• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विद्यार्थीले कामना कलेज नै किन रोज्ने ?


  •   बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । सानो भर्‍याङमा रहेको कामना इन्टरनेशनल स्कुल/कलेज (केआईसी) ले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ । ‘अ डेस्टिनेशन फर क्वालिटी एजुकेशन’ मूल मन्त्र रहेको केआईसीले गुणस्तरीय शिक्षालाई आफ्नो केन्द्रमा राख्दै आएको हो ।

    Advertisement

    केआईसीले ‘प्लस टु’मा साइन्स, म्यानेजमेन्ट, ह्युमनिटिज र ‘ल’ संकायका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गेट टु वर्क, किप वर्किङ, डन्ट स्टोप र सक्सेस (सफलता) पाउनेमा विश्वास केआईसीको छ ।

    साइन्स अन्तर्गत नेपाली, अंग्रेजी, म्याथमेटिक्स अनिवार्य विषय छन् भने फिजिक्स, क्यामेस्ट्री र बायोलोजी ऐच्छिक विषय छन् ।

    त्यस्तै म्यानेजमेन्टको हकमा नेपाली, अंग्रेजी, सोसल स्टडिज एण्ड लाइफ स्किल्स एजुकेशन-म्याथमेटिक्स अनिवार्य विषयमा छन् भने एकाउन्टेन्सी, इकनोमिक्स, होटल म्यानेजमेन्ट, बिजनेश स्टडिज, कम्प्युटर साइन्स ऐच्छिक छन् ।

    त्यस्तै ह्युमनिटिज अन्तर्गत अंग्रेजी, नेपाली, सोसल स्टडिज एण्ड लाइफ स्किल एजुकेशन अनिवार्य विषय छन् । त्यस्तै सोसोलोजी, मास कम्युनिकेशन र रुरल डेभलपमेन्ट विषय ऐच्छिक छन् ।

    कानुन संकाय अन्तर्गत अंग्रेजी, नेपाली, सोसल स्टडिज एण्ड लाइफ स्किल एजुकेशन अनिवार्य विषय छन् भने कन्सिट्युशनल ल, जुरीस्प्रेडेन्स एण्ड ल, प्रोस्युडरल ल ऐच्छिक विषय छन् ।

    विद्यार्थीले कामना नै किन रोज्ने ?

    केआईसीले विद्यार्थीलाई थुप्रै कारणबाट आकर्षित गराउँदै आएको छ । त्यसका लागि विद्यार्थीहरूलाई पास हुनका लागि भन्दा पनि जीवन जिउने शिक्षामा जोड दिँदै आएको छ ।

    कामना कलेजका प्रमुख महेश श्रेष्ठले पास गर्नका लागि भन्दा पनि गुणस्तरीय शिक्षाका लागि कामना रोज्नुपर्ने बताए ।

    ‘प्लस टु पास गर्नको लागि कामना नै पढ्नुपर्छ भन्ने होइन, जहाँ पढे पनि पास भइन्छ । २ वर्षको प्लस टु ले विद्यार्थीहरूलाई न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा भनेर अगाडि बढिरहेका छौं,’ उनले भने ।

    थोरै पैसा नतिर्ने विद्यार्थीले गुणस्तरीय शिक्षा नपाउने भन्ने कुरा आजभोलि विद्यमान छ । गुणस्तरीय शिक्षाको हकमा कस्तो खालको शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने प्रश्न पनि आउँछ ।

    यसमा क्याम्पस प्रमुख श्रेष्ठले भने, ‘पढ्नका लागि सबैभन्दा पहिला शिक्षक/शिक्षिका अनुभवी हुनुप¥यो । विद्यार्थीलाई सबैभन्दा कन्ट्रोल गर्ने बेला पनि प्लस टु नै हो । कलेज पढिरहेको छु भन्ने मानसिकतामा रहेका विद्यार्थीहरू बिग्रिने पनि यही बेला हो । आजभोलिको विद्यार्थीलाई पिटेर, गाली गरेर हुँदैन ।’

    यस्तो अवस्थामा विद्यार्थीहरूलाई काउन्सिलिङको आवश्यकता रहेको उनको भनाइ छ । सोही आधारमा कामनाले विद्यार्थीहरूलाई काउन्सिलिङ गराउँदै आएको बताए ।

    ‘अरूलाई देखाउनका लागि वा डरले पढ्नुपर्छ भन्ने होइन । डरले चार घण्टा पढ्नु र आफ्नो रहरले २ घण्टा पढ्नुमा धेरै फरक हुन्छ । त्यसैले विद्यार्थीहरूमा मैले मेरो जीन्दगी बनाउनु छ, मेरो जिन्दगी बनाउन दिनको २ घण्टा पढे पनि हुन्छ भन्ने बुझाउनु जरुरी छ । त्यो हामी बुझाउँछौँ,’ उनले भने ।

    त्यसका लागि कामनाले मोटिभेशनल क्लास गर्ने, काउन्सिलिङ गर्ने, विद्यार्थीको मनोभावलाई बुझेर उनीहरूका समस्या पत्ता लगाई सहजीकरण गराउँदै आएको क्याम्पस प्रमुख श्रेष्ठको भनाइ छ ।

    कामनाले डिग्री मात्र नभएर नलेजलाई समेत जोड दिँदै आएको छ । ‘विद्यार्थीले पढ्यो र ग्रेडसिटमा ए प्लस ल्यायो वा बी प्लस ल्यायो भने त्यो सर्टिफिकेट भयो । तर, विद्यार्थीले आफूले जानेको कुरा २/४ जनाको बीचमा बोल्न र भन्न सक्दैन भने त्यो ग्रेडको काम छैन । त्यसकारण डिग्री एक ठाउँमा छ । ज्ञान अर्को ठाउँमा छ । डिग्रीसँगै ज्ञान पनि दिनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने ।

    अनुभवी शिक्षक÷शिक्षिकाका कारण पनि विद्यार्थीहरू कामनामा पढ्न अग्रसर हुने गरेका छन् ।

    ११ को छात्रवृत्ति १२ मा निरन्तर:

    कामनाले आर्थिक अभावमा पढ्नबाट वञ्चित नहोस् भनेर पढ्न राम्रो रहेको विद्यार्थीहरूलाई विशेष अवसर प्रदान गर्दै आएको छ । कलेजमा विद्यार्थीले सरकारद्वारा निर्धारित १० प्रतिशत अनिवार्य छात्रवृत्तिका साथै अतिरिक्त कृयाकलापमा उत्कृष्ट नतिजा निकाल्ने विद्यार्थीलाई समेत छात्रवृत्तिको व्यवस्था रहेको श्रेष्ठले बताए ।

    उनका अनुसार कक्षा ११ मा छात्रवृत्ति पाएको विद्यार्थीले १२ मा पुग्दा पनि पाउँछ । एक पटक पाइसकेको विद्यार्थीले दुई वर्षसम्म निरन्तर छात्रवृत्ति पाउने उनले बताए ।

    भौतिक पूर्वाधार:

    भौतिक पूर्वाधारको हकमा आधारभूत सम्पूर्ण व्यवस्था छ । क्याम्पस प्रमुख श्रेष्ठका अनुसार लाइब्रेरी, सेमीनार हल, होटल म्यानेजमेन्ट ल्याब, क्याफेटेरिया, कम्प्युटर ल्याब, ल्याब र कक्षाकोठा, मोर्डन टिचिङ एड्स तथा स्पोर्टको व्यवस्था छ ।

    भौतिक पूर्वाधारको हकमा विद्यार्थीलाई चाहिने बेसिक कुराहरू रहेको उनको भनाइ छ ।

    ‘क्लास रूम राम्रो छ । प्रत्येक कक्षामा सीसीटीभी छन्, प्रेक्टिकल ल्याब छन् । बेसिक कुराहरू पर्याप्त छन् । अब कसैले हामीलाई लिफ्ट चाहियो भन्यो भने त्यो हामी उपलब्ध गराउन सक्दैनौँ । सिँढी मार्फत जाने व्यवस्था भइहाल्छ । अतिरिक्त सुविधाका अलवा आधारभूत सुविधा सबै छन्,’ उनले भने ।

    होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण:

    साइन्समा एउटा सेक्सन चल्छ । तर, होटल म्यानेजमेन्टमा भने २/३ सेक्सन छन् । क्याम्पस प्रमुख श्रेष्ठका अनुसार विद्यार्थीको आकर्षण होटल म्यानेजमेन्टमा छ ।

    ‘भोलि प्लस टु सकेर विदेश जानका लागि विद्यार्थीहरू यसतर्फ केन्द्रित देखिन्छ,’ उनले भने ।

    त्यस्तै बिजनेश स्टडिज र कम्प्युटर साइन्समा पनि विद्यार्थीहरूको आकर्षण बढी रहेको उनको भनाइ छ । शुल्कको हकमा सामान्य विद्यार्थीले समेत तिर्न सक्ने खालको गरी निर्धारण गरिएको उनले बताए ।

     

    अतिरिक्त क्रियाकलापमा जोड:

    कामनाले पढाईका साथसाथै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ । पढ्नका लागि भर्ना भएका विद्यार्थीलाई पढाई मात्रै केन्द्रित नगराए उनीहरूलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिइने प्रमुख श्रेष्ठले बताए ।

    ‘पढ्न त पढ्नैपर्छ । पढाउनका लागि भर्ना गरेको भए पनि अतिरिक्त क्रियाकलापमा पनि गराइरहेका हुन्छौँ । कहिले पिकनिकमा लैजाने, कहिले हाईकिङ जाने, विभिन्न खेलकुदका कार्यक्रम गर्ने, विद्यार्थीहरूबीच विभिन्न प्रतिस्पर्धा गराउने जस्ता काम वार्षिक रूपमा निरन्तर हुन्छन्,’ प्रमुख श्रेष्ठले भने ।

    कामनामा पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा राम्रो पोजिशनमा काम गर्दै आएका छन् । देश विदेशका विभिन्न प्रतिष्ठित विश्वविद्यालयमासमेत काम गर्दै आएको उनको भनाइ छ ।

    विद्यार्थीहरूमा दुःख गर्ने बानी छैन

    कामनाले विद्यार्थीहरूलाई नजिकबाट नियाल्दै आएको छ । त्यही आधारमा उनीहरूका भित्री कुरा खोतल्ने प्रयास गर्छ । त्यो क्रममा आजभोलिका विद्यार्थीहरूमा दुःख गर्ने बानी हटेको देखिन्छ ।

    ‘आजभोलिका विद्यार्थीहरूमा पढेर दुःख गर्ने बानी हटेको छ । जसरी हुन्छ सजिलै पास हुनुपर्छ भन्ने खालको छ । हामीले काउन्सिलिङमा विद्यार्थीहरूलाई मेहनत गर्नुपर्छ, दुःख गर्न डराउनु हुँदैन भन्छौँ,’ उनले भने ।

    विद्यार्थीहरू नपढेरै पास हुन चाहन्छन् । पढाइतिर खासै ध्यान दिँदैनन् । त्यसका लागि उनीहरूलाई काउन्सिलिङको आवश्यकता रहेको र सोही आधारमा पढ्ने बानीको विकास गराउने गरेको प्रमुख श्रेष्ठले बताए ।

    पढ्न नचाहने तर, प्लस टु राम्रो ग्रेडसहित पास हुन चाहने र विदेश जान खोज्ने विद्यार्थीको संख्या बढ्दो क्रममा छ । अचेलका विद्यार्थीहरूमा प्लस टु पास गरिसकेपछि जसरी पनि विदेश जानुपर्छ भन्ने मान्यता रहने गरेको उनको भनाइ छ ।

    ‘आफूभन्दा सिनियर विदेश गएको देख्छन् । विदेशमा गएको दुःख देख्दैन्, रमाइलो देख्छन्, जसले गर्दा उनीहरूमा विदेश मोह देखिन्छ,’ क्याम्पस प्रमुख श्रेष्ठले भने, ‘नेपालमै बसेर पछि भविष्यमा के गर्ने भनेर सुनिश्चित हुँदैन । त्यो सुनिश्चत हुन्थ्यो भने बस्थे होला । सुनिश्चतता नभएकाले विदेश जाने गरेका छन् ।’

    विद्यार्थीहरू विदेशमा पढ्नका लागि भन्दा पनि जिन्दगी चलाउनका लागि जाने गरेको उनको भनाइ छ ।

     

    संक्षिप्तमा कामना:

    स्थान : स्वयम्भु, सानोभ¥याङ, काठमाडौँ ।

    विद्यालय तह : कक्षा १० सम्म ।

    प्लसटुको हकमा : साइन्स, ह्युमनिटिज, म्यानेजमेन्ट र ल ।

    स्नातक तह : बीबीएस, बीए/बीएसडब्लु ।

    प्रस्तावित शैक्षिक कार्यक्रमहरू : बीएचएम, एमबीएस, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, ल्याब टेक्निसियन र डिप्लोमा इन फार्मेसी ।

    शुल्क : सबै विद्यार्थीले तिर्न सक्ने खालको ।

    छात्रवृत्ति : सरकारले तोकेको १० प्रतिशत अनिवार्य ।(साभार)

    बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer