• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्वास्थ्यबर्द्धक ओट्स, बनाउने कसरी


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • पछिल्लो समय सर्वत्र पाइने ओट्स बिहानको सजिलो र स्वास्थ्यवर्द्धक खाजा हो । स्वास्थ्यलाई राम्रो र स्वादमा मीठो भएरै यसको प्रचलन बढ्दो छ । यसमा शक्ति दिने, तन्तुहरूको मर्मत/सम्भार गर्ने र रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ । यसमा प्रोटिन पनि धेरै हुन्छ । खनिज तत्व, पोटासियम, कपर, म्याग्नेसियम, फस्फोरस, फलाम तत्व, जिंक, भिटामिन ‘बी १’, ‘बी २’, ‘बी ३’, ‘बी ६’, ‘बी ९’ र फाइबरलगायतका पौष्टिकतत्व पनि यसमा पाइन्छ ।अरू अन्नको तुलनामा ओट्समा क्यालोरी बढी पाइन्छ । चिसो मौसममा यो खान बढी उपयुक्त मानिन्छ ।
    पौष्टिकतत्वको मात्रा (प्रति १०० ग्राममा)

    Advertisement

    क्यालोरी : ३७४ किलो क्यालोरी

    कार्बोहाइडेट : ७२.८ ग्राम

    प्रोटिन : १३.६ ग्राम

    चिल्लो पदार्थ : ७.६ ग्राम

    रेसा (फाइबर) : ७.६६ ग्राम

    फस्फोरस : ३८० मिलि ग्राम

    फलाम तत्व : ३.८ मिलि ग्राम

    क्याल्सियम : ५५ मिलि ग्राम

    सोडियम : ३३ मिलि ग्राम

    म्याग्नेसियम : ११० मिलि ग्राम .

    पोटासियमः ३७० मि.ग्रा.

    बी १ : ०.९८ मिलि ग्राम

    बी २ : ०.१६ मिलि ग्राम

    बी ३ : १.१ मिलि ग्राम

    बी ६ : ०.२० मिलिग्राम

    फाइदाहरू :

    क्यालोरी : अरू अन्नको तुलनामा ओट्समा क्यालोरी बढी पाइन्छ । चिसो मौसममा यो खान बढी उपयुक्त मानिन्छ । किनभने मानिसलाई अरुबेलामा भन्दा जाडो मौसममा बढी क्यालोरीको आवश्यक पर्छ । मोटोपन भएकाहरूका लागि बढी क्यालोरी दिने खानेकुरा उपयुक्त हुँदैनन् । तर मात्रा मिलाएर थोरै मात्रामा यो खान सकिन्छ । विशेषत : ओट्स ब्रेकफास्टमा खाने गरिन्छ । जाडोमा दैनिक आवश्यक पर्ने क्यालोरीको १० देखि २० प्रतिशतसम्म खाइने भएकाले ओट्स प्रयोग गर्नु स्वास्थ्यवर्द्धर्क मानिन्छ । अरु बेला कम क्यालोरी भएको खानाको छनोट गर्नुपर्छ ।

    प्रोटिन : ओट्समा अरु अन्नभन्दा बढी मात्रामा प्रोटिन पाइन्छ । प्रोटिनले शरीरबाट निकाल्ने रस (इन्जाइम, हर्मोन) उत्पादनमा मद्दत गर्छ । साथै तन्तुहरूको मर्मत गर्छ । रक्तचाप, अल्सर, घाउ, संक्रमणको अवस्थामा, डाइबेटिक, थाइराडिज्म, ज्वरोमा प्रोटिनको मात्रा बढी आवश्यक हुन्छ ।

    रेसा (फाइबर) : ओट्समा पाचनक्रिया ठीक राख्ने धेरै रेसा पाइन्छन् । विशेषतः कब्जियत, कोलेस्टेरोल, प्रेसर, थाइराइड, मुटुको रोग र ठूलो आन्द्राको क्यान्सरजस्ता रोग अव्यवस्थित पाचन प्रक्रियाका कारणबाट हुने भएकाले ओट्सको उपभोगले शरीरलाई फाइदा पुर्‍याउँछ । यी रोगविरुद्ध लड्न सघाउँछ ।

    स्टार्च : ओट्समा प्रशस्त मात्रामा स्टार्च पाइन्छ । स्टार्चमा पाइने गम तातोपानीमा छिटो घुलिन्छ । यो चिप्लो हुने भएकाले सजिलै पचाउन सकिन्छ । यसले प्रेसर, सुगर घटाउन मद्दत गर्छ ।

    मिनेरल्स : ओट्समा मिनेरल्स प्रशस्त पाइने भएकाले यसले शरीरमा इलेक्टोलाइट्सलाई सन्तुलन गर्छ, रक्तचाप व्यवस्थित गर्छ र मधुमेह बढ्न दिँदैन ।

    प्रकार र पकाउने तरिका

    सिंगो गेडा ओट्स : ओट्सको छनोट गर्दा सकेसम्म सिंगो गेडा भएको ओट्स छान्नुपर्छ । यसलाई पानीमा भिजाउने र दूध वा पानीमा उमालेर भात बनाएजस्तै गरी पकाउनुपर्छ । पाकेपछि स्वादका लागि गुलिया फलफूल, ड्राइ नट्स राखी खान सकिन्छ ।

    तयारीे ओट्स : यस्तो ओट्स चिउराजस्तै हुन्छ । यसलाई उमालेको दूध वा पानीमा राखी छिटो तयारी नास्ता बनाउन सकिन्छ । यसमा दूधको साटो तातोपानी राखी काजु, पेस्ता, दाख, ओखर र गुलिया फलफूल मिसाएर खान सकिन्छ । गाई/भैंसीको दूध उपलब्ध नभएमा भटमास, बदाम, ठूलो बदाम र तिल भिजाई पिसेर प्रयोग गर्न सकिन्छ । यसरी बनाइएको पदार्थमा बढी मात्रामा प्रोटिन, भिटामिन, मिनरल्स हुन्छन् । यसमा दूध र फलफूल मिसाएर खाँदा बढी पोसिलो र मीठो हुन्छ । यसमा क्यालोरी, फ्याट, प्रोटिन, भिटामिन र मिनरल्स प्रशस्त मात्रामा पाइने भएकाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि सघाउँछ ।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer