• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

‘सिनियर्स’ लाई ६८ रुपैंयाँमा पढाउने निशा


  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
  • काभ्रेको तत्कालीन महेन्द्रज्योति गाविस–७ (हाल बनेपा नगरपालिका–१२) स्थित बास्डोलमा ३७ वर्षअघि बालशिक्षिका निशा थापाको जन्म भएको हो । बुवा पुष्करबहादुर थापा नेपाल बैंकका कर्मचारी र आमा शारदा थापा शिक्षक÷समाजसेवी भएकाले उनको बाल्यकाल सहज रह्यो । गाउँ–ठाउँमा जन्मे÷हुर्केकी बालशिक्षिका उनी सहरिया वातावरणबारे खासै जानकार थिइनन् । छोरीलाई राम्रो शिक्षादीक्षा दिनुपर्छ भन्ने आमाबुवाको चाहनाले उनको प्राराम्भिक शिक्षा सहरमा भएको हो । अभिभावकले दुःख गरेरै भए पनि अंग्रेजी माध्यममा पढाइ हुने एउटा निजी विद्यालयमा कक्षा–६ सम्म पठाए । त्यसपछि उनको भर्ना स्थानीय कुशादेवी माविमा भयो । पढाइमा अब्बल भएकीले उनी कक्षा सात नपढीकनै एकैपटक आठ कक्षा भर्ना भएकी थिइन्। उनलाई घरबाट जंगलको बाटो हुदैँ छ–सात वटा घुम्ती पार गरेर विद्यालय आउजाउ गर्न दुई घन्टा लाग्थ्यो

    Advertisement

    आमालाई प्रेरणाको स्रोत मान्ने निशा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । आफैले पढेको र हजुरबुवाले धेरै योगदान पु¥याएको विद्यालयका गरिब जेहेन्दार विद्यार्थीहरू र विद्यालयलाई सहयोग गर्दै आएकी छन् ।

    ‘पारिवारिक पृष्ठभूमि नराम्रो पनि नाईं । हामी कस्तो ठाउँमा हुर्कियौं भने आफ्ना सन्तानलाई शिक्षादीक्षा दिनुपर्छ भन्ने सोच भएको तर विद्यालय नजिक नाईं, ’ ललितपुर स्थित युरोकिड्स इमाडोलकी प्रिन्सिपल निशाले अतीत सम्झिँदै भनिन्, ‘टाढाको स्कुल, त्यसमा पनि जंगलको बाटो, दुई घन्टा हिँड्नुपर्ने, स्कुलबाट घर पुग्दापुग्दै रात परिसक्ने । बिहान पनि सकालै दौडिनुपर्ने अवस्था थियो ।’ उनले घरबाट बिहानको खानाले ताकत दिन छाडेपछि बाटोमा पर्ने चिहान डाँडाका ऐसेलु, काफल चुत्रो र थाकलले केही राहत दिने गरेको बताइन । ‘स्कूल जान हिडेका हामी कहिलेकाँही त ती सामग्री÷कन्दमूल खाँदै बस्दा स्कूल पनि गइएन । स्कूलको बाटैमा पर्ने विरवल बाजेको घर, उनका बारीका काक्रो र नास्पाती, भोगटे र निबुआ, विरवलनी आमैले भुटेर राखिदिएको मकैभटमास,नुनखुर्सानी अझै पनि मुखैमा झुनिन्छ ’ उनले भनिन्, ‘ त्यो हाम्रा लागि रमाइलो दुख नै थियो । ’प्रवेशिका परीक्षा दिँदा हेडमास्टरको रेखदेखमा उहाँकै घरको तल रेन्टमा बसेर मेहनत गरें ।’

    उनले ०५८ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी हुन् । ०५९–६० मा प्रथम श्रेणीमा आइएड उत्तीर्ण गरेलगत्तै उनको विवाह भयो । विवाहपछि काठमाडौंको डिल्लीबजारस्थित कन्या क्याम्पस ज्वाइन गरिन् । तर, त्यसैबीच ‘प्रिग्नेन्सी पिरियड’ सुरु भएपछि उनले आफ्नो पढाइ रोक्नुप¥यो । ‘बाबुको जन्म भयो, उसैको पालनपोषनमा लाग्दा आईएड उत्तीर्ण गरेको करिब चार वर्षपछि फेरि मैले पढाइ सुचारु गरें’ निशाले भनिन्, ‘सानोठिमी क्याम्पसमा स्नातक (बीएड) ज्वाइन गरें । क्याम्पस भर्ना मात्र भएँ । घरै बसेर ०६८ मा बीएड गरेकी हुँ ।’ उनी आफ्नो पढाइलाई निरन्तरता दिन सानोठिमीक्याम्पसमै एमएडमा भर्ना भइन् । तर, सानो दुर्घटनामा परेपछि उनको पढाइ फेरि रोकियो । पछि फेरि पढाइलाई निरन्तरता दिन उनी स्नातकोत्तर भर्ना भइन् ।

    निशा स्पष्टवक्ता र नढाट्ने स्वभावकी छन् । आफ्ना बाल्यकालका तीतामीठा अनुभव निर्धक्कसँग फुकाउँछिन् । उनले जीवन संघर्षबारे भनिन्, ‘मानिसको जीवन न हो, संघर्ष थोरै–बढी कसले पो गरेको छैन र ?’ उनले जीवनमा संघर्ष गर्ने शिक्षा आफूले आमाबाट पाएको बताइन् । ‘ममीलाई देखेर दुःख पर्दा सहनु नै ठूलो कुरो रहेछ, ममीबाटै यो सिकेकी हुँ । ममीले छोराछोरीका लागि गर्ने दुःख मैले सानैदेखि देखेकी थिए“, फेरि सानो उमेरमै म पनि आमा बनें’ उनले भनिन्, ‘२१ वर्षमा पहिलो सन्तानका रूपमा छोरा, त्यसपछि छोरी पाएँ । म २३ वर्षकै उमेरमा दुई सन्तानकी आमा बनिसकेकी थिएँ । बाबु ११ र नानु ९ कक्षामा पढ्दैछन् ।’
    प्रवेशिका परीक्षा उत्तीर्ण भएलगत्तै काठमाडौंको एउटा विद्यालयमा शिक्षिका भई यो क्षेत्रमा प्रवेश गरेको उनले बताइन् । ०५९ मा शिक्षा क्षेत्रमा प्रवेश गरी उनी विभिन्न विद्यालयमा १८ वर्षजति शिक्षण पेसामै आबद्ध रहिन् । पछि उनी नयाँ काम सिक्ने हुटहुटीका कारण वायुसेवामा तीन महिना र ‘मेडिकल टर्मिनलजिस्ट’ का रूपमा १२ महिनाजति काम गरिन् । युरोकिड्स इमाडोलकी प्रिन्सिपल निशा यो क्षेत्रमा आउनुअघि १० वर्ष जति घर नजिकैको महेन्द्रग्राम माविमा बालशिक्षिकाका रूपमा काम गरिन् ।

    ‘युरोकिड्समा आउनुअघि बच्चाबच्ची साना थिए, हुर्काउनु–बढाउनुप¥यो । घर नजिकैको विद्यालयमा बालशिक्षिकाका रूपमा काम गरें’ उनले भनिन्, ‘युरोकिड्स’मा आउन मलाई बालशिक्षिका भई वर्षौं काम गरेको अनुभवले हौसाएको हो । बच्चाहरूसँग सामान्य शिक्षिकाका रूपमा बिताउँदा नै मेरो लक्ष्य यो बन्न पुग्यो । शिक्षण पेसालाई नछोडौं भन्ने भयो ।’ त्यसपछि जीवनको लक्ष्य बनाउने गरी‘युरोकिड्स’ मा नाम निस्किएपछि इमाडोलस्थित ‘युरोकिड्स’ सेन्टरको जिम्मेवारी बहन गर्न उनी पुगिन । यो क्षेत्रमा आउन हौंसला प्रदान गर्ने परिवार तथा साथीभाईप्रति आफू सधैं कृतज्ञ रहेको उनले बताइन । ‘झन्डै वर्षयता युरोकिड्समा सक्रिय छु ’ उनले भनिन् ।

    उनका अनुसार विश्वभरका १२ सय भन्दा बढी ‘प्रि–स्कूल’ एउटै पाठ्यक्रम भएकाले विदेशी पढाइको अनुभव नेपालमै पनि गर्न सकिन्छ । ‘नेपालमा नेपालीबाहेक अन्य सबै त्यही पाठ्यक्रमअन्तर्गतका विषयवस्तु सिकाइन्छ’ उनले भनिन् । यसमा बच्चाहरूको केयरिङ, खानपिन एकदमै राम्रो भएकाले धेरैको रुचि रहने गरेको समेत बताइन् । ‘मेरो विचारमा युरोकिड्सको बेफाइदा खासै देखिँदैन । अलिकति हामीलाई स्थापित हुनका लागि फि स्ट्रक्चरले केही कठिन भएको मात्र हो तर राम्रो कुरालाई अलिक महँगो त पर्छ नै । सिक्ने प्रक्रिया खर्चिलो हुनु स्वाभाविकै हो’ उनले भनिन् ।

    आमालाई प्रेरणाको स्रोत मान्ने निशा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छिन् । आफैले पढेको र हजुरबुवाले धेरै योगदान पु¥याएको विद्यालयका गरिब जेहेन्दार विद्यार्थीहरू र विद्यालयलाई सहयोग गर्दै आएकी छन् । आफूले पढेको विद्यालयका तत्कालीन ‘हेडसर’ रामप्रसाद अधिकारीलाई आफ्नो ‘रोलमोडेल’ भएको बताउने उनी हरेक गुरुपूर्णिमा धुलिखेलस्थित हेडसरको घरमा भेट्न अझै पनि जाने गर्छिन् । ‘हेडसर’ को कुरो आउनेबित्तिकै उनी स्कुले जीवनलाई सम्झिने मुडमा पुग्छिन् । ‘कक्षा ८ मा हुँदा १० कक्षाका दादादिदीलाई ग्रामर (मेरो बोर्डिङ स्कुल बेस भएर) टिउसन पढाउँथें । उहाँहरूले ग्रामर सिकाइदिनु न भनेपछि मैले पढाउन थालेकी थिएँ’ निशाले भनिन्, ‘उहाँहरूले आमाबुवाबाट खाजाका लागि पाउनुभएको दुई रुपंैयाँमध्ये एक रुपैंयाँ मलाई दिनुहुन्थ्यो । मेरो जीवनको पहिलो कमाइ भनेको ६८ रुपैंयाँ हो ।’

    शिक्षण पेसामै आबद्ध रही यही क्षेत्रमा कसैको रोलमोडेल बन्ने लक्ष्य लिएकी उनी आफ्नो पारिवारिक जीवन राम्रो र सुखी–सम्पन्न रहेको प्रतिक्रिया दिइन् । ‘यो क्षेत्रमा आउन मेरा श्रीमान्को एकदमै सहयोग र अतुलनीय योगदान छ’ उनले भनिन् । निशाले आफ्नो जीवनमा प्रेरित गरिरहने व्यक्तित्वका रूपमा भगवान् बुढाथोकी (श्रीमान्) र भाइ किशोरजंग थापा (अस्ट्रेलिया)लाई लिएकी छन् । उनी जीवनलाई निरन्तर सिकाइको एउटा प्रक्रिया ठान्छिन् । आफ्नो अतीतलाई सम्झदै भनिन्, ‘स्नातक पढ्दाताका बच्चा सानो भएकाले कलेज जान नपाई घरमै बसेर पढ्नुपर्ने मेरा बाध्यता थियो । तर, मैले स्नातक उत्तीर्ण गरें । जीवनमा कहिलेकाही“ विषम परिस्थितिमा हार मान्दा संधै तल परिन्छ । सिक्दै र सिकाउँदै जाने हो भने जीवनमा सफल अवश्य भइन्छ ।’

    सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer