• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपालमा सोचेजस्तो विकास गर्न कृषि, जलविद्युत र उद्योगलाई प्राथमिकतामा राख्नुपर्छः चिनीयाँ राजदूत छान् सोङ


  •   शनिबार, भदौ १६, २०८० मा प्रकाशित
  • काठमाडौं ।

    Advertisement

    नेपालले साचेजस्तो विकास गर्न कृषि, जलविद्युत र उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक नीति बनाइनु पर्ने चिनीयाँ राजदूत छान् सोङले बताएका छन् । आज काठमाडौंमा फाउण्डेसन अफ ट्रान्ज हिमालयन रिसर्च एण्ड स्टडिज (फाउन्टेन्ज) ले आयोजना गरेको अन्तक्रियामा राजदूत सोङले यस्तो बताएका हुन् ।

    उनले नेपालको कृषिमा आधुनिकीरण हुन नसक्नुले खेतबारी बाँझिएका, उद्योगको अवस्था पहिलेभन्दा दयनीय भएको र जलविद्युत विक्रीपनि आयात भन्दा निर्यात कम भएकाले देशको आर्थिक स्थिति परिवर्तन हुन नसकेको बताए । चीनको आर्थिक विकासको मोडल हेरेर नेपालले सिक्नुपर्ने उनले बताए ।

    फाउन्टेन्जका अध्यक्ष आनन्द पोखरेलको अध्यक्षतामा आयोजना भएको “विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव” बिषयक अन्तक्रियामा प्रतिनिधिसभाका सभामुख देवेन्द्र घिमिरेले नेपालमा आएका अमेरिकी एमसीसी र चिनीयाँ बीआरआई जस्ता परियोजना नेपालको हितका लागि अधिकतम उपयोगमा ल्याउनुपर्ने बताए । उनले चीनसँगको भौगोलिक नाकामा रेलमार्ग र भारतसँगको पारवहन सम्झौतालाई कार्यान्वयनमा ल्याएर देशको विकास गर्नुपर्ने बताए ।
    कार्यक्रममा अर्थविद् डा.कल्याण रोकाले बिषयवस्तुमाथि प्रस्तुतीकरण गरेका थिए ।

    डा. रोकाको प्रस्तुतीमाथि डा. भरत पोखरेल, पूर्व राजदूत महेन्द्र पाण्डे, डा. बिमला राई पौडेल, सार्वजनिक लेखा समितिका सभापति ऋषि पोखरेल, बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाई, कमल चौलागाई, कमल ढकाल लगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

    अधिकांश वक्ताले देशको दयनीय अर्थतन्त्र, कमजोर कृषि प्रणाली र सक्रिय युवाहरुको पलायन जस्ता बिषयमा आफ्नो चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा विद्यावारिधि गरेका तेत्तीस जना डाक्टर, माननीय सांसद, नेता, पत्रकार, कर्मचारी, युवा तथा अन्य सहभागी रहेका थिए ।

    कार्यक्रमका अध्यक्ष आनन्द पोखेरलले देशको अर्थतन्त्रलाई समाजवादतर्फ लैजान यी र यस्ता खालका कार्यक्रमहरु यस संस्थामार्फत अघि बढाइदै लैजाने जानकारी दिए । देशको थिलथिलो आर्थिक अवस्थालाई सुधार गर्न र निराशाजनक उत्पादनदरलाई बढाउन सबै मिलेर लाग्नुपर्ने उनले बताए ।

    शनिबार, भदौ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer