☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

उच्च रक्तचाप नियन्त्रणको लागि अपनाउनुहोस निम्न सरल उपायहरु


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • सर्वप्रथम उच्च रक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ । उच्च रक्तचापको नियन्त्रणको लागि अपनाउनुहोस निम्न सरल उपायहरु:-

    Advertisement

    १.धुम्रपान बन्द गर्न: यदि तपाँई धुम्रपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।

    २. मोटोपना घटाउनुपर्छ: यदि तपाँईमा मोटोपनाको समस्या छ भने कम्तीमा १० प्रतिशत तौल घटाउनुपर्छ ।

    ३.शारीरिक गतिविधि: यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।

    ४.मदिरा सेवनलाई नियन्त्रण: यदि तपाईँमा मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन गर्नुहुँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।

    ५.नुन कम: यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नुन कम खानुपर्छ ।

    ६.तनाव कम: उच्च रक्तचाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय तपाईँमा मानसिक तनाव छ भने तनाव कम गर्नुपर्छ ।

    ७.पोटासियमयुक्त खाना धेरै खानुपर्छ: पोटासियम(K+) बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ । केरा र अन्य ताजा फलफुलमा पनि पोटासियम बढी पाइन्छ ।

    ८.ताजा फलफूल नियमित खानुपर्छ: ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ् राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।

    ९.प्रशस्त हरियो सागसब्जी खानुपर्छ: प्रतिदिन नियमित २, ३ चोटि हरियो सागसब्जी खानुपर्छ ।

    १०.माछाको प्रयोग फाइदाजनक मानिन्छ: हप्तामा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।

    उच्च रक्तचापको नियन्त्रण जरुरी हुन्छ । रक्तचाप जति कम हुन्छ त्यति नै राम्रो मानिन्छ । यदि तपाईँ औषधि खाईराख्नु भएको छ भने रक्तचाप झन नियन्त्रणमा हुनुपर्छ । जुनसुकै बेला रक्तचाप १४०/९० भन्दा कम हुनुपर्छ ।रक्तचाप १२०/ ८० भन्दा कम भएमा भने राम्रो हुन्छ । कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ । त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ । जीवनशैलीमा थप परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । मुटुरोगीहरुको रक्तचापको नियन्त्रण त झन राम्रो हुनुपर्छ। (डा. ओममूर्ति अनिल वरिष्ठ मुटुराेग विशेषज्ञ ब्लगबाट साभार)

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer