• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

पौष्टिकताले भरिपूर्ण काजू एक दिनमा कति खाने ?


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • काठमाण्डौं । ड्राई फ्रुट्समा काजू अत्यधिक रुचाइन्छ । स्वादिलो हुनुका साथै यसले स्वास्थ्यमा पनि अचम्मको फाइदा पु¥याउँछ । कतिपयलाई काजू यति मन पर्छ कि एकै पटक १०-१५ पनि खाइदिन्छन् । यद्यपि, कुनै पनि कुरा सीमित मात्रामा र सही समयमा खाँदा मात्रै बढी लाभ मिल्छ । कोहीलाई काजु थोरै भुटेर खान मन पर्छ भने कतिलाई यत्तिकै । काजूको प्रयोग खीर, सेवइ, हलुवा, मिठाई आदिमा बढी हुने गर्छ । यद्यपि, काजू कति मात्रामा खाने र कहिले खाने भन्नेबारे पनि थाहा पाउनु उत्तिकै जरुरी छ ।

    Advertisement

    काजूमा पाइने पौष्टिक तत्त्व

    काजूमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, भिटामिन ए, सी, ई, के, बी६, नियासिन, रिबोफ्लेभिन, कपर, फस्फोरस, हेल्दी फ्याट, पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छन् । यी सबै पोषण स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छन्, जसले धेरै रोगहरूलाई टाढा राख्छ । शरीरलाई स्वस्थ राख्छ ।

    एक दिनमा कति काजू खाने ?

    फिसरइन्स्टिचुट डट कममा प्रकाशित समाचार अनुसार काजूको अत्यधिक सेवनले तौल बढ्न सक्छ । त्यसैले तपाईंले दैनिक ५ देखि १० वटा काजु मात्रै खानुहोस् । यदि तपाईं हेल्दी फ्याट र प्रोटिनको स्रोतको रूपमा यसका सेवन गर्दै हुनुहुन्छ भने तपाईंले १० देखि ३० वटा काजू खान सक्नुहुन्छ । यद्यपि, तपाईंले कुनै विज्ञ वा डायटिसियनसँग यसबारे सल्लाह लिएर मात्रै काजू खाँदा राम्रो हुन्छ ।

    काजू कति वटा खानुलाई बढी मान्ने ?

    एक दिनमा ४० भन्दा बढी काजू खानु अस्वस्थकर मानिन्छ । यद्यपि, खेलाडीहरूले ३०-४० वटा काजू खान सक्छन् किनभने उनीहरूको मेटाबोलिजम उच्च हुन्छ । उनीहरुले साधारण मानिसको तुलनामा शारीरिक परिश्रम पनि बढी गर्ने भएकोले साधारण मानिसभन्दा अलि बढी खान सक्छन् ।

    काजू खानुका फाइदा

    काजूमा अनस्याचुरेटेड फ्याट र केही आवश्यक खनिजहरू जस्तै तामा, म्याग्नेसियम, जिङ्क, फलामका साथै भिटामिन के, ई र बी भिटामिनहरू हुन्छन् । केही अध्ययनले बताए अनुसार काजूजस्ता नट्सको सेवनले रक्तचाप र कोलेस्ट्रोलको स्तर कम हुन्छ । यसले मुटुरोगको सम्भावना निकै हदसम्म कम हुनसक्छ । यसबाहेक काजूमा पाइने केही भिटामिन र मिनरल्स जस्तै पोटासियम, भिटामिन ई, भिटामिन बीसिक्स र फोलिक एसिडले कडा रोगको सम्भावनालाई निकै हदसम्म कम गर्छ ।

    काजू धेरै खानुका बेफाइदा

    यदि तपाईं दिनमा १० वटा भन्दा बढी काजू खानुहुन्छ भने, यसले शरीरलाई धेरै हानि पुर्‍याउन सक्छ । धेरै काजू खाँदा तौल बढ्न सक्छ । यसका साथै टाउको दुख्ने, एलर्जी, चिलाउने, बान्ता हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, पेट फुल्ने आदि समस्या पनि देखा पर्न सक्छन् । नट्ससँग एलर्जी भएकाहरूले पनि यसलाई खानु हुँदैन । यसमा क्यालोरी र फ्याट बढी हुन्छ, यस्तो अवस्थामा यसको धेरै मात्रामा सेवन गर्दा तौल बढ्ने खतरा हुन्छ । यदि तपाईं तौल नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ भने, यसलाई सीमित मात्रामा सेवन गर्नुहोस् । ५-१० खाँदा तौल बढ्दैन, किनभने यसमा गुड फ्याट हुन्छ । यदि तौल बढाउन चाहनुहुन्छ भने दैनिक ३०-४० ग्राम खानु प्रभावकारी हुनसक्छ ।

    काजू खाने सही तरिका के हो ?

    यदि तपाईंलाई काजू खान धेरै मन पर्छ भने यसलाई पानीमा भिजाएर खानु राम्रो हुन्छ । यसलाई राती भिजाएर बिहान खानुहोस् । यसको प्रभाव तातो हुने भएकाले गर्मीमा सीमित मात्रामा मात्रै खानुहोस् । मदिरासँग काजू कहिल्यै नखानुहोस् । यसो गर्नाले कोलेस्ट्रोलको स्तर उच्च हुन सक्छ ।

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer