• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

कोसीमा राजनीतिक अस्थिरता, साढे ६ महिनामै ढले दुई सरकार


  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
  • मोरंग । कोसी प्रदेशमा निम्तिएको चरम राजनीतिक अस्थिरताका कारण साढे ६ महिनामै दुईवटा प्रदेश सरकार ढलेका छन् ।

    Advertisement

    राजनीतिक विश्लेषकहरू २ सय १ दिनभित्रमा दुईवटा सरकार परिवर्तन हुनुलाई अस्वभाविक मान्छन् । उनीहरू दल र नेताको व्यवहारले जनतामा संघीयताप्रति वितृष्णा र निराशा बढाउने काम मात्रै गरेको बताउँछन् । अस्थिरताका कारण प्रदेशसभा (संसद)को दोस्रो कार्यकाल सुरु भएको साढे ६ महिना मात्रै वित्दै गर्दा प्रदेशले ३ जना मुख्यमन्त्री पाउने परिस्थिति निर्माण भएको छ ।

    सर्वोच्च अदालतले कोसी प्रदेश सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्तिलाई बिहीबार बदर गरिदियो । सभामुख बाबुराम गौतम समेतको समर्थन लिएर मुख्यमन्त्री बनेका नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता थापा नेतृत्वको सरकार सर्वोच्चको आदेशसँगै ढलेको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले गत असार २१ गते उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    संविधानले दिएको तटस्थताको भूमिकाविपरीत सरकार गठनमा सहभागी बनेपछि सभामुख गौतम विवादित बन्न पुगे । स्वतन्त्र प्रदेशसभा सदस्य (सांसद)को हैसियतामा उनी आफैंले हस्ताक्षर गरेर थापालाई मुख्यमन्त्रीमा समर्थन गरेका हुन्। सरकार गठनमा गौतमको सहभागितालाई सर्वोच्चले स्वीकार गरेन ।

    कोसीको ९३ सदस्यीय प्रदेशसभा (संसद)मा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। ठूलो दल नेकपा (एमाले)सँग ४० र एमालेसँगै सहकार्यमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६ जना सांसद छन्। गठबन्धनमा रहेकामध्ये कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १२, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन् । एमाले-राप्रपा गठबन्धन र अर्को गठबन्धनको ४६–४६ सांसद छन् ।

    थापाले सभामुखबाहेक बहुमत (४७) पुर्‍याउनसक्ने अवस्था भएन । माओवादीबाट सांसद निर्वाचित भएका सभामुख गौतमले अलग्गै हस्ताक्षर गरेर समर्थन दिएपछि बहुमत पुर्‍याएको भनेर थापालाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । थापाको नियुक्तिलाई सर्वोच्चले अवैधानिक ठहर गरेको छ । उनी २२ दिन मात्रै पदमा रहन पाए ।

    यद्यपि, थापा इमान्दार, भद्र र नम्र स्वभावका नेता मानिन्छन् । आफू मुख्यमन्त्री बनेपछि उनले ६ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । थापाले कांग्रेसका प्रदीप सुनुवार, रामकुमार खत्री, माओवादीका जीवन आचार्य, राजेन्द्र कार्की र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूलाई मन्त्री बनाए । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिँदा अरू मन्त्री बिना विभागीय नै थिए । मन्त्रालय बाँडफाँट हुन नपाउँदै चारै जना बिदा भएका छन् ।

    संसदबाट विश्वास गुमाएपछि एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो। कार्की एमालेसहित, माओवादी, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा २०७९ पुस २४ गते प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री नियुक्त भएका थिए । जसपाले जेठ १७ र माओवादीले २३ गते समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्‍यो ।

    उनले १ सय ७४ दिनमै संसदबाट विश्वासको गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो । प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए। यस व्यवस्था अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याउने प्रदेशसभा सदस्य मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।

    असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै एमाले नेता एवं पूर्वमुख्यमन्त्री कार्कीले असार २२ गते सर्वोच्च अदालतमा रिट दायर गरे । कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले परमादेशको माग गर्दै रिट दिएका थिए। रिटमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री थापा, सभामुख गौतमलाई प्रतिवादी बनाइएको थियो ।

    न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासले कोसी सरकारविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै मुख्यमन्त्रीमा थापाको नियुक्ति बदर गरिदिएको हो । संविधानको धारा १६८ (२) बमोजिम नै असार १७ गतेभित्र नयाँ मुख्यमन्त्री नियुक्त हुने गरी प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख खापुङलाई सर्वोच्चले आदेशसमेत दिएको छ । कार्कीले मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्नलाई गरेको माग भने सर्वोच्चले अस्वीकार गरेको छ ।

    मुख्यमन्त्रीबाट पदमुक्त भएपछि थापाले सर्वोच्चको आदेश आफूलाई स्वीकार्य भएको प्रतिक्रिया दिए । आदेशप्रति आफ्नै कुनै विमती नरहेको उनले बताए। अब नयाँ सरकार गठनको प्रक्रियामा सहभागी हुने र मुख्यमन्त्रीमा कांग्रेसकै दाबी रहने थापाको भनाइ छ ।

    एमाले नेता कार्कीले भने गैरसंवैधानिक र गैरकानुनी तरिकाबाट भएको सरकार गठनलाई सर्वोच्चले अवैध ठहर गरेको बताए । ‘सर्वोच्चको आदेशबाट न्याय मरेको छैनभन्ने सन्देश गएको छ। अब सरकार गठनका लागि तोकिएको समयभित्रै बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गर्ने प्रयास गर्छु,’ उनले भने, ‘संवैधानिक र कानुनी व्यवस्था अनुसार एमाले अविचलित भएर अगाडि बढ्छ । सर्वोच्चको आदेशले कानुन र संविधानको आधारमा अगाडि बढ्न हौसला प्रदान गरेको छ ।’ सत्ताको बलमा गरिने कानुनको दुरुपयोगलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले कानुनी राज्यको परिकल्पनालाई सार्थक बनाउन भूमिका खेलेको कार्कीको भनाइ छ ।

    कोसी प्रदेशले पहिलो कार्यकालमा पनि ३ जना मुख्यमन्त्री खेपेको थियो । त्यसै त संघीयताका बारेमा जनतामा विस्तृष्णा बढिरहेका बेला प्रदेशमा स्थिर सरकार निर्माण हुन सकिरहेको छैन । सत्तामोह र भागबण्डाले दलहरू विभाजित भएर राजनीतिक अस्थिरता मौलाउँदा जनतामा निराशा छाएको राजनीतिक विश्लेषक बताउँछन् ।

    राजनीतिशास्त्रका प्राध्यापक गिरिश भट्टराई कोसी प्रदेशले साढे ५ वर्षभित्रमा ५ वटा मुख्यमन्त्री पाउनु संघीयता कसरी गुज्रिदैछभन्ने एउटा उदाहरण भएको बताउँछन् । ‘संघीयताका नाममा साह्रै अस्थिरता भयो । संघीयताबाट अघाइसकियो भन्ने ठाउँमा जनता पुगिसके,’ उनी भन्छन्, ‘जनतालाई ३ तहमध्ये प्रदेशबाट सबैभन्दा धेरै ‘सर्भिस डेलिभरी’को आश थियो । तर, प्रदेशमा स्थिर सरकार हुन सकेन ।’
    बारम्बार सरकार परिवर्तन भइरहने खेलले जनतामा नकारात्मक धारणा बढाएको राजनीतिक विश्लेषक भट्टराईले बताए । ‘हामीले हिजो ३ तहका सरकार र संविधान कार्यान्वयनको नारा दिएर संघीयता लिएर आयौं,’ उनले भने, ‘तर, संघीयता आएपछि जनता झन् चिँढिएका छन् ।’

    संघीयताको मूल मर्मलाई आत्मसात गर्दै जनतामा ‘सर्भिस डेलिभरी’ गर्नेतर्फ दलहरू केन्द्रित हुन नसक्नु व्यवस्थाकै लागि दुर्भाग्यपूर्ण भएको भट्टराईको ठम्याइ छ । ‘जनतालाई हैन, यहाँ त नेताका घरमा मन्त्री र मुख्यमन्त्री ‘डेलिभर’ भए । उनीहरूले आफूआफूमा पद ‘डेलिभर’ गरे,’ उनी भन्छन्, ‘दल र नेताले जनतालाई संघीयताको अनुभूति हुने कुनै काम गरेनन्। जनतामा संघीयता हाम्रा लागि हैन, नेता व्यवस्थापनका लागि मात्रै रहेछ भन्ने बुझाइ बढ्यो ।’

    दल र नेताकै व्यवहारले संघीयता नेता व्यवस्थापनको तह रहेछभन्ने आम बुझाइ बढेको भट्टराईको भनाइ छ । ‘संघीयता कसरी बलियो भएर गयोभन्ने उदाहरणका रूपमा भारतलाई हेरे हुन्छ । त्यहाँ केन्द्रका मन्त्रीभन्दा प्रदेशकाको भूमिका धेरै हुन्छ,’ उनले भने, ‘नेपालमा संघीयतालाई संस्थागत गर्न सकेनौं । अर्को कुरा केन्द्रले संघीयतालाई राजनीतिक प्रतिस्पर्धात्मक थलोका रूपमा लियो ।’

    केन्द्रका मन्त्रीभन्दा प्रदेशका मुख्यमन्त्री पो बढी लोकप्रिय र राजनीतिक रूपमा हाबी हुने हुन् कि भन्ने त्रास नेपाली राजनीतिमा रहेको भट्टराईले बताए ।

    शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer