• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गोसाइँकुण्डमा स्नान गर्दै श्रद्धालुहरु


  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
  • रसुवा । प्रसिद्ध धामिर्क तीर्थस्थल गोसाइँकुण्डमा आज बिहानैबाट भक्तजनहरुले कुण्डमा स्नान गरेर यज्ञोपवित्र धारण गरेका छन् । समुद्री सतहदेखि ४ हजार तीन सय ८० मिटरको उचाइमा रहेको कुण्डमा आज बिहानैबाट स्नान गर्न श्रद्धालुको घुइँचो लागेको छ ।

    Advertisement

    नागपञ्चमीका दिनदेखि जनै पूर्णिमाको दिनसम्म गोसाइँकुण्ड स्नानका लागि भक्तजन रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित गोसाइँकुण्डमा आउने गर्दछन् ।

    पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानव भएर समुद्र मन्थन गर्दा समुद्रबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँबाबा (भगवान् शिव)ले आफ्नो हातमा भएको त्रिशूल भित्तामा गाड्दा भित्ताबाट गङ्गाजल अर्थात् त्रिशूलधाराको उत्पति भई उक्त धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती पाइन्छ ।

    कुण्डमा स्नान गरी गोसाइँबाबाको दर्शन गर्नाले जीवनमा गरेको पापबाट मुक्ति पाउने, पितृ तर्ने र आफूले चिताएका सबै मनोकाङ्क्क्षा पूरा हुने जनविश्वासका साथ बर्सेनी कुण्डमा स्नान गर्न आउनेको भीड लाग्ने गरेको छ ।

    हरेक वर्ष कुण्डमा मेला भर्न स्थानीयवासीसँगै काभ्रे, गोरखा, चितवन, नवलपरासी, काठमाडौँ लगायत देश विदेशबाट विभिन्न धर्मावलम्बी पुग्ने गरेका छन् ।

    कुण्ड स्नान गर्न आउने तीर्थयात्रीहरुका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, लाङटाङ राष्ट्रिय निकुञ्ज लगायत स्थानीय समिति तथा युवाले तीर्थयात्रीको व्यवस्थापनमा सहयोग गरेका छन् ।

    गोसाइँकुण्ड र च्योलाङपाटीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ भने अस्थायी क्याम्प खडा गरी मोबाइल-स्वास्थ्य टिम बनाई भक्तजनलाई सहजीकरण तथा उच्च हिमाली क्षेत्रमा आउने समस्या बारे सतर्कता अपनाउन आग्रहसहित स्वयंसेवक परिचालन गरिएको छ ।

    मेलामा विभिन्न गीत सङ्गीत, झाँक्री नाच तथा मनोरञ्जनपूर्ण गतिविधिका साथ कुण्डको दर्शन गर्न आउने परम्परा रहिआएको छ । जैविक विविधताले भरिपूर्ण गोसाइँकुण्ड लगायत वरपरका अन्य कुण्डलाई सन २००७ सेपटेम्बर २१ मा रामसार साइटमा सूचीकृत गरिएको छ ।

    गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, नौकुण्ड लगायत करिब १०८ वटा कुण्ड रहेको छ ।

    बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer