☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

स्वास्थ्यबर्द्धक ओट्स, बनाउने कसरी


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • पछिल्लो समय सर्वत्र पाइने ओट्स बिहानको सजिलो र स्वास्थ्यवर्द्धक खाजा हो । स्वास्थ्यलाई राम्रो र स्वादमा मीठो भएरै यसको प्रचलन बढ्दो छ । यसमा शक्ति दिने, तन्तुहरूको मर्मत/सम्भार गर्ने र रोगप्रतिरोधात्मक क्षमता बढाउन आवश्यक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ । यसमा प्रोटिन पनि धेरै हुन्छ । खनिज तत्व, पोटासियम, कपर, म्याग्नेसियम, फस्फोरस, फलाम तत्व, जिंक, भिटामिन ‘बी १’, ‘बी २’, ‘बी ३’, ‘बी ६’, ‘बी ९’ र फाइबरलगायतका पौष्टिकतत्व पनि यसमा पाइन्छ ।अरू अन्नको तुलनामा ओट्समा क्यालोरी बढी पाइन्छ । चिसो मौसममा यो खान बढी उपयुक्त मानिन्छ ।
    पौष्टिकतत्वको मात्रा (प्रति १०० ग्राममा)

    Advertisement

    क्यालोरी : ३७४ किलो क्यालोरी

    कार्बोहाइडेट : ७२.८ ग्राम

    प्रोटिन : १३.६ ग्राम

    चिल्लो पदार्थ : ७.६ ग्राम

    रेसा (फाइबर) : ७.६६ ग्राम

    फस्फोरस : ३८० मिलि ग्राम

    फलाम तत्व : ३.८ मिलि ग्राम

    क्याल्सियम : ५५ मिलि ग्राम

    सोडियम : ३३ मिलि ग्राम

    म्याग्नेसियम : ११० मिलि ग्राम .

    पोटासियमः ३७० मि.ग्रा.

    बी १ : ०.९८ मिलि ग्राम

    बी २ : ०.१६ मिलि ग्राम

    बी ३ : १.१ मिलि ग्राम

    बी ६ : ०.२० मिलिग्राम

    फाइदाहरू :

    क्यालोरी : अरू अन्नको तुलनामा ओट्समा क्यालोरी बढी पाइन्छ । चिसो मौसममा यो खान बढी उपयुक्त मानिन्छ । किनभने मानिसलाई अरुबेलामा भन्दा जाडो मौसममा बढी क्यालोरीको आवश्यक पर्छ । मोटोपन भएकाहरूका लागि बढी क्यालोरी दिने खानेकुरा उपयुक्त हुँदैनन् । तर मात्रा मिलाएर थोरै मात्रामा यो खान सकिन्छ । विशेषत : ओट्स ब्रेकफास्टमा खाने गरिन्छ । जाडोमा दैनिक आवश्यक पर्ने क्यालोरीको १० देखि २० प्रतिशतसम्म खाइने भएकाले ओट्स प्रयोग गर्नु स्वास्थ्यवर्द्धर्क मानिन्छ । अरु बेला कम क्यालोरी भएको खानाको छनोट गर्नुपर्छ ।

    प्रोटिन : ओट्समा अरु अन्नभन्दा बढी मात्रामा प्रोटिन पाइन्छ । प्रोटिनले शरीरबाट निकाल्ने रस (इन्जाइम, हर्मोन) उत्पादनमा मद्दत गर्छ । साथै तन्तुहरूको मर्मत गर्छ । रक्तचाप, अल्सर, घाउ, संक्रमणको अवस्थामा, डाइबेटिक, थाइराडिज्म, ज्वरोमा प्रोटिनको मात्रा बढी आवश्यक हुन्छ ।

    रेसा (फाइबर) : ओट्समा पाचनक्रिया ठीक राख्ने धेरै रेसा पाइन्छन् । विशेषतः कब्जियत, कोलेस्टेरोल, प्रेसर, थाइराइड, मुटुको रोग र ठूलो आन्द्राको क्यान्सरजस्ता रोग अव्यवस्थित पाचन प्रक्रियाका कारणबाट हुने भएकाले ओट्सको उपभोगले शरीरलाई फाइदा पुर्‍याउँछ । यी रोगविरुद्ध लड्न सघाउँछ ।

    स्टार्च : ओट्समा प्रशस्त मात्रामा स्टार्च पाइन्छ । स्टार्चमा पाइने गम तातोपानीमा छिटो घुलिन्छ । यो चिप्लो हुने भएकाले सजिलै पचाउन सकिन्छ । यसले प्रेसर, सुगर घटाउन मद्दत गर्छ ।

    मिनेरल्स : ओट्समा मिनेरल्स प्रशस्त पाइने भएकाले यसले शरीरमा इलेक्टोलाइट्सलाई सन्तुलन गर्छ, रक्तचाप व्यवस्थित गर्छ र मधुमेह बढ्न दिँदैन ।

    प्रकार र पकाउने तरिका

    सिंगो गेडा ओट्स : ओट्सको छनोट गर्दा सकेसम्म सिंगो गेडा भएको ओट्स छान्नुपर्छ । यसलाई पानीमा भिजाउने र दूध वा पानीमा उमालेर भात बनाएजस्तै गरी पकाउनुपर्छ । पाकेपछि स्वादका लागि गुलिया फलफूल, ड्राइ नट्स राखी खान सकिन्छ ।

    तयारीे ओट्स : यस्तो ओट्स चिउराजस्तै हुन्छ । यसलाई उमालेको दूध वा पानीमा राखी छिटो तयारी नास्ता बनाउन सकिन्छ । यसमा दूधको साटो तातोपानी राखी काजु, पेस्ता, दाख, ओखर र गुलिया फलफूल मिसाएर खान सकिन्छ । गाई/भैंसीको दूध उपलब्ध नभएमा भटमास, बदाम, ठूलो बदाम र तिल भिजाई पिसेर प्रयोग गर्न सकिन्छ । यसरी बनाइएको पदार्थमा बढी मात्रामा प्रोटिन, भिटामिन, मिनरल्स हुन्छन् । यसमा दूध र फलफूल मिसाएर खाँदा बढी पोसिलो र मीठो हुन्छ । यसमा क्यालोरी, फ्याट, प्रोटिन, भिटामिन र मिनरल्स प्रशस्त मात्रामा पाइने भएकाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन पनि सघाउँछ ।

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer