• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

संघियतालाई गिज्याउने करोडौंको प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास, भैंसेपाटीमा


  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित
  • काठमाडाैँ ।सरकारले प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि बनाएको ललितपुरस्थित भैंसेपाटी सैंबुमा रहेको आवास तथा सम्पर्क कार्यालय आइतबार हस्तान्तरण गर्‍यो ।

    Advertisement

    ललितपुरको भैंसेपाटीमा आवास तथा कार्यालय बनाइएको हो । संघीयताको अभ्यास भइरहे पनि मुख्यमन्त्री र प्रदेश प्रमुखलाई उपत्यकामै आवास उपलब्ध गराएर ठिक उल्टो अभ्यास सरकारले गरेको भन्दै आलोचना भइरहेको छ ।

    करिब ८५ करोड रुपैयाँ लगानी सो आवास भवनको उद्घाटनका लागि आइतबार भैंसेपाटीमा मन्त्रीहरूको लर्को नै लागेको थियो ।शहरी विकास मन्त्रालयका अनुसार २७ रोपनी १२ आनामा भवन निर्माण गरिएको छ । हस्तान्तरण कार्यक्रमको सभाध्यक्षता मन्त्री सीता गुरुङले गरेकी थिइन् ।प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको अवास तथा सम्पर्क केन्द्रको रूपमा आयोजना निर्माण गरिएको हो ।

    भवन बनाएर मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हस्तान्तरण गरिएकाले अब बासस्थानको व्यवस्थापन सम्बन्धित प्रदेशहरुले नै हेर्ने सहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले बताए ।

    २७ रोपनी १२ आनामा निर्माण गरिएका ७ वटा भवनमा १४ वटा ब्लक छन् । जसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । प्रत्येक ब्लकमा रहेका दुईवटा इकाई प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि हुनेछ ।

    सबै भवन तीन तलाका छन् । जहाँ स्वागत कक्ष, बैठक कक्ष, योग अभ्यास कक्षदेखि भान्सा कोठासम्मको व्यवस्था छ ।हाल सरकारले धापाखेलको डाउनटाउन अपार्टमेन्टमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि मासिक ७ लाख रुपैयाँ भाडामा लिएर प्रयोग गर्न दिएको छ । अब उनीहरु भैंसेपाटी सर्नेछन् ।

    कतिपयले प्रदेशका नाममा अनावश्यक खर्च गरिएको बताएका छन् भने कतिको धारणा प्रदेशमा समेत यत्तिको सुविधासम्पन्न आवास नभएका बेला काठमाडौंमा अनावश्यक भवन बनाएर खर्च बढाइएको टिप्पणी गरेका छन् ।

    कूल सात वटा डुप्लेक्स छन्। जसअनुसार एउटा भवनलाई विभाजन गरेर एकातिर मुख्यमन्त्री र अर्कोतिर प्रदेश प्रमुखको लागि व्यवस्था गरिएको छ । एउटा मात्रै भवन बनाउन झन्डै १२ करोड खर्च भएको महर्जनले बताए । पहिलो तलामा रिसेप्सन,सचिवालय र मिटिङ हलका लागि व्यवस्था गरिएको छ भने दोस्रोमा निवास, अध्ययन कक्ष, योगा र भान्छा कोठा छ। तेस्रो तलामा पाहुना कक्ष राखिएको छ ।

    निर्माणको ठेक्का ०७६ असोज २७ मा भएको थियो । यसको ठेक्का केसी–समानान्तर जेभीले ७२ करोड ४७ लाखमा लिएको हो। आवाससँगै सुरक्षा भवन, इन्टेरियरलगायत सबैको काम सकिएर आवास हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ ।

    बुधबार, भदौ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer