• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने राष्ट्र बैंकको तयारी, ‘लोन टु भ्याल्यू रेसियो’ परिमार्जन नगर्न विभागीय सुझाव


  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत् ब्याजदर घटाउने नीति लिने पक्का भएको छ । विभागीय प्रमुखहरुमात्र होइन, गभर्नर र सञ्चालक समितिका अन्य अधिकारीहरु पनि यस सम्बन्धमा सकारात्मक देखिएका छन् । अहिले राष्ट्र बैंकले लिएको ब्याजदर सम्बन्धि नीति लगभग असफल भएको देखिएको छ । यही कारण खुला बजारले तय गर्ने दरलाई नीतिगत समायोजन नगरे केन्द्रिय बैंकको क्षमतामाथि नै प्रश्न उठ्ने देखिएपछि अधिकारीहरु ब्याजदर घटाउने निश्कर्षमा पुगेका हुन् ।

    Advertisement

    अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता विदेशी संस्थाहरुले अहिले पनि हतारिएर ब्याजदर घटाइहाल्न नहुने सुझाव दिइरहेका छन् । तर बजारमा ब्याजदर निकै तल ओर्लिइसकेको छ । राष्ट्र बैंकले अहिले पनि साढे ५ प्रतिशत ब्याज दिने गरी बैंकहरुसँग भएको निक्षेप किनिदिने भनेको छ । तर अन्तरबैंक ब्याजदर यसअघि नै ३ प्रतिशतमा झरिसकेको छ । गत साता नै राष्ट्र बैंकले बजारमा भएको तरलता खिच्न जारी गरेको रिभर्स रिपोमा २.७४ देखि ३.२४ प्रतिशतसम्म (औसतमा ३.०१ प्रतिशत) ब्याजदर बोलकबोल भएको थियो ।

    यस घटनाले साढे ५ प्रतिशतभन्दा तल अल्पकालिन ब्याजदरलाई झर्न नदिने राष्ट्र बैंकको नीति ‘असफल’ भएको पुष्टि गर्छ । त्यसै कारण अहिले साढे ५ देखि साढे ७ प्रतिशतको ब्याजदर करिडोरको स्तरलाई तल नझार्ने हो भने ब्याजदरको नियमनमा राष्ट्र बैंक लामै समयका लागि असफल ठहरिने छ ।

    अन्य देशमा केन्द्रिय बैंकले ब्याजदरलाई आफ्नो मार्गदर्शनमा हिँडाउँछन् । यही कारण ती देशमा मौद्रिक नीतिको कार्यान्वयन प्रभावकारी र परिणाममुखि हुन्छ । ‘तर नेपालमा अहिले बजार अघिअघि हिँडिरहेको छ, नियामक पछिपछि लछारिइरहेको छ’ राष्ट्र बैंककै एक उच्च अधिकारीले भने ।

    दीर्घकालिन ब्याजदरमा पनि उस्तै गिरावट देखिएको छ । अघिल्लो साता राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र निष्काशन गर्दा ‘कट–अफ’ ब्याजदर ७ प्रतिशतभन्दा तल ओर्लिएको थियो । केही हप्ता अघिको सेयर बजारजस्तै ऋणपत्रको ब्याजदर पनि २२ महिनायताकै न्यून भएर ६.९३ प्रतिशतमा झरेको थियो । यसले मध्येकालिन र दीर्घकालिन ब्याजदरमा पनि घट्ने दबाब बढेको देखाउँछ ।

    साउनपछिको परिदृष्य

    पछिल्लो समय राष्ट्र बैंकले चालू पूँजी कर्जामा कडाई गरेका कारण बैंकहरु त्यस्ता ऋणीलाई भटाभट महँगो ब्याज लाग्ने गरी आवधिक कर्जामा रुपान्तरण गराइरहेका छन् । महँगो ब्याज देखाएर असारभित्रै कर्जा अशुली बलियो बनाउन सम्पत्ती हडप्ने र धितो लिलाभ गर्ने जस्ता काममा सक्रीय भएका छन् ।

    अहिलेको अवस्थामा आर्थिक वर्षको अन्त्यसम्म वित्तीय स्वास्थ्य बलियो देखाउन बैंकहरु पुरानो कर्जाको अशुलीमै होमिएका छन् । तर हरेक नयाँ आर्थिक वर्षको सुरुआतपछि बैंकहरु कर्जा लगानी बढाउन लालायित हुन्छन् । त्यसो त, अहिले नै बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ८३.९२ प्रतिशत छ । यसलाई उच्चतम सीमा ९० प्रतिशतसम्म पुर्याउन सकिने कानूनी व्यवस्था छ । त्यस्तो सीमा भेट्टाउने हो भने अहिले नै बैंकहरुले झण्डै ३ खर्ब ४० अर्ब रुपैयाँ थप कर्जा लगानी गर्नसक्ने अवस्था बनेको छ ।

    यस्ता आँकडाहरुले अहिलेको ‘खराब हालत’ सल्टाइसकेपछि बैंकहरु साउन लागेदेखि नै नयाँ ऋणीको खोजिलाई तीव्र पार्ने देखिएको छ । यसले निक्षेप र कर्जा दुबै तर्फको ब्याजदर जबरजस्त घट्ने अनुमान बैंकरहरुको छ । बढ्दो तरलता र घट्दो ब्याजदरले आगामी आर्थिक वर्षदेखि आन्तरिक बजार पनि चलायमान बनाउने अपेक्षा नीतिनिर्माताको छ ।

    ‘एल टी भी रेसियो’ नचलाउन सुझाव

    धितोको मूल्यांकन र त्यसै धितोको सुरक्षणमा प्रप्त गर्ने कर्जाबीचको अनुपातलाई ‘लोन टु भ्याल्यू रेसियो’ भनिन्छ । सेयर बजार, घर, गाडी, जग्गाजस्ता वस्तु खरीदमा राष्ट्र बैंकले यस्ता अनुपातहरुमार्फत् कडाई गर्दै आएको छ । यसले ती क्षेत्रमा पहिलेभन्दा धेरै वढी कर्जा प्रवाह हुने परिपाटीलाई ठ्याप्पै रोकिदियो ।

    अझै पनि घरजग्गा र सट्टेबाजीमा पुँजीको उपयोगितालाई नियन्त्रण गर्नुपर्ने आवस्यक भएको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार यस्ता अनुपातहरु बारम्बार परिवर्तन गर्ने हो भने वित्तीय बजारमा नीतिग अनिश्चय बढ्न थाल्छ । स्वार्थ समूहहरुले आफू अनुकुल नीतिगत बदलावका लागि लबिङ गर्न थाल्छन् । यसले अन्तत्वगत्वा सिंगो नियामक निकायलाई नै सीमित स्वार्थ समूहको स्वार्थ परिपूर्तिका निम्ति प्रयोग गर्ने ‘मतियार’ बनाइदिन्छ ।

    यही जोखिमबाट बच्न र अर्थतन्त्रलाई प्राकृत बाटोमा हिँडाउन पनि एलटीभी रेसियोजस्ता अनुपातहरु बदल्न नहुने सुझाव विभागीय अधिकारीहरुले दिएका छन् ।

    मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer