• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

“एक्काइस वर्षपछि बल्ल, रेल चढ्ने पखाई पूरा भयो”- बाँतर


  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
  • महोत्तरी । महोत्तरीको भङ्गाहा-४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ । सोमबार बिहानै भङ्गाहा-५ स्थित रेलस्टेसनबाट उहाँ रेल चढ्नुभयो । “हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव पूरा भेल (मलाई सर्धँै रेल कहिले चल्ला भन्ने पखाई थियो, अब पूरा भयो)”, भङ्गाहा स्टेसनबाट रेल जनकपुरतर्फ गुडेपछि खुसी साँट्दै बाँतरले भन्नुभयो, “आब चल्ली जनकपुर ! घुइमफिरक सझुका रेलस घर चैल आयब (अब हिँडे जनकपुर ! घुमफिर गरेर साँझ रेल चढेरै घर फर्कौँला)।”
    विसं २०५९ को बर्खे भेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द भएको थियो । त्यसपछि बाँतरको जनकपुर आवतजावत पातलिएको थियो । आफ्नो ठाउँमा २१ वर्षपछि रेल चलेपछि बाँतरजस्तै भङ्गाहा-४ कै रामनगर बस्तीकी हेमकुमारी सदा पनि दङग हुनुहुन्छ ।
    “आब त बजार कर आ सब मेलामें जनकपुर सहजे जासकैछि (अब त बजार काम र जुनसुकै मेला हेर्न सजिलै जनकपुर जान सकिन्छ)”, रेल चल्दा खुसी हुनुभएकी सदाले भन्नुभयो ।
    आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल रेल्वे कम्पनीको जयनगर–बर्दिबास रेल्वेको भङ्गाहा–कुर्था खण्डको थप १७ किलोमिटर दूरीको सेवा विस्तारको उद्घाटन गर्नुभएपछि सोमबारदेखि नियमित रेल सेवा सुरु भएको हो । रेल सेवा सञ्चालनमा आएपछि यहाँका बासिन्दामा खुसीयाली छाएको छ ।
    आपूm सानो छँदा आमाले रेलमा चढाएर जनकपुर घुम्न लैजानुभएको सम्झदै भङगाहा–४ रामनगरकै ३० वर्षीय रामईश्वर ठाकुर भन्नुहुन्छ, “रेल चढ्न फेरि पायौंँ, अब जनकपुरदेखि भारतको जयनगरसित सिधा सम्पर्कमा जोडिएका छौँ ।”
    विसं २०५९ अघि भङ्गाहाको यसै ठाउँमा अवस्थित स्टेसनलाई विजलपुरा भनिन्थ्यो । यहाँबाट दैनिक जनकपुर हुँदै जयनगरसम्म रेल सेवा सञ्चालनमा थियो । बर्खेभेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द हुनपुगेको थियो । त्यतिखेर कोइला-दाउराले इञ्जिनको सानो लिकमा चल्ने रेलको ठाउँमा अब ब्रोडगेज (ठूलो लिक) र डिजलबाट चल्ने भएको छ । इञ्जिन र डब्बा (बोगी) टलक्क टल्कने रेल चढेर स्थानीयवासी पहिलो दिन नै रामजानकी दर्शन गर्न जनकपुर प्रस्थान गरेका थिए ।
    रेल सेवा विस्तार भई अब जयनगर-बर्दिबासम्म चल्ने भएको छ । यसका तीन खण्डमध्ये पहिलो खण्ड (कुर्था-जयनगर) को ३५ किमी दुरीमा यसअघि नै सेवा सञ्चालन भइसकेको छ । सोमबार सेवा विस्तार भएको दोस्रो खण्ड (भङ्गाहा-कुर्था) को दूरी १७ किमी छ । तेस्रो खण्ड (भङ्गाहा-बर्दिबास) को १८ किमी दूरीमा भने लिक र अन्य पूर्वाधार निर्माणको काम नथालिँदा यस खण्डमा कहिले रेल चल्ने भन्नेबारे अन्यौल छ ।
    तेस्रो खण्डमा जग्गा मुआब्जा विवाद लम्बिँदा निर्माणमा ढिलाइ भएको छ । किसानले मुआब्जा लिइसकेकाले निर्माण कम्पनीसँग काम अघि बढाउन समन्वय भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो ।
    “भङ्गाहा-कुर्था खण्डमा सेवा विस्तार भएपछि अब रेल ५२ किमीमा नियमित चल्ने भएको छ”, उहाँ भन्नुहुन्छ, “अब चाँडै तेस्रो खण्डमा काम अघि बढ्ने छ ।” भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१४ देखि काम सुरु भएको हो । बर्दिबास (महोत्तरी)-जनकपुरधाम (धनुषा)-जयनगर (भारत) सम्मको ६९ किलोमिटर दुरीमध्ये अब ५२ किमीमा रेल चल्न थालेको छ ।
    रेल सेवा सञ्चालनका तिथिमिति पटक पटक तोकिए पछि रेल नचलेपछि महोत्तरीको भङ्गाहा, पशुपतिनगर, प्रेमनगर, लोहारपट्टी, सिङ्ग्याही, धमौरा, हरिनमरी, हतिसर्वा, मेघनाथगोरहन्ना, बलवासहितका बासिन्दा तथा धनुषाको खोरिया सीतापुर, धुमासान, भूचक्रपुर र कात्तिककुमारसम्मका बासिन्दा निरास भएका थिए । “अब रेल नियमित बढ्न पाइने आशा छ,” धनुषाको खोरिया सीतापुरकी कौशल्या कापरले खुसी हुँदै भन्नुभयो ।
    “कि कहुँ, पोरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल (के भनौँ, परार नै रेल चल्ने कुरा थियो, तर कुरैमा मात्रै सिमित रह्यो)”, उहाँले भन्नुभयो, “अब सबै पीर हट्यो, सागसब्जी र दूध सजिलै जनकपुरहुँदै जयनगर बिक्री गर्न सकिने भयो ।” रेल सञ्चालनसँगै व्यापार व्यवसायमा पनि टेवा पुग्ने यहाँका बासिन्दा बताउँछन् ।
    अहिले दैनिक एकपटक साँझ भङ्गाहा आउने र बिहान ७.३० बजे रेल छुट्ने व्यवस्था मिलाइएको महाप्रबन्धक झाको भनाइ छ । पछिल्लो पटक २०७८ चैत १९ गते प्रथम खण्ड (कुर्था-जयनगर) मा सञ्चालनमा आएको रेल सेवा गत मङ्सिरको विवाहपञ्चमीदेखि दुईपटक गरिएको थियो । सो खण्डको सेवा आजदेखि तीन पटक गरिएको कम्पनीले जनाएको छ ।
    सन् २०१० मा नेपाल र भारतबीच भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोग (सम्झौताका बेला उल्लेखित रकम पछि समय लम्बिँदै जाँदा रु १२ अर्ब पुगेको) मा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु भएको हो । निर्माणको काम भारतीय कम्पनी ‘इरकन’ले गर्दै आएको छ ।

    Advertisement

    सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer