सोलुखुम्बु । लुक्ला बाट उडेको मनाङ एयरको सम्पर्कविहीन भएको भनिएको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । उक्त हेलिकोप्टरमा चालक दलका सदस्य सहित ६ जना रहेकोमा ५ जना विदेशी नागरिक रहेको जनाईएको छ ।
Advertisement
दुर्घटना स्थलबाट उद्धारको प्रयास सुरु भएको छ । यात्रुहरुको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । दुर्घटना भएकोे क्षेत्र लिखुपिके गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाको बीचमा पर्छ ।




