• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लकरमा गोली राख्ने ल्यारक्याललाई प्रचण्ड सरकारले कसरी बनायो लुम्बिनी विकासको उपाध्यक्ष


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • काठमाण्डौं । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद छवि भएका ल्यारक्याल लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पार्टीको केन्द्रीय समिति बैठकले आइतावर सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई साथ दिने निर्णय गरेकै दिन दाहालकै जोडबलमा लामालाई लुम्बिनीको जिम्मा दिइएको हो ।

    Advertisement

    लामालाई कोषको उपाध्यक्ष बनाउन नहुनेमा पर्यटनमन्त्री सुदन किराती भएपनि प्रधानमन्त्रीकै चाहनामा उनको नियुक्त भएको हो । उनलाई माओवादी नेता वर्षमान पुनको समेत साथ छ ।

    कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा, यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, सिद्धार्थ महर्जन र कोषका पूर्वसदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षु दौडमा थिए ।

    लामामाथि पदको दुरुपयोग गरेर अकुत सम्पति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसका साथै उनिमाथि नेपाल इन्भेस्टमेण्ट बैंकको लकरमा १४ थान गोली राखेको आरोप उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

    भ्रष्टाचार र अपराधिक कर्मका साथै वैदेशिक रोजगारी ठगिको आरोप लागेर जेल समेत बसेका लामालाई प्रधानमन्त्री दाहालले विश्वका शान्तिप्रेमीहरुको पवित्र स्थल लुम्बिनीको नेतृत्व दिएका हुन् । उनको नियुक्ती १६ साउनमा भएपनि सरकारले माओवादी केन्द्रको केन्द्रिय समिति बैठकसम्म गोप्य राखेको थियो ।

    लामा माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् । उनि यसअघि कांग्रेस एमाले हुंदै माओवादी केन्द्रमा पुगेका हुन् । उनि कांग्रेस हुंदा गुम्बा व्यवस्था समितिको अध्यक्ष, एमाले हुंदा अर्थराज्यमन्त्री र माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेका थिए । लामा दोहोरो नागरिकता विवादमा समेत फसेका पात्र हुन ।

    यस्तो छ विवादास्पद छवि भएका लामाको विगत

    नेकपा एमालेबाट राजनीतिमा उदाएका लामा दोस्रो संविधानसभाको चुनावमा माओवादीमा प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रले लामालाई दोस्रो संविधानसभाको चुनावमा समानुपातिक सांसद बनायो । लामालाई चिनियां दबावमा त्यतिबेला सांसद बनाइएको आरोप थियो ।

    उनीमाथि नक्कली नागरिकता र राहदानी बनाएको आरोप लागेको थियो । २०७३ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो । १० करोड रुपैयाँको मागदावी लिएर दायर गरेको मुद्दामा लामा एक करोड रुपैँया धरौटी तिरेर छुटेका थिए । दोहोरो नागरिकता र राहदानी विवादमा मुछिएका लामा २०५८ साल पुस १९ गते गुम्बा विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । लामासंग अरु देशको समेत नागरिकता र पासपोर्ट छ ।

    लामा बैंकको लकरमा १४ राउण्ड गोली भेटिएपछि २०७२ फागुन ३० गते पक्राउ समेत परेका । गोली काण्डको आरोपमा ९ दिन र वैदेशिक रोजगारको मुद्दामा थप दुई दिन गरेर ११ दिन प्रहरी हिरासतमा बिताएका लामा माओवादीकै दबाबमा छुटेका थिए ।

    गोलीकाण्डमा ६६ हजार धरौटी तिरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट छुटेका थिए भने वैदेशिक रोजगारको मुद्दामा ३० लाख धरौटी माग गरेर तारेखमा छाडिदिएको थियो ।

    त्यस्तै पदमा रहँदा लामाले आफ्नो अधिकारको दुरुपयोग गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्चस्तरको जीवनयापन आरोपमा अख्तियारले समेत छानविन गरेको थियो ।

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer