• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

के आरजू प्रधानमन्त्री बन्छिन् ?


  •   आइतबार, साउन २८, २०८० मा प्रकाशित
  • सर्टिफिकेट किर्ते गरेको आरोपमा प्रकार परेका सांसद डा. सुनील शर्मा अदालतको आदेशबबाट रिहा भए लगत्तै केही गम्भीर टिप्पणी गरेका छन् ।

    Advertisement

    उनले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको र एमालेको समर्थनमा आरजू देउवा प्रधानमन्त्री बन्ने संकेत गरेका थिए ।

    शर्माले आफूलाई पक्राउ परेको आवेगमा यस्तो संकेत गरेको हो भने पनि त्यसको खण्डन एमाले अध्यक्ष केपी शर्मा ओलीले हालसम्म गरेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा र आरजू स्वयंले पनि यो विषयमा टिप्पणी गरेको सुनिएको छैन ।

    रिहा भएपनि डा. शर्माले एमाले अध्यक्ष ओलीलाई राष्ट्र नायक मात्रै भनेनन् उनले बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँगै ओलीलाई दाँज्दै ती चार जना नेता मुलुकका अग्रज र दूरदर्शी नेता भएको सार्वजनिक अभिव्यक्ति दिए ।

    तीन जना नेताको निधन भइसकेको र ओली मात्रै जीवित राजनेता र राष्ट्र नायक भएको उनले जिकिर गरे। उनले आफू फरक पार्टीको सांसद भएपनि ओलीप्रति सम्मान व्यक्त गर्दै ओलीको प्रशंसामा निकै शब्द खर्चिएका छन् । ओलीले सांसद शर्मा पक्राउप्रति आपत्ति जनाउँदै सरकारले आफ्ना विरोधीलाई पक्राउ गर्न थालेको भन्दै असन्तुष्टि जनाएका थिए ।

    शर्माले उनको पक्षमा बोल्ने जतिलाई महान भन्न थालेका छन्। यदि उनको शैक्षिक प्रमाणपत्र नक्कली नै हो भने उनीमाथि कानुन अनुसार कारवाही हुनुपर्छ ।

    उनले सो नक्कली प्रमाणपत्र पेश गरेर जे जति योग्यता हासिल गरेका छन्, सेवा सुविधा लिएका छन्, त्यसको हिसाव किताव खोजिनुपर्छ भने नक्कली प्रमाणापत्र पेश गरेर लिएका डिग्री रद्द हुनुपर्छ। किर्ते कामलाई राज्यले प्रोत्साहन गर्न मिल्दैन ।

    सुनील शर्मा रिहा भएपनि उनलाई शुभकामना दिन कस्ता व्यक्ति पुगेका थिए? त्यो अर्को प्रश्न हो । उनले आफू रिहा हुँदै गर्दा आफूमात्र नभइ सुनकाण्डमा पक्राउ परेका सबै व्यक्ति निर्दोष रहेको दाबी गरेका थिए ।

    उनले त्यतिमात्रै भनेनन्, सुनकाण्डको मुख्य नाइके भनेको प्रधानमन्त्री, गृहमन्त्री र अर्गमन्त्री भएको अभिव्यक्ति दिँदै गर्दा ललित निवास जग्गा हिनामिना प्रकरणमा प्रक्राउ परेका मिनबहादुर गुरुङलगायतका सबै व्यक्ति निर्दोष भएको बताएका थिए ।

    यसरी शर्माले दिएको अभिव्यक्तिलाई विश्लेषण गर्दा के एमालेको समर्थनमा आरजू प्रधानन्त्री बन्दैछिन्? उनले आइबार विहान ओलीसँग झण्डै दुई घण्टा लामो छलफल पनि गरे ।

    वर्तमान सरकारले राजनीतिक प्रतिशोधका आधारमा काम गर्दैछ त भन्ने प्रश्न गम्भिर रुपमा खडा भएको छ । एमाले अध्यक्ष ओलीले भने जस्तो सरकारले पाकिस्तानी शैलीमा राजनीतिक प्रतिशतका लागि काम गरिरहेको छ?

    पछिल्लो समय सरकार भ्रष्टाचार विरुद्ध सशक्त ढंगले प्रस्तुत हुन थालेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा स्वागत योग्य विषय पनि हो। यसको सबैले सम्मान गर्नुपर्छ ।

    तर सरकारको काम गराइले नेपाली आहान ‘सिंगारी हराउनु र स्याल कराउनु’ जस्तै भयो । सरकारको विरोध गरेकै कारण यदि कुनै पनि नेता वा सांसद पक्राउ पर्छ भने त्यसमा प्रतिशोधको गन्ध आएकै देखिन्छ ।

    हुन त यो सरकारले गौर हत्याकाण्डको छानविनको कुरा अगाडि ल्याएर जसपालाई सधैं आफ्नो वरीपरी घुम्ने बनाउँदैछ। माधव नेपाल र बावुराम भट्टराईलाई ललिता निवासको इस्यूमा कज्याएर आफ्नो वरीपरी घुमाई राख्ने बनायो भने नेपाली कांग्रेसको सभापतिको वाइडवडी खरिद प्रकरण निकालेर ठेनागा लगाउने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोभिड १९ को औषधि खरिदमा र झापाको गिरीवन्धु टि स्टेटको कुरा उठाएर कज्याउने सरकारको रणनीति देखिन्छ ।

    हुन त नेपाली कांग्रेसको नेतृत्व तहमा पुगेका वेटिङ सभापतिको उम्मेदवार डा. शेखर कोइराला आफ्नो नेतृत्वको लागि नेता कार्यकर्ता समेट्न लागि परेको देखिन्छ ।

    शेखर कोइरालालगायत गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, शंशाक कोइराला, चन्द्र भण्डारी, रामहरि खतिवडा, पूर्णबहादुर खड्का, नारायण प्रसाद साउद, आरजु देउवा राणा, हृदयराज थानी लगायतका नेताहरुका विचमा जजसको समर्थन र सहयोग लिएर भएपनि लोकतन्त्र र संविधानको रक्षाको लागि नेपाली कांग्रसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दै लागिपरेका छन् ।

    जसलाई नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले र रास्वपा र राप्रपाले समेत समर्थन दिने सहयोग गर्ने वचन वद्धतासहितको आश्वसन दिइसकेको दिइसकेको चर्चा सुनिन थालेको छ ।

    जसले सरकारको नेतृत्व लिए पनि मुलुकमा राजनितिक स्थायित्व हुने र आउने कुरा असम्भव जस्तै भयो । विगतमा केपी ओलीको सरकारको नेतृत्वले संसदको दुई तिहाई साथमा लिएर सरकारको नेतृत्व गर्दा यिनै पुष्पकमल दाहाल र माधव नेपालको कारणले आफ्नै पार्टिको दुई तिहाई सांसद सदस्य समर्थनको सरकार ढल्यो ।

    सुतेर बसेकोे कांग्रेसले सरकारको नेतृत्व पाएर देशी र विदेशी प्रभुको सहयोगमा तीस /वत्तसी महिन सत्ता समाल्हे । आखिर कांग्रेस सरकारले गरेको चुनावले पनि संसदमा बहुमत कसैलाई दिएन राजनैतिक अस्थिरताले निरन्तर पाइरह्यो ।

    यो नियति र दुर्भाग्य नेपाली जनताले भोग्न वाध्य पारियो। यो मुलुकको लागि दुर्भाग्य हो । त्यसो त सुनिल शर्मा जस्ता सांसदले भने जस्तै हुने र आरजु देउवा नै प्रधानमन्त्री हुने हो भने राजनैतिक इतिहासको कुुरा राजनैतिक निष्ठा र आचरणको कुरा र शुसासनको कुरालाई तिलान्जली दिए हुन्छ । के सुनिल शर्माले भनेको जस्तै ओली आरजूलाई प्रधानमन्त्री बनाउन तयार हुन्छन्?

    एमाले पनि वर्तमान सरकारको विकल्प खोज्नुपर्ने दबावमा छ। आफूले बनाएको प्रधानमन्त्रीले आफूलाई धोका दिएर कांग्रेसँग गठबन्धन गर्न पुगेपछि कांग्रेससँगै मिलेर वर्तमान सरकारको विकल्प खोज्न एमाले र कांग्रेसका दोस्रो तहका नेता अनौपचारिक संवादमै रहेको सार्वजनिक भएको छ । कांग्रेस नेतृत्वमा सरकार गठन हुने अवस्था आयो भने एमालेका लागि पात्र महत्वपूर्ण नहुन सक्छ ।

    आइतबार, साउन २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer