संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–६ मा रहेको वाना माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष बालयौन दुराचारको आरोपमा पक्राउ परेका छन्।
८ वर्षीया बालिकामाथि बालयौन दुराचार गरेको आरोपमा वाना माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जगेबुले बताए।
अध्यक्ष श्रेष्ठलाई आइतबार पक्राउ गरिएको प्रहरी निरीक्षक जगेबुले बताए। घटना गत असारको भए तापनि अहिले आएर सार्वजनिक भएको हो। स्थानीय स्तरमै आर्थिक लेनलेनसहित मिलापत्र गरी घटना ढाकाछोप गरिएको सार्वजनिक भएपछि प्रहरीले पीडित पक्षमाथि अनुसन्धान सुरु गरेको थियो।
Advertisement




