• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

४४ वर्षमा भएको ३८ दुर्घटनामा परेर ९२ यात्रुको मृत्यु, यस्तो छ हेलिकप्टर दुर्घटनाको इतिहास नेपालमा


  •   बुधबार, असार २७, २०८० मा प्रकाशित
  • काठमाडौँ । मनाङ एयरको ‘९-एन-एमभी’ हेलिकप्टर दुर्घटना हुँदा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको छ । मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट बिहान १० बजेर १३ मिनेटमा काठमाडौँका लागि उडेको विमान दुर्घटना भएको हो ।

    Advertisement

    दुर्घटनाका क्रममा ५ जना मेक्सिकन नागरिकसहित पाइलट चेतबहादुर (सीबी) गुरुङको समेत मृत्यु भएको छ ।४४ वर्षको अवधिमा यो ३८औं दुर्घटना हो । यसअघि, सन् १९७९ (२०३६ साल) मा पहिलोपटक नेपाली आकाशमा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

    प्राधिकरणका अनुसार नेपालमा पहिलो दुर्घटना नै उच्चस्तरीय टोली (भीभीआईपी) सवार हेलिकप्टर दुर्घटनामा परेको थियो । २०३६ साल पुस १२ गते भएको पहिलो हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

    काठमाडौँबाट लाङटाङ उडान भरेको हेलिकप्टर दुर्घटना भएयता आजसम्म ३८ दुर्घटना भइसकेका छन् । र, ती दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ । ३८ वटा दुर्घटनामध्ये १९ वटा दुर्घटनामा मानवीय क्षति भएको छ ।

    २०८० मै दुई दुर्घटना

    यो वर्ष २०८० सालमै दुई वटा ठूलो हेलिकप्टर दुर्घटना भएका छन् । यसअघि, यही वर्षको वैशाख २१ गते शंखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको थियो । जलविद्युत आयोजनाको सामान ओसार्ने क्रममा भएको उक्त दुर्घटनामा परेर १ जनाको मृत्यु भएको थियो भने बाँकी ४ जना घाइते भएका थिए ।

    त्यस यता आज ५ जना विदेशी र १ पाइलटसहित कूल ६ जनाको मृत्यु हुने गरी दुर्घटना भएको छ ।

    सन् २००० यता २९ दुर्घटना

    हेलिकप्टर दुर्घटनाको सिलसिला सुरु भएको करिब आधा दशक भइसके पनि पछिल्लो दुई दशकमा भने ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ ।

    सन् २००१ देखि २०२३ सम्मको अवधिमा मात्रै २९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । उक्त मिति अघिसम्म जम्मा ९ वटा हेलिकप्टर दुर्घटना भएकोमा त्यसयता ह्वात्तै बढेको तथ्याङ्कले देखाउँछ ।

    सन् २००० अघि भएका ९ वटा दुर्घटनामा जम्मा १० जनाको मृत्यु भएको थियो । त्यस यताको दुर्घटनामा भने ८२ जनाले ज्यान गुमाइसकेका छन् ।

    यस्तै, सन् २००० अघि जम्मा ३ वटा दुर्घटनामा मानवीय क्षति भएको थियो । जबकि, सन् २००० यताका २९ मध्ये १६ दुर्घटनामा मानवीय क्षति भएको छ ।

    एउटै हेलिकप्टर दुर्घटनामा २४ जनाको मृत्यु

    सामान्यतया हेलिकप्टरमा सीमित यात्रु सवार हुन्छन् । तर, नेपालको इतिहासमा २ पटक ठूला हेलिकप्टर दुर्घटना भएका छन् । जसमा एकैपटक २४ जना यात्रुको मृत्यु भएको थियो ।

    प्राधिकरणको तथ्याङ्कअनुसार सन् २००६ मा उडान भरेको श्री एयरलायन्सको ९एन-एएचजे हेलिकप्टरमा सवार २४ जनाको मृत्यु भएको थियो । त्यसै गरी, सन् २००२ मा भएको एसियन एयरलाइन्सको हेलिकप्टरमा सवार ११ जनाकै मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

    किन बढ्दैछ हेलिकप्टर दुर्घटना ?

    २०८० मा जस्तै सन् २०७९ मा समेत दुई हेलिकप्टर दुर्घटनामा परेका थिए । तर, सामान्य भएकाले प्राधिकरणले आफ्नो दुर्घटनाको सूचीमा समेटेको छैन ।

    २०७९ चैत २५ गते काठमाडौँको ह्याम अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर सामान्य दुर्घटनामा परेको थियो । यस्तै, २०७९ चैत २६ गते नै धौलागिरी बेसक्याम्प नजिक एभरेष्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । यी दुई दुर्घटनाजस्तै अन्य सामान्य दुर्घटना भने सूचीमा समेटिएको छैन ।

    प्राधिकरणका प्रवक्ता भुलका अनुसार सवार यात्रुको मृत्यु भएको र हेलिकप्टर पुनः उडान भर्न नमिल्ने अवस्थामा पुगेका दुर्घटना मात्रै सूचीमा समेटिएका छन् । यहीकारण, पछिल्ला दुई दुर्घटनालाई दुर्घटनाको सूचीमा नराखिएको हो ।

    प्राधिकरणका अनुसार सन् २००० यता नेपालमा हेलिकप्टर दुर्घटना ह्वात्तै बढेको छ । यसको मुख्य कारण हेलिकप्टरको चहलपहल र कम्पनी नै बढ्नु रहेको भुल बताउँछन् ।

    ‘सन् २००० अघि नेपालमा धेरै हेलिकप्टर उडान हुँदैनथे । कम्पनी समेत धेरै थिएनन्,’ भुलले  भने, ‘अहिले कम्पनी पनि बढेर हेलिकप्टरको प्रयोगकर्तासमेत बढे ।’ यो दुर्घटनाले युरोपियन युनियनको कालोसूचीबाट बाहिरिने नेपालको चाहनालाई झनै कठिन समेत बनाएको छ ।

    बुधबार, असार २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer