट्रक कसरी आइपुग्यो, त्यसका आफ्नै कथा छन् । रोचकचाहिँ के छ भने ट्रक लिएर जब बिहारको पटना आइपुगे, त्यसपछि गङ्गा नदीमा पुल नभएको थाहा पाए । त्यसपछि इन्तु न चिन्तु भएका प्रीतम सिंहले अन्तत: स्टीमरमा राखेर ट्रक तारे । त्यसबाट अघि बढ्दा खेत मात्रै देखिए र धान माडिएबापत् उनले किसानलाई पैसा बाँड्दै आए ।

    भारतमा जन्मिए पनि कर्मभूमि नेपाल बनाएका प्रीतम सिंहले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेर यातायातका माध्यमबाट नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनले कहीँ भनेका छन्, “मैले नेपालको यातायात क्षेत्रमा झन्डै २५ प्रतिशत योगदान दिएँ होला ।”

    एक बखत; प्रीतम सिंह, उनका बुवा कहन सिंहसहित स-परिवार नेपाल घुम्न आए । त्यही बखत उनले बुवा कहन सिंहलाई नेपालका यातायात क्षेत्र, सडक तथा व्यावसायिक सम्भावनाबारे बताए । त्यसपछि बुवा कहन सिंहले फेरि नेपालमा व्यावसायिक अवस्थाबारे बुझ्न प्रीतम सिंहलाई पठाए ।

    प्रीतम सिंह न्यूरोडमा घुमिरहेका बेला पाइलट तालिम गरेका त्रिलोचन सिंह दुलटलाई भेटे । दुलटले राजा महेन्द्रसँग भेट गराइदिए । त्यसको केही समयपछि राजा महेन्द्र जम्मूको अमरनाथ यात्रामा जाँदा दोस्रो पटक भेट भयो । महेन्द्रले नेपालमा व्यवसाय गर्न सिंहलाई आग्रह गरे । त्यही प्रस्तावपछि प्रीतम सिंह नेपाल आएर व्यवसाय सुरू गरे । यसपछि उनले नेपालको यातायात क्षेत्रमा मात्रै होइन, शिक्षा क्षेत्रमा समेत योगदान दिएका छन् । उनले स्थापना गरेको मोर्डन इन्डियन इंग्लिस स्कूलले शिक्षा क्षेत्रमा धेरै योगदान दिएको छ ।

    प्रीतम सिंहको राजा महेन्द्रसँग मात्रै होइन, हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि राम्रो सम्बन्ध छ । प्रचण्डले गरेकै जनआन्दोलनहरूका कारण राजतन्त्र गर्ल्यागुर्लुम ढलेको देखे प्रीतम सिंहले । प्रचण्डसँग अहिले पनि उनको भेटघाट भइरहन्छ । प्रचण्डबारे उनले कहीँ भनेका छन्, “युद्धकालमा प्रचण्डजीले धेरै ठाउँ तोडफोड गर्नुभयो । त्यो एक हिसाबले ठिकै पनि रहेछ । तर, शीखहरूप्रति उहाँको सधैँ सम्मान देखेँ र देख्दै आएको छु ।”

    प्रचण्डलाई उनले शान्ति प्रक्रियामा आएसँगै भेटेका हुन् । पहिलो भेटमै उनले प्रचण्डसँग इतिहासका धेरै पाटा खोलेका थिए । प्रीतम सिंहलाई सुनेर प्रचण्ड दङ्ग परेका थिए । आतङ्कको नाम बनेका प्रचण्ड त्यसरी सहजै प्रस्तुत होलान् भन्ने उनले सोचेका पनि थिएनन् रे ! त्यसबेला प्रीतम सिंहले प्रचण्डलाई प्रशस्त सल्लाह दिएका थिए रे ! अहिले प्रीतम सिंह-प्रचण्ड परिवारबीच भावनात्मक सम्बन्ध रहेको बताइन्छ ।

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer