काठमाडौं । कामना स्कुल/कलेजले आज कक्षा ११ का नव आगन्तुक बिद्यार्थीहरुका लागी ओरेन्टेसन कार्यक्रम संचालन गरेको छ।
सानो भर्याङग स्थित, २०६५ मा स्थापित कामना ईन्टरनेशनल स्कुल/ कलेजले आफ्ना बिद्यार्थीहरुका लागी बाहिरी ज्ञान दिने उदेश्यले समय-समयमा बिबिध कार्यक्रम गर्दै आएको छ। पढ्ने र पढाउने बाहेक अरु बिबिध बाहिरी कार्यक्रमका माध्यमबाट पनि बिद्यार्थीलाई प्रशस्त ज्ञान दिलाउन सकिने बिद्यालयका एकेडेमिक डाईरेक्टर लक्ष्मण पाण्डेले बताउनु भयो। साथै उहांले कामनामा विद्यार्थीळाई किताब मात्र पढाउने नभएर पाठ्यक्रमले निर्धारण गरेको शैक्षिक उपलब्धि हासिल गराई दक्ष र अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने उच्च जनशक्ति उत्पादन गरिने कुरा बताउनुभयो । व्यावहारिक र वातानुकूलित शैक्षिक क्रियाकलापबाट मात्र विद्यार्थीको शैक्षिक उपलब्धि हासिल हुने हुँदा यश कार्यमा कलेज व्यवस्थापन सधैँ क्रियाशील भएको कुरा बताउनुभयो ।
कार्यक्रममा मोटिभेसनल स्पिकर चर्चित बक्ता रमेश प्रसाईद्वारा बिद्यार्थीहरुलाई बिभिन्न उदाहरण दिदै हरेक ब्यक्तिसंग केहि न केहि खुबी रहेको र त्यो खुबि नै अन्ततः तपाईको सफलता हुने भन्दै बिद्यार्थीहरुलाई सफल जिवनको शुभकामना दिनु भयो। कामना स्कुल/कलेज शैक्षिक क्षेत्रकै अग्रणी संस्था रहेको र यस संस्थामा जोडिन पाउनु भएकोमा तपाईहरु निक्कै भाग्यमानी हुनुहुन्छ भन्दै उहाले कामना परिवार र सम्पुर्ण बिद्यार्थीहरुलाई हृदय देखि शुभकामना दिनु भएको थियो।
कार्यक्रममा कलेजका क्यामपस चिफ महेश श्रेष्ठले विभिन्न उदाहरण दिँदै विद्यार्थीको सर्वाङ्गीण बौध्दिक विकासका लागि अतिरिक्त क्रियाकलापको पनि उत्तिकै महत्व रहने तर विद्यार्थीले बढी प्राथमिकता पढाइमा नै दिनुपर्ने कुरा बताउदै उहाँले थप्नुभयो, कामनाले विद्यार्थीलाई आत्ममूल्याङ्कन गरी शिक्षकले देखाएको मार्गमा हिँड्न उत्प्रेरित गर्ने छ ।
प्रमुख अतिथी नागार्जुन नपा १ का सदस्य राम प्रसाद खनाल र कार्यक्रम संचालन कामना स्कुलका प्रिन्सिपल नवराज पाण्डेले गर्नु भएको थियो भने, पदम प्रसाद भट्टराईले कार्यक्रमको सभापतित्व गर्नु भएको थियो । कार्यक्रममा कामना फाउन्डेसनका सम्पुर्ण सदस्यहरुको उपस्थिती थियो ।
बिद्यार्थीहरुका तर्फबाट कार्यक्रमको बिचमा बिभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो ।







