• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्तनपान गराउने आमाले जान्नैपर्ने विषय


  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
  • “नानी रोयो, भोक लाग्यो होला, खुवाइहाल।”
    नानीलाई नखुवाएको धेरै बेर भयो, छिटो दूध खुवाउनुजस्ता भनाइ हामीले प्रायः सुन्ने गरेका छौं । तर नानीलाई दूध खुवाउनुपर्ने भएकाले पोषिलो खाना समयमा खानू, आराम गर्नु भन्ने कुरा भने शायद विरलै सुन्छौं । हो, बच्चाले भन्न जान्दैन र उसलाई समय-समया आमाको दूध खुवाउनुपर्छ । सुरुमा पाएको पोषिलो आहारले उसको भावी जीवनलाई प्रभाव पार्छ ।

    Advertisement

    विश्वव्यापी मान्यताप्राप्त, सर्वगुण सम्पन्न आमाको दूधको स्रोत अर्थात आमाको पोषण, स्वास्थ्यस्तर, उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे भने तुलनात्मकरुपमा कम मात्र चासो राख्ने गरेको पाइन्छ । अझ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने स्तनपानलाई पौष्टिक र स्वास्थ्यका दृष्टिकोणले भन्दा पनि परम्परागत मान्यताको रुपमा अवलम्बन गरिएको छ । स्तनपानलाई प्राथमिकता दिदाँ शिशुले यथेष्ट पौष्टिक तत्व प्राप्त गर्ने मौका पाउँछ तर आमाको खानाको खानामा उचित ध्यान पु¥याउन नसकेमा उनको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ । प्रायजसो सुत्केरी महिलामा लौहतत्व, भिटामिन ए, प्रोटिन कमी हुने अध्ययनले देखाएको छ ।

    साधारणतयाः जो कोही महिला आफ्नो बच्चालाई स्तनपान गराउन सक्षम हुन्छन् । टीबी, एड्स तथा विशेष औषधिको सेवन गरिएको अवस्थामा बाहेक अन्य साधारण अवस्थामा स्तनपान गराउन सकिन्छ । सफलताका साथ स्तनपान गराउन सुत्केरी अवस्थाबाहेक गर्भवती अवस्थामा समेत महिलाको दैनिक खानामा ध्यान दिनुपर्ने हुन्छ ।

    जति आमाको पोषणस्तर राम्रो हुन्छ, त्यति नै गुणात्मक र परिणात्मक रुपमा शिशुले आमाको दूध प्राप्त गर्न सक्छ। एकातिर आमाको स्वास्थ्यस्थिति सन्तुलित राख्न र अर्कोतिर शिशुलाई यथेष्ट दूध उपलब्ध गराउन आमाको भोजनमा साधारणभन्दा थप खानाको व्यवस्था गर्नुपर्छ। महिलाको अवस्था, उनले गर्ने कामको प्रकार हेरी दैनिक भोजनमा क्यालोरी, प्रोटिन, भिटामिन, खनिज पदार्थ थप गर्नुपर्ने हुन्छ। सुत्केरी महिलाले दैनिक आवश्यक र सन्तुलित भोजन प्राप्त गर्न सकेमा शरीर स्वस्थ राख्न मद्दत मिल्छ। साथै दूध बन्नको लागि शरीरमा जम्मा भएको पौष्टिक तत्वको पुनः पूर्ति हुनुको साथै शिशुको लागि प्रशस्त दूध उत्पादन गर्नमा पद्दत पु¥याउँछ। एक साधारण स्वस्थ दूध खुवाउने महिलाबाट करिब ६ सय मिलिलिटर प्रतिदिन दूध बन्न सक्छ। आफ्नो दैनिक पौष्टिक आवस्यकता पूरा गर्न र उल्लेखित परिणाममा दूध बन्नको लागि उनलाई दैनिक आवस्यकताबाहेक थप पोषिलो खानाको जरुरत पर्न सक्छ।

    आमाले गरेको भोजनबाट प्राप्त क्यालोरीध्ये ६० प्रतिशत क्यालोरीमात्र दूधमा रुपान्तरण हुन सक्ने भएकाले ४ सय २० क्यालोरीको लागि दैनिक थप ७ सय क्यालोरी आवस्यक पर्ने हुन्छ। यसैगरी आमाको दूधमा प्राप्त हुने ७.२ ग्राम प्रोटिनको लागि भोजनमा १४.४ ग्राम आवस्यक पर्ने हुनाले यस अवस्थामा २० ग्राम थप प्रोटिन आवस्यक पर्छ। यसैगरी दूध खुवाउने महिलाको भोजनमा दैनिक ७ सयदेखि एक हजार मि.ग्रा.सम्म क्याल्सियम थप गर्नुपर्ने हुन्छ।

    आमाको दूध बन्नका लागि शरीरको कुल क्याल्सियममध्ये करिब २ देखि ८ प्रतिशत खर्च हुने भएकाले यसको पूर्तिको लागि पनि थप क्याल्सियमको आवस्यक पर्ने हुन्छ । यदि दुइ बच्चाबीचको जन्मान्तरको दूरी कम छ भने त्यस्तो स्थितिमा आमाको शरीरमा क्याल्सियम आवश्यक मात्रामा जम्मा हुन नसक्दा पछि गएर हाड कमजोर हुने वा अस्टोपोरसिस हुने बढी सम्भावना हुन्छ ।

    शिशु जन्मदा रगत खेर जाने भएकोले यस समयमा बढी लौहतत्वको आवश्यक हुन्छ । तर स्तनपान को समयमा भने थप लौहतत्व त्यति आवश्यक पर्दैन । सुत्केरी अवस्थामा गर्भवती अवस्थामा भन्दा कम लौहतत्व भए पुग्ने हुन्छ । प्रायः प्रशस्त स्तनपान गराउन्जेलसम्म केही महिना महिनावारी नहुने र महिनावारी सुरु भएपछि भने थप लौहतत्व आवश्यक पर्ने हुन्छ । भिटामिन ए, बी, सी, फोलिक एसिडको हकमा भने यस अवस्थामा थप आवस्यक पर्दछ ।

    यस प्रकार आामाको खानाले उनको शरीरबाट उत्पन्न हुने दूधको गुण र परिमाणमा प्रभाव पर्ने भएकाले यस अवस्थामा सकेसम्म उचित भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ । हुन त कमजोर आर्थिक अवस्था भएको, उचित भोजन प्राप्त गर्न नसकेको अवस्थामा पनि महिलाले आफ्नो बच्चालाई स्तनपान गराउन सक्छिन् । यस्तो स्थितिमा आमाको शरीरका कोषहरुमा जम्मा भएका तत्वहरु प्रयोग भई दूध बन्ने भएकाले आमाले आफ्नो शिशुलाई स्तनपान गराउन सामध्र्य त हुन्छिन् तर उनको शरीरमा बिस्तारै पौष्टिक तत्वको अभावबाट स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ। यस्तो स्थितिमा प्राप्त भएको आमाको दूधको आयतन कम हुने तथा परिमाणमा समेत कम हुन सक्छ । शक्तिभन्दा पनि भिटामिन बी१२, सी, थायमिनको परिमाणलाई आमाको खानाले बढी प्रभाव पार्छ । यदि आमाको खानामा उल्लिेखित भिाटामिनको कमी छ भने शिशुमा यी तत्वहरुको अभाव हुने धेरै सम्भावना हुन्छ । यसैगरी जिंक र आयोडिनको अभाव छ भने पनि शिशुले पर्याप्त यी खनिज तत्वहरु प्राप्त गर्न नसकी उसको वृद्धि विकासमा असर पर्ने हुन्छ ।

    आमाको दूधमा शिशुको सर्वाङ्ग विकासको लागि चाहिने सम्पूर्ण तत्वहरु हुन्छ । यसले आमाको स्वास्थ्य पनि सकारात्मक प्रभाव पार्ने हुन्छ जस्तै स्तनपान गराउँदा आमाको शरीरबाट निस्कने एक प्रकारको हर्मोन अक्सिटोक्सिनले पाठेघरको मांसपेशी खुम्च्याउने, चाँडो रक्तस्राव रोक्ने, पहिलेको शारीरिक बनावट र तौल कायम गर्ने, आमा र शिशुबीच बलियो भावनात्मक सम्बन्ध कायम राख्न मद्दत पु¥याउने हुन्छ । त्यसैले गर्भवती अवस्थाबाहेक सुत्केरी अवस्थामा समेत आमाको दैनिक भोजनकने उचित व्यवस्था गर्नुपर्छ। यसबाहेक घर परिवारबाट पूर्ण सहयोगका साथै उचित वातावरण उपलब्ध गराउन सकेमा अवस्य पनि सफलताका साथ महिलाले आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन् । (डा जया प्रधान, पोषणविद्)

    बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer