• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आँखा पाक्ने रोग लागिहाले के गर्ने?


  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
  • मौषम परिवर्तनसँगै वर्षा याममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ। कतियय विद्यालयहरुका सबैजसो बालबालिका, शिक्षक, अफिसका कर्मचारी, बैंक तथा वित्तिय संस्थामा काम गर्ने प्राय मानिसहरुमा पाइएको छ । विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ । धेरैजसो बालबालिकाहरुमा महामारीकै अवस्था पनि छ । यसको मतलव यो होइनकी बालबालिकामा मात्र हुन्छ, जुनसकै उमेर समूह, महिला-पुरुष सबै उमेर समूहका मानिसमा हुन्छ ।

    Advertisement

    एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनामा हुन सक्छ । पुरै घरको सदस्यहरुमा पनि हुन सक्छ । हरेक वर्ष मौषम परिवर्तनको समयमा धेरैजसो वर्षायाममा यो रोग देखिने गर्दछ । वर्षायाममा यसको किटाणु सक्रिय हुने गर्दछ । ब्याक्टेरिया, भाइरल र एलर्जी यो रोग हुने मुख्य कारणहरु हुन् ।

    प्रमुख लक्षणहरु
    १) एक्कासी एउटा आँखा अथवा दुवै आँखा रातो हुने
    २) आँखा धेरै चिलाउने तथा आँखा टाँसिने
    ३) आँखाबाट बारम्बार पानी बगिरहने
    ४) आँखामा कचेरा लाग्ने तथा टाँसिने
    ५) आँखाबाट आँसु बगिरहने
    ६) आँखा सुन्निने
    ७) आँखाले घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने तथा धमिलो देख्ने पनि हुनसक्छ।
    ८) कहिलेकाँही रुघा खोकी लाग्न सक्छ।
    ९) कान तथा घाँटीको छेउमा सुनिन पनि सक्छ।

    यस्तो समस्या भएमा के गर्ने?
    १. पटक पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ तर आँखा भित्र पानी पार्नु हुँदैन ।
    २. आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात सफा गर्ने
    ३. आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुटाछुट्टै राख्ने । अरुलाइ प्रयोग गर्न तथा छुन नदिने
    ४. सके सम्म सगै नसुत्ने भिड भाड हुने ठाउहरुमा नजाने
    ५. आफू सुतेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने धुने
    ६. कालो चस्माको प्रयोग गर्ने
    ७. टिभीको रिमोट, मोबाइल, ल्यापटप सबै जसोले प्रयोग गर्दछौं, घरमा सबैको लागि साझा पनि हुन र यी कुराहरु हामीले सफा पनि गर्न सक्दैनौं। यी सामानहरु सबैले छुने हुनाले एकबाट अर्को व्यक्तिमा सजिलै सर्ने प्रमुख कारण यो पनि हो।

    गलत धारणा
    यस्ता लक्षण भएका मानिसको आँखामा हेर्दा, आँखामा आँखा जुधाउँदा, सँगै बस्दा, कुराकानी गर्दा, सँगै खाना खाँदा सर्छ भन्ने गलत धारणा छ । यसो गर्दा एक मानिसबाट अर्को मानिसमा सर्दैन । जबसम्म रोग निम्त्याउने किटाणु कुनै न कुनै माध्यमबाट अर्को मानिसको आँखासम्म पुग्दैन तबसम्म सर्दैन ।

    उपचार तथा सावधानी
    यदि कसैमा यस्तो किसीमकोझ आँखामा समस्याहरु देखा परेमा आत्तिनु हुँदैन, सानो सावधानी अपनाउदा ठूलो समस्याबाट बच्न सकिन्छ ।

    साधरणजसो यसको असर दुई हप्ता जति रहन सक्छ । तर कसै कसैमा लामो समयसम्म पनि रहन सक्छ । आँखाको नानीमा असर गर्न पनि सक्छ, आँखाको नानीमा असर गर्यो भने घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गार्हो हुन्छ । आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्यासम्म पनि गराउन सक्छ । आँखाको दृष्टि कम हुने तथा घाममा हेर्न नसक्ने जस्ता लक्षणहरु पनि हुन सक्दछ ।

    यस्तो समस्या देखिएमा तथा घरमा कसैलाई भएमा सावधानी अपनाउनु पर्दछ । नजिकको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गई उपचार गराइ चिकित्सक तथा स्वास्थ्यकर्मीले भने अनुसार गर्नु पर्दछ । जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन । जथाभावी औषधिको प्रयोगले आँखामा नराम्रो असर गर्न सक्छ । तसर्थ चिकित्सकको सल्लाह बमोजिम मात्र औषधिको प्रयोग गर्नुपर्दछ ।

    घरको दुई मानिसको औषधि एकै किसिमको हुन पनि सक्छ, एकै किसिमको भएपनि अलग अलग प्रयोग गर्ने अलग अलग ठाउँमा राख्ने गर्नु पर्दछ । औषधि लगाइसकेपछि हरेक पटक राम्रोसँग साबुन पानीले हात धुनु पर्दछ । यस्ता लक्षणहरु देखा परेमा तुरुन्त नजिकका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गएर चेक जाँच गराउनु पर्दछ । डाक्टरको सल्लाह बिना कुनै पनि प्रकारका औषधिहरुको प्रयोग गर्नु हुँदैन । कहिलेकाँही सानोतिनो गल्तीले ठूलो समस्या निम्तियाउन सक्छ । त्यसैले समयमै उपचारको बाटोमा जानू पर्दछ यसले गर्दा समयको बचत, पैसाको बचत साथै ठूलो समस्या हुनबाट जोगिन सकिन्छ ।
    (लेखक ,दृष्टि आँखा अस्पतालमा कार्यरत छन्।)

    बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer