• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ललिता निवास प्रकरणमा प्रहरीले हिरासतमा लिएका “भाग्यमानी” व्यवसायी गुरुङ टिचिङको ‘भीआइपी’ क्याबिनमा!


  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
  • काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएका व्यवसायी मीनबहादुर गुरुङ एक महिनादेखि शिक्षण अस्पतालमा रहेका छन् । उनी अस्पतालको ‘भीआइपी क्याबिन’ (डिलक्स क्याबिन)मा रहेको त्यहाँस्थित एक चिकित्सकले जानकारी दिए ।

    Advertisement

    ६९ वर्षका गुरुङले आफू सुगर र प्रेसरको बिरामी भएको बताएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । तर, उनलाई अस्पतालमा भर्ना भने श्वासप्रश्वास विभागले लिएको देखिएको छ ।

    अस्पतालमै रहेका बेला बिहीबार उनले मोतियाबिन्दुको अप्रेसनसमेत गराएका छन् । उक्त अप्रेसनका लागि लामो समय अस्पतालमा बस्नु नपर्ने चिकित्सकहरु बताउँछन् । गाउँघरमा आयोजना हुने शिविरमासमेत मोतियाबिन्दुको अप्रेसन गरेर घर पठाउने प्रचलन छ ।

    प्रहरी हिरासत छल्न उच्च पदस्थ कर्मचारी, व्यापारी र नेताहरुले उपचारको बहाना बनाउने गरेका छन् । त्यसैको निरन्तरता अहिले पनि देखिएको हो ।

    शिक्षण अस्पतालमा विशेष व्यक्तिको उपचारका लागि दुईटा क्याबिनको व्यवस्था गरिएको छ । राजाको समयमा दरबारका लागि व्यवस्था गरिएका ती डिलक्स क्याबिन गणतन्त्रपछि भने पैसा तिर्नसक्ने जोसुकै बिरामीले पाउने गरेका छन् ।

    अस्पतालका निर्देशक डा दिनेश काफ्लेका अनुसार ‘भीआइपी’ भनेर निश्चित मापदण्ड तोकिएको छैन । जसले पैसा तिर्न सक्छन्, उनीहरु त्यसको सेवा लिन सक्छन् । त्यसैले ती दुई क्याबिनलाई डिलक्स क्याबिन भनिने गरेको उनले बताए । पैसा हुनेले लिन सक्ने व्यवस्था गरिएका कारण वीर अस्पतालमा रहेका ‘भीआइपी क्याबिन’ जस्तो खाली भने नरहने बताइएको छ । महिनामा दुईचार दिनबाहेक सधैं उक्त क्याबिनमा बिरामी रहने डा काफ्लेले जानकारी दिए ।

    अस्पतालसँग ५०१ मेडिकल र ६०१ सर्जिकल गरी दुईटा त्यस्ता क्याबिन रहेका छन् । जहाँ दुईटा कोठा, दुईटा ट्वाइलेट र एउटा लबीको व्यवस्था छ । गुरुङ असार १२ गते पक्राउ परेका हुन् । उनी त्यही दिन उपचारका लागि अस्पताल पुर्‍याइएका थिए । प्रहरीको नियन्त्रणमा पुगेकाहरुको उपचारका लागि केन्द्रीय कारागारमा कारगार अस्पताल समेत रहेको छ । सरकारी खर्चमा उपचार गराउन चाहनेहरुलाई त्यहिँ वा त्यसको सिफारिसमा अन्य सरकारी अस्पतालमा उपचार हुने गरेको छ। निजी खर्चमा उपचार गर्न चाहनेले प्रहरीमा निवेदन दिएर आफूखुशी अस्पताल रोज्न पाउँछन् । प्रहरीले त्यसका लागि सुरक्षाको ग्यारेन्टी भने गर्नुपर्छ ।

    गुरुङमाथि बालुवाटारस्थित ललिता निवासभित्र रहेका जग्गा ८ जनालाई बिक्री गरेको अभियोग छ । जग्गा खरिद गरेका व्यक्तिहरु अभिताम्भ तुलाधर, नुतन श्रेष्ठ, डिम्पल वंशल, सरिता मानन्धर, नीतु गुरुङ, प्रविण ताम्राकार, भारती पाण्डे र अच्युतराज श्रेष्ठले गुरुङबाट बालुवाटारमा जग्गा किनेको बयान अख्तियार दुरुपयोग अनुसन्धा आयोगलाई दिएका छन् ।

    अख्तियारलाई दिएको बयानमा गुरुङले भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा बालुवाटारमा ४ र ५ कित्ता जग्गाहरु विभिन्न व्यक्तिबाट खरिद गरेको बताएका छन् । उनले केही कित्ता जग्गा प्रधानमन्त्री निवास विस्तारका क्रममा मन्त्रिपरिषद्को निर्णयबाट सट्टा भर्नाबाट आएको पनि बयानमा उल्लेख गरेका छन् ।

    बालुवाटार जग्गा किनबेचमा मुछिएका पहलमान गुरुङ मीनबहादुरका भाइ हुन्। उनकी श्रीमती सरला पनि यो मुद्दामा जोडिएकी छन् । सरलाले बैकुण्ठ शर्मा रेग्मीबाट जग्गा किनेको भए पनि कति रकममा किनेको हो थाहा नभएको बयान अख्तियारसमक्ष दिएकी छन् ।

    यही प्रकरणमा मुछिएर पक्राउ परेका सुधीर शाह, धर्मप्रसाद गौतम, सिद्धिका खेतान र कलाधर देउजा पनि अस्पतालमै रहेका छन् । उनीहरुमध्ये कति पक्राउ पर्नुअघि पनि नियमित उपचारमा रहेको पाइएको प्रहरीले जनाएको छ । यी चारजनाको उमेर नै ७० वर्ष माथि रहेका कारण उमेरजन्य स्वास्थ्य समस्या कारण चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर अनुसन्धान गर्नुपरेको प्रहरीको भनाइ छ ।

    बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer